Suchana Kendra

Ad

गृहपृष्ठ » अन्तर्वार्ता, मनोरञ्जनगीत हेरेर आमा बाले रुँदै फोन गर्नु भयो– दिपक कँडेल (भिडियोसहित)

गीत हेरेर आमा बाले रुँदै फोन गर्नु भयो– दिपक कँडेल (भिडियोसहित)

January 11, 2017१८५ पटक

हामी सँग कुराकानी गर्नेक्रममा पनि दिपक थकित मुद्रामा थिए । उनी कामले लखतरान परेको कुरा उनको आवजले प्रष्टै बताउदथ्यो तर जोशिलो र हुपिलो स्वरले उनी भन्दै थिए “विदेशमा गरिने दुख स्वदेशमा गर्ने हो भने आज हामी कहाँहो कहाँ पुगी सक्थ्यौ ।”

पछिल्लो समय बजारमा आएको प्रदेश तिरै गीतका का सर्जक दिपक कँडेलको स्थायी घर बागलुङ हो । कामको शिलशिलामा उनी हाल जापानमा रहेका छन । जापानमा रहने नेपालीहरुले काममा गर्नु पर्ने मेहनतको बारेमा यस अगाडी पनि धेरै समाचार आइसकेका छन । जापानमा जिउन नसकेर दैनिक रुपमा आत्महत्या गर्नेहरुको संङख्या पनि धेरै छ । विदेशमा नेपालीहरुले भोगेका र देखेका कुरा साथै आफ्नो अनुभवलाई समेत समेटेर दिपकले बजारमा ल्याएको गीत प्रदेश तिरै गयो धेरै स्रोता तथा दर्शकले मन पराएका छन र सबैले यो नेपालीहरुको बास्तविक कथा समेत हो भनेका छन । यस अगाडी पनि हिरा मोति,कठै मेरो जुनि जस्ता चर्चित गीत दिपकले सिर्जना गरि सकेका छन ।

उनै सर्जक दिपक कँडेलसँग कृष्ण आचार्यले गर्नुभएको कुराकानी गरेका छौ । प्रस्तुत छ दिपक सँग उनको गीत र भोगाइबारे गरीएको कुराकानी ।

सुको कमाइ नहुने गीत संगीतमा लगानी गरेर गीत पनि निकाल्नु भो,के आफ्नो पिडा सहन नसकेर बेदान पोखेको हो ?
सर्वप्रथम त म यो जानकारी गराउन चाहान्छु कि मैले यो क्षेत्रमा कमाइ हुन्छ, गीत निकालेर पैसा पाउला भनेर गीत निकालेको होइन । पछिल्लो समयको सांगीतक बजारको अबस्था मलाई राम्रो सँग थाहा छ । सानै देखि मैले यो क्षेत्रलाई अत्याधिक माया गर्थै । म पनि कुनै दिन गायक,सर्जक बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गायक बन्न त गलाले दिएन तर आफ्नो भोगाइ र साथीहरुको देखेर गीत सिर्जना भयो जुन धेरै स्रोता र दर्शकले मन पराइदिनु भयो । मलाई अब आगामी दिनमा यो क्षेत्रमा अझ लाग्नमा हौसला पनि दिनु भयो ।

भने पछि आफ्नो कथा गीत मार्फत व्यक्त गर्नु भयो ?
यो मेरो मात्र होइन विदेशमा रहेर मेहनत गर्ने सम्पुर्ण लाखौ नेपालीको कथा हो । ती लाखौ नेपाली मध्येमा म पनि पर्छु त्यसमा कुनै दुइमत छैन । त्यस माथी नेपालीहरुले जापानमा भोग्नु परेको पिडा भिन्दैखालको छ र एकदमै दर्दनाक पनि छ । यीनै भोगाइ र देखाइले मलाई गीत सिर्जना गर्ने प्रेणा र हौसला मिल्यो ।

गीतको कस्तो प्रतिक्रिया पाउनु भएको छ, बजारमा आएको त एक हप्ता बढि भइसक्यो ?
मैले जे सोचेर गरेको थिए ठ्याक्कै त्यस्तै पाएको छु । सञ्चारकर्मी तथा स्रोता दर्शकले गीतको प्रसंसा मात्र गरेको देख्दा एकदमै खुसी लागेको छ । आजको दिन सम्म केहि सकरात्मक आलोचना सहित गीतले सबैको ताली पाएको छ । गीतको अडियो पुरै सुन्नेहरुले त मलाई दुइपटक सम्म धन्यवाद र बधाइदिनुभएको छ, गीत हाम्रो पिडा र बेदानको बास्तविक रुप हो भनेर । गाँउ तिर आमा बुवाहरु पनि गीत सुनेर रुनु भो भन्ने सुन्दा नरमाइलो लाग्यो । के गर्ने हाम्रो बास्तविकतानै यस्तै छ । रेडियोहरुमो अत्यधिक बजिरहेका छन र विशेष त आफ्न्तहरु जापानमा धेरै भएका बागलुङ बासीको लागी त गीत आफ्नै कथा जस्तो भएको मलाई सबैले बताइरहनु भएको छ ।

दिन भरिको कामले व्यस्त र थकित हुनुहुन्छ होला, गीत लेख्ने फुर्सद र सम्पुण कुराको चाँजोपाजो मिलाउने समय कताबाट आयो ?
दिन भरीको कामले थाकेर कोठामा फर्किदा मनमा अनेक कुराहरु खेल्छन । साथीहरु कति त मैले गीत पनि सिर्जना गर्छु भन्ने कुरा विश्वास पनि गर्दैनन तर भोगाइ र देखाइले नयाँ कुरा जानीदो रैछ । गीत सिर्जना भए पछि बजार सम्म आइपुग्नको लागी धेरै बाटो तय गर्नु पर्छ यसको सम्पुर्ण जिम्मा मैले नेपालमा कृष्ण आचार्य दाजुलाई दिएको थिए । उहाँको सुमधुर लयले पनि गीतलाई जिवन्त बनाउन धेरै भुमिका खेलेको छ । उहाँको सहयोगलेनै मेरा शव्दले आज गीतको रुप पाएका हुन । साथै गायनमा दाजु दिदिहरुले गर्नुभएको मेहनत अत्तीनै प्रसंसनीय छ । गीत तयार पार्न मलाई सर्जक प्रेम सापकोटा सोनुले लगाउनु भयो गुन कहिलै भुल्क सक्दीन । म्युजिक भिडियोमा गीतको भाव दिन प्रयास गर्ने सबैले गीतलाई माया र सहयोग गरेकै कारणले आज सफल बन्न सकिएको हो ।

अन्त्यमा सुचनाकेन्द्र डटकम मार्फत स्रोता दर्शकको लागी केहि छ कि भन्नु ?
मलाई आफ्नो भोगाइ र हाम्रो गीतको बारेमा मेरा मनका कुरा भन्न दिनुभएकोमा तपाइहरुलाई धेरै धेरै धन्यवाद । मैले गीतमा भने झै जापान लगाएतका देशहरुमा नेपाली युवाहरुको अबस्था बास्तवमै नाजुक छ । आज पनि दैनिक रुपमा चार÷पाँच जना युवाको लाश नेपाल आइरहेको छ । हामी युवाहरुले देशमै केहि गर्ने र देशमै विकासको मुल फुटाउने बाटो तर्फ लाग्नु पर्छ तब मात्र देश परिर्वतन हुने छ । मेरा सबै गीतहरुलाई यहाँहरुले गर्नुभएको अपार माया प्रति म नतमस्तक छु । आगामी दिनमा यस्तै भोगाइर देखाइका नेपालीका बास्तवीक गीत सिर्जना गर्ने हौसला प्रदान गर्नुहुने छ र म पनि त्यो बाटोमा लागी परिरहने छु भन्न चाहान्छु ।
दिपक कँडेलले बजारम ल्याएको गीत प्रदेश तिरै गयोको म्युजिक भिडियो यस्तो छ ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad