Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, समाचारकृषीको पकेट क्षेत्र मै बाँदरको आतङ्क, पर्वतमा जमिन बाँझै, सरकारले रमिता हेर्दै…

कृषीको पकेट क्षेत्र मै बाँदरको आतङ्क, पर्वतमा जमिन बाँझै, सरकारले रमिता हेर्दै…

January 11, 2017१३८ पटक

महेन्द्र केसी, पर्वत । जिल्लाका दक्षिणी भागमा रहेका लुंखुदेउरालीका स्थानीयबासीले बाँदर आतङकका कारण आफूहरुले खेतबारी बाँझो राख्न बाध्य भएको बताएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजना तथा लुंखु देउराली कृषि सेवा केन्द्रको सहकार्यमा जमिन बाँझो नराखौ भन्ने अभियानमा सहभागी भएका कृषकहरुले बाँदर आतङ्क भएका कारण आफुहरु खेतबाली लगाउन छोडेका कारण जमिन बाँझो राखेका बताए ।

कुर्घा ५ का मिलन बस्यालले बसाइसराइनै खेतबारी बाँझो रहनुको प्रमुख कारण भएको बताए । उनले अधिकांश मानिसहरु गाउ छाडेर शहरतिर बसाइ सरेकोले खेतबारी बाँझो रहन पुगेको हो उनले भने । सरकारले शहरमा पाउने सेवा सुविधा गाउँमानै पाउने व्यवस्था मिलाउन सकेमा गाउँ खाली र खेतबासी बाँझो नरहेन उनले बताए ।

खौलालाकुरीका मिलन नेपालीले आवश्यक प्राविधिक ज्ञानको कमि, कृषिमा आधुनिकरण तथा यान्त्रिकरणको अभाव तथा पुरानै खेती लगाउने शैली र बजारीकरणको अभावले खेतबारी बाँझो रहेको बताए । उनले कृषिको विकासका लागि आवश्यक पूर्वधाध तयार गरी लगानी गरेअनुसारको उपलब्धी हासिल गराउने शिक्षा दिएमा खेतबारी बाँझो नरहेन बताए ।

त्यस्तै लुंखु देउरालीका गोविन्द अधिकारी र आशा शर्माले सिचाई, बाँदर आतङ्क रहेको औलाए । उनीहरु खेतीबारीको लागि प्राप्त सिचाइ नभएको र भएको ठाउँमा पनि बाँदरको आतङ्क भएकाले खेतबारी बाँझो राख्नुपर्ने बाध्यता रहेको बताए ।

पाखापानी १ का कुल बहादुर कार्कीले राज्यले कृषकहरुलाई अझै पनि प्रोत्साहन गर्न नसकेको दुखेसो गरे । उनले राज्यले दिने सेवा सुविधामा पनि राजनीतिकरण भएको र पहुँचका आधारमा राज्यले दिने सेवासुविधा वितरण भएको र बास्तविक कृषकले उक्त सुविधा नपाएको बताए । काम गर्नेहरुलाई प्रोत्साहन भएन काम नगर्नेले राज्यले दिएको सुविधा लिए त्यसैले पनि खेतबासी बाँझो रहन पुग्यो उनले भने । पाखापानीका भुवनन्द पाठकको पनि उही गुनासो थियो ।

जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले काम गर्न सक्ने हो भने नेपालमानै राम्रो आन्दानी हुने बताए । पछिल्लो समयमा देशमा खेतीयोग्य जमिनमा घर निर्माण तथा जमिन बाँझो राख्ने परिपाटी बढेको र छिमेकी देशसँगको परनिर्भरता बढेको भन्दै उनले आफ्नो जमिनमा उत्पादन हुने चिज लगाउनुपर्नेमा जोड दिए ।

लुंखुदेउराली, पाखापानी, कुर्घा लगायतका क्षेत्रमा हावापानी तथा बातवरण अनुसारको खेती लगाउन सकेमा खेतबारी बाँझो नरहने उनले बताए । खेतबारी बाँझो रहेकोले नेपालीहरु छिमेकी देशको भर पर्नुपरेको र आफ्नो उर्वरभूमि जंगलमा परिणत भएको भन्दै उनले समय र बाताबरण अनुसार खेतबारीमा खेती लगाउनुपर्नेमा जोड दिए । जे हुन्छ त्यही लगाउ, समय अनुसार खेती गर्ने प्रणालीमा पनि परिर्वतन गरौ, राम्रो उत्पादन भए बजारको समस्या हुदैन उनले भने ।

सुन्तला हुने ठाउँमा सुन्तला लगाउन्ुस्, सुन्तला नहुने ठाउँ छ भने अलैची, ओखर, किवी, वा अन्य फलफुल तथा तरकारी लगाउनुहोस् जून जमिन जून खेती गर्दा राम्रो उत्पादन दिन्छ त्यसमा त्यहि लगाउन्ुहोस तर खेतीयोग्य जमिन बाँझो नखाख्नुहोस् बरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने ।

बाँदरको आतङको समस्या पर्वत जिल्लामा मात्रै नभइ देशभरीनै विभिन्न ठाउँमा यस्तै समस्या रहेको भन्दै उनले अब यसबारेमा जिल्ला प्रशासन र बन कार्यालयले सोच्नुपर्ने बेला आएको बताए । बाँदर मार्न वा त्यसलाई कृषकदेखि टाढा लैजानको लागि जतातै स्थानीय प्रशासनमा पनि दबाब आउन थालेको भन्दै त्यसको बारेमा प्रशासन र बन कार्यालयले सोच्नुपर्ने बताए ।

रेग्मीले नेपाल सरकारले पछिल्लो समयमा मात्रै शुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकरणको बारेमा जानकारी गराउँदै अब लुंखुदेउरालीमा के खेती हुन्छ सोही खेतीबारे जानकारी लिएर आधुनिकरणसँगै पकेट, ब्लक वा जोन कुन तह निर्धारण गर्न सकिन्छ सोही अनुसार बनाउनु पर्नेमा जोड दिए । उनले प्रधानमन्त्री कृषि आधुनिकरणको बारेमा जानकारी गराउँदै कृषकहरु एक हुन आग्रह गरे ।

रेग्मीले कृषकलाई प्रधानमन्त्री आधुनिकरण अन्तरगत जिल्लामा विभिन्न खेतीका २० वटा पकेट क्षेत्र हुने र ब्लब निर्माणको लागि पनि पहल भैराखेको जानकारी गराए । उनले जिल्लामा ६ गाविसको खेतीयोग्य जमिनलाई मिलाएर मकैको जोन निर्माण भएको र हरेक पकेट, ब्लक तथा जोनमा १० बर्षसम्म निरन्तर अनुदान आउने भन्दै कृषकलाई आफ्नो खेतीयोग्य जमिनमा अनुकुल अनुसारको उत्पादन हुने बस्तु लगार पकेट, व्लकमा आबद्ध हुनको लागि आग्रह गरे ।

पकेट, ब्लक तथा जोन निर्माण भएपछि स्थानीय कृषकलेनै आफै समुह बनाएर आफुलाई आवश्यक पर्ने सामाग्री तथा बस्तु खरिद गर्न र उपभोग गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै उनले भने, अब तपाइहरु मिलेर कुन खेती गर्ने हो र कुन तह अनुसार काम गर्ने हो हामीलाई भन्नुस सोही अनुसार १० बर्षसम्म हामी तपाइहरुलाई सहयोग गर्छौ तपाइहरु आफै काम गर्नुहोस् । जिल्ला कृषि विकास कार्यालयले खेतीयोग्य जमिन बाँझो नराख्नको लागि अभियान चलाएको छ । सोही अबसरमा जिल्ला कृषि कार्यालयले ४ सय भन्दा बढी ओखर, आरुपखडा, आरु, हलुवाबेद लगायतका एक दर्जन भन्दा बढी प्रजातिका फलफूलका विरुवा समेत वितरण गरेको थियो ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad