SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    ११७ पटक
    Loading...
    Ad

    काठमाण्डौं । पृथ्वी जयन्तीको कारण निकै बिवादमा आएका प्रधानमन्त्री प्रचण्डले नयाँ कुरा गरेका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पृथ्वीनारायण शाहले केन्द्रीकृत नेपाल बनाएको भन्दै उनको प्रशंसा गरेका छन् ।

    राप्रपाले पृथ्वी जयन्तीका अवसरमा आज राजधानीको भृकुटीमण्डपमा गरेको चियापानमा उनले पृथ्वी नारायण शाहले गरेको राज्य एकीकरणलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे । ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा पृथ्वीनारायणको भूमिका साकारात्मक रहेको उनको भनाइ थियो ।

    ‘एतिहासिक भौतिकवादी दृष्टिकोणबाट हेर्दा पृथ्वीनारायण शाहले जसरी टुक्रे राज्यहरुलाई मिलाएर केन्द्रीकृत र बलियो राज्य बनाए त्यो सकारात्मक हो’, प्रधानमन्त्रीले भने । उनले पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिन माग भए पनि स्पष्ट नीतिको अभावमा दिन नसकिएको दाबी गरे ।

    उनले थपे अर्को वर्षदेखि पृथ्वीजयन्तीका दिन बिदा दिने संकते गरे । दिबाबारे अध्ययन गर्न बुधबारकै मन्त्रिपरिषद् बैठकले एक समिति गठन गरेको जनाए । २०६२/०६३ पछि बिदाबारे स्पष्ट नीति नहुँदा समस्या परेको प्रष्टीकरण उनको थियो ।

    समितिले कुन दिन बिदा दिन उचित र कुन दिन अनुचित भन्नेबारे प्रतिवेदन दिएपछि निर्णय गरिने जनाए ।
    फरक प्रसंगमा उनले पृथ्वीजयन्तीका अवसरमा हरेक वर्ष चियापान आयोजना गरेर राप्रपा र कमल थापाले राम्रो मूल्यमान्यता स्थापित गरेको भन्दै धन्यावदसमेत दिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

    काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट...

    आज सम्म जो सँग जाँ जे-जे अरेपनी…

    यै सालमा जसोतसो विए अर्न मन छ॥ मैहुम भन्ऩे वाऊले छोरी दिए अर्न मन छ॥...

    एफए कप: सटन युनाइटेडलाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश

    सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले...

    एनरिकेले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन्, हामीले उनको विकल्पको बारेमा सोचेका छैनौ-बार्सिलोना अध्यक्ष

    स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन्...

    प्रचण्डको पुत्ला मधेशमा जल्न थाल्यो, विरगन्जमा यसरी जल्यो प्रचण्डको पुत्ला…

    प्रचण्ड नेतृत्वको सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै मधेसमा विरोध सुरू भएको छ । सदभावना...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad