Suchana Kendra

Ad

गृहपृष्ठ » राजनीतिराष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतले मनायो पृथ्वी जयन्ती

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतले मनायो पृथ्वी जयन्ती

January 11, 2017२३ पटक

                  सुबास लामिछाने, पर्बत । २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतले विभिन्न कार्यक्रम गरी मनाएको छ । बुधबार पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकै अवसरमा सरकारमा रहेको राप्रपाले पर्बतमा एक कार्यक्रमको आयोजना गरि दिबस मनाएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राप्रपाका केन्द्रिय सदस्य इच्छा गुरुङले नेपाललाई एकताको सूत्रमा बाँध्न पृथ्वीनारायण शाहले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण राष्ट्रवादी शक्तीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

गुरुङले राष्ट्रलाई एकजुट पार्ने व्यक्तिका मूर्तिहरु ढाल्ने कार्यले राष्ट्रको अस्तित्व नै समाप्त हुने चेतावनी दिँदै नेपाल सरकारले राष्ट्रिय एकता दिवस मनाउन हिचकिच्चाहट गर्न नहुने उहाको भनाई थियो ।

कार्यक्रमकै अबसरमा भर्खर मात्र राप्रपाका केन्द्रिय सदस्य हुनु भएका रणबहादुर क्षेत्रिले नेपालका राजनीतिक दलहरुले क्षणिक स्वार्थका लागि राष्ट्र नै छिन्नभिन्न पार्ने काम गरेको उल्लेख गर्दै अब एकजुट भएर सबै दलले पृथ्वीनारायण शाहले एकिकरण गरेको दिनलाई पूर्नस्थापना गर्नुपर्ने बताउनुभयो ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले नेपाल गणतन्त्र राष्ट्र घोषणा भएपछि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नमाउनु अत्यन्तै दुःखदायी भएको उल्लेख गर्दै त्यसो गर्नु भनेको राष्ट्र एकिकरणका लागि महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिाई अपमान गर्ने काम भएको गुनासो गर्नूभएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक मञ्च पर्बतका अध्यक्ष लोकनाथ आचार्य,नारायण उच्च माबिका पुर्ब प्राचार्य पृथ्बी नारायण शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका सहअध्यक्ष ईश्वर गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका प्रबक्ता ठाकुर बम मल्ल, समाजसेबी मानकुमारी गिरी, नागरिक सञ्जाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी,गैससंका सचिब शिव सुबेदी लगायतले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाललाई बनाएर नेपालीहरुको स्वभिमान जोगाउने व्यक्तिको जन्मजयन्ती मनाउनुपर्छ भनेर बहस गर्नुपर्ने दिन आउनु दुर्भाग्य भएको गुनासो गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका अध्यक्ष ठाकुर प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत राष्ट्रिय प्रजातन्त्र पार्टी पर्बतका सदस्य गंगाबहादुर दमै र सञ्चालन बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad