Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, राजनीतिकेपी ओलीलाई हाल सम्मकै ठुलो झड्का, कमल थापा र बिजय गच्छदार प्रचण्ड सरकारमा उपप्रधानमन्त्री हुँदै

केपी ओलीलाई हाल सम्मकै ठुलो झड्का, कमल थापा र बिजय गच्छदार प्रचण्ड सरकारमा उपप्रधानमन्त्री हुँदै

January 11, 2017३८३ पटक

काठमाण्डौं । प्रचिपक्ष दल नेकपा एमालेलाई हालसम्म कै सबैभन्दा ठ्लो झड्का लाग्ने भएको छ । हालसम्म सरकार भन्दा बाहिर रहेका राप्रपाको कमल थापा पक्ष र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने करिब पक्का भएसँगै यस्तो भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

राप्रपाबाट वर्तमान सरकारमा दीपक बोहरा र विक्रम पाण्डे मन्त्री छन् । पार्टी एकीकरणअघि नै राप्रपा सरकारमा थियो । राप्रपा र कमल थापाले नेतृत्व गरेको तत्कालिन राप्रपा नेपालबीच एकीकरण भएपछि दुर्व समूह सरकारमा जाने सहमति थियो ।

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मत दिएका गच्छदार भने अहिलेसम्म सरकारबाहिरै छन् । संविधान संशोधनका पक्षमा दुई तिहाई पु¥याउने पहलस्वरुप थापा र गच्छदारलाई सरकारमा ल्याउन लागिएको हो ।

थापालाई परराष्ट्र र गच्छदार सञ्चारसहित उपप्रधानमन्त्री
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार थापालाई उपप्रधानसहित परराष्ट्र र गच्छदारलाई उपप्रधानसहित सञ्चार दिनेबारे प्रचण्ड र देउवाबीच सहमति भइसकेको छ । योसँगै सरकारमा चार उपप्रधानमन्त्री हुनेछन् । हाल अर्थमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री विमलेन्द्र निधि उपप्रधानमन्त्री छन् ।

थापा यसअघि केपी ओली नेतृत्व सरकारमा पनि परराष्ट्रमन्त्री थिए । उनले सरकारमा जान पहिलो सर्तका रुपमा परराष्ट्र मागेका थिए । अन्यथा हाल सरकारमा सहभागी मन्त्रीद्वय बोहरा र पाण्डेलाई समेत पार्टीले फिर्ता बोलाउने चेतावनी दिँदै आएका थिए ।

हाल काँग्रेस नेता डा प्रकाशरण महत परराष्ट्रमन्त्री छन् । सञ्चारमा भने माओवादी नेता सुरेन्द्रकुमार कार्की (राम कार्की) लाई हटाएर गच्छदारलाई लिने तयारी छ । कार्कीको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्डले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

  • पुर्वराजा ज्ञानेन्द्रमाथि शीतलनिवासमा यो हदसम्मको अपमान…

    काठमाण्डौं । निम्तो मान्न सित्तल निवास गएका पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वपञ्च भनेर चिनिएका राप्रंपाबाहेक अरु दलका नेताले भेटेनन् मात्र होइन, सिधा आँखाले हेरेनन् । कुनै समय निकै निक हुन चाहानेहरु पनि उनलाई देखेपछि तर्किए जस्तो गरे । ज्ञानेन्द्रसँगै टेबलमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष...

Ad