Suchana Kendra

Ad

गृहपृष्ठ » जिबन शैली, समाचारसाउदी अरबमा मृत्यु भएका श्रीमानको लास पर्खंदैमा श्रीमतीको मृत्यु

साउदी अरबमा मृत्यु भएका श्रीमानको लास पर्खंदैमा श्रीमतीको मृत्यु

January 11, 2017६३ पटक

काठमाण्डौ । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी लिवाङ– ९, गुरुङ गाउँ रोल्पाकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो ।

दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने घर्तीले बताए । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धान भइरहेको घर्तीले जानकारी दिए ।

साउदी अरबस्थित एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । उनको मृत्यु भएको लामो समय भइसक्दा समेत शव नेपाल आएको छैन ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad