Suchana Kendra

Ad

गृहपृष्ठ » पत्रपत्रिका, प्रवासइण्डोनेसियामा अबैध तरिकाले बसेका ९ नेपाली पक्राउ, यी हुन् पक्राउ पर्नेहरु

इण्डोनेसियामा अबैध तरिकाले बसेका ९ नेपाली पक्राउ, यी हुन् पक्राउ पर्नेहरु

January 12, 2017३९ पटक

काठमाण्डौं । इन्डोनेसियाको अध्यागमन कार्यालयले बिना प्रवेशाज्ञा ९भिसा० एक घरमा लुकेर बसिरहेको अवस्थामा ९ नेपालीलाई पक्राउ गरेको छ ।

मानव तस्करले एक सताअघि इन्डोनेसिया पुर्याइएका उनीहरुसँग त्यहाँको भिसालगायत अन्य कागजपत्र नभएका कारण त्यहाँको मासास्कर अध्यागमनले आइतबार पक्राउ गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

मासास्कर प्रहरीले ती नेपालीलाई थप अनुसन्धानपछि अध्यागमनमा बुझाउने छ । उनीहरु कुनै अपराधमा संलग्न छन् कि छैनन् त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

पक्राउ पर्नेमा विश्वराम खड्का, रभु पुन, जगन्नाथ पाण्डे, सञ्जीव आरटी, अनिश लामा, राजेन्द्र लिम्बू, कैलाश तामाङ, विष्णुबहादुर पुन र प्रकाश लामा छन् ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad