SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    ४८ पटक
    Loading...
    Ad

    काठमाडौं । फरक सोचका साथ निर्माण भएको नयाँ शक्ती नेपाल भारतीय आम आद्मी पार्टीको जस्तै गरि केजरीवाल पथमा चल्न थालेको छ । नेपालले नेपालमा बेलगाम मौलाइरहेको भ्रष्टाचार पनि समृद्धिको बाधक भएको भन्दै भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।

    पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बढी विवादमा आएको र यसबाट संस्थाको गरिमा र विश्वास घटेको उक्त पार्टीले ठहर गरेको छ । ‘घर घरमा नयाँ शक्ति अभियान – २०७३’ लाई व्यवस्थित र प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक आन्दोलन निर्माणका निम्ति गठित जनपरिचालन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको उपस्थिति र समितिका संयोजक रामकुमार शर्माको अध्यक्षतामा यसै साता बसेको बैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने राजनीतिक तथा सामाजिक मुद्धाहरुलाई लिएर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । ३ चरणमा सम्पन्न हुने सामाजिक तथा राजनीतिक अभियानअन्तगर्त पार्टीले गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

    बैठकपछि जारी परिपत्रमा भनिएको छ, ‘सबैभन्दा भ्रष्ट व्यक्तिलाई आयोगको प्रमुख बनाईनु र स्वार्थमा लाग्ने भएपछि महाअभियोगको नाटक रच्नु दुवैले आयोगको गरिमा र विश्वास घटेको छ । यस्तो स्थितिमा अधिकार सम्पन्न, स्वतन्त्र एवम् निष्पक्ष लोकपाल गठन गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ । त्यसले मात्र भ्रष्ट शासक, प्रशासक र नेताहरुलाई कारवाहीको दायरामा ल्याउन सक्दछ ।’

    भ्रष्टाचारविरुद्ध भण्डाफोर कार्यक्रममा लोकपाल गठनका लागि बहस, अन्तरक्रिया, धर्ना, सत्याग्रह गर्नेदेखि भ्रष्टाचार वा फौजवादी अभियोगमा सजायँ पाएका भ्रष्ट नेताहरुको भण्डाफोर गर्दै चुनावमा उम्मेदवार हुनबाट रोक्नेसम्म कार्यक्रम रहेका छन् । यसैगरी ठुला नेता, कर्मचारी, उद्योगपति, व्यापारीहरुको भ्रष्टाचार एवम् अनियमितता पत्ता लगाई मुद्दा हाल्नेदेखि संसद विकास कोषको रकम दुरुपयोगविरुद्ध अभियान चलाउनेसम्मका कार्यक्रम रहेका छन् ।

    यस्तो छ परिपत्र

    देशमा भ्रष्टाचार मौलाएको छ । ओहोदामा रहनेहरुबाटै भ्रष्टाचार भईरहेको छ तर, नियन्त्रण छैन । भ्रष्टाचार नियन्त्रणका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयम् विवादित छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति र निलम्बन दुवैले यो आयोगप्रतिको विश्वसनियता घटाएको छ ।

    सबैभन्दा भ्रष्ट व्यक्तिलाई आयोगको प्रमुख बनाईनु र स्वार्थमा लाग्ने भएपछि महाअभियोगको नाटक रच्नु दुवैले आयोगको गरिमा र विश्वास घटेको छ । यस्तो स्थितिमा अधिकार सम्पन्न, स्वतन्त्र एवम् निष्पक्ष लोकपाल गठन गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको धारणा रहेको छ । त्यसले मात्र भ्रष्ट शासक, प्रशासक र नेताहरुलाई कारवाहीको दायरामा ल्याउन सक्दछ ।

    हाम्रो विद्यमान ऐनमा सुधार गर्न परिमार्जन गरि शक्तिशाली, स्वायत्त र संवैधानिक लोकपाल आयोग गठनको माग गर्दछौँ । साथै भ्रष्ट्राचार विरुद्धमा पार्टीले अभियानात्मक ढंगबाट निम्न कार्यहरु गर्नेछ-

    – लोकपाल गठनका लागि बहस, अन्तरक्रिया, धर्ना, सत्याग्रह गर्ने ।
    – भ्रष्टाचार वा फौजदारी अभियोगमा सजाय पाएका भ्रष्ट नेताहरुको भण्डाफोर गर्दै चुनावमा उम्मेदवार हुनबाट रोक्ने ।
    – ठुला नेता, कर्मचारी, उद्योगपति, व्यापारीहरुको भ्रष्टाचार एवम् अनियमितता पत्ता लगाई मुद्दा हाल्ने ।
    – संसद विकास कोषको रकम दुरुपयोग र अनियमितता गर्ने नेता, सांसद, पत्ता लागाई सार्वजनिक गर्ने, मुद्दा हाल्ने ।
    -जननिर्वाचित स्थानिय प्रतिनिधि नभएको मौका छोपी अनियमितता गर्ने जिविस, गाविस, नगरपालिका र दलिय संयन्त्रको भण्डाफोर एवम् खबरदारी गर्ने ।

    – भ्रष्टाचार धेरै हुने सरकारी अड्डाहरु मालपोत, नापी, सिँचाई, वन, शिक्षा, स्वास्थ्य, सडक आदिमा निगरानी बढाउने ।
    – सुचनाको हक प्रयोग गर्ने जनसम्पर्क धेरै हुने कार्यालयहरु गाविस, नगरपालिका, जिविसबाट हिसाब-किताब र सूचना माग गर्ने । त्यसलाई सार्वजनिक गर्ने ।
    – भ्रष्टाचार विरुद्धको अभियान र सुशासनका लागि लोकपाल गठनबारे जनमत निर्माण र आन्दोलन गर्ने । यसका लागि विकास निर्माणमा भएका भ्रष्टाचार र अनियमितता खोजी गरी भण्डाफोर अभियान चलाउने । सूचनाको हकलाई प्रयोग गर्दै स्थानिय निकाय तथा सरकारी कार्यालयहरुसँग हिसाब किताब र सूचना माग गर्ने ।

    २०७३ फागुन १ गते गाविस, नगरपालिका र जिविसमा सूचनाको हक अन्तर्गत उक्त कार्यालयबाट जनताले पाउने विकास निर्माणलगायत सम्पूर्ण कामकाज र गतिविधिको सूचना माग गर्ने ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

    काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । सुरुमा चार टेष्ट...

    आज सम्म जो सँग जाँ जे-जे अरेपनी…

    यै सालमा जसोतसो विए अर्न मन छ॥ मैहुम भन्ऩे वाऊले छोरी दिए अर्न मन छ॥...

    एफए कप: सटन युनाइटेडलाई हराउँदै आर्सनल क्वाटरफाइनल प्रवेश

    सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले...

    एनरिकेले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन्, हामीले उनको विकल्पको बारेमा सोचेका छैनौ-बार्सिलोना अध्यक्ष

    स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन्...

    प्रचण्डको पुत्ला मधेशमा जल्न थाल्यो, विरगन्जमा यसरी जल्यो प्रचण्डको पुत्ला…

    प्रचण्ड नेतृत्वको सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै मधेसमा विरोध सुरू भएको छ । सदभावना...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad