Suchana Kendra

Ad

गृहपृष्ठ » पत्रपत्रिका, मुख्य समाचार, राजनीतिभीम रावलले एमाले बैठकमा भारतले नेपाल निल्न बनाएको सनसनीपूर्ण रिपोर्ट गरेपछि…

भीम रावलले एमाले बैठकमा भारतले नेपाल निल्न बनाएको सनसनीपूर्ण रिपोर्ट गरेपछि…

January 11, 2017१०९ पटक

काठमाण्डौं । कहिले रक्षा र कहिले चाहिं गृहजस्ता संवेदनशील सारा निकाय सञ्चालन गरिसकेको मान्छेले केही महत्वपूर्ण काजग देखाउँदै सनसनीपूर्ण रिपोर्ट गर्दा नपत्याउने कसले ?

त्यस्तै भयो शनिबार एमाले स्थायी समिति बैठकमा । ललितपुरको भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको निवासमा साँझ ढल्दै गर्दा खानपिनसहित आयोजित शीर्षस्थ नेतृत्वको बैठकबीच अर्का उपाध्यक्ष अर्का उपाध्यक्ष भीम रावलले सशै सशंकित हुने सूचना पस्किएका हुन् । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

चीन र पाकिस्तानसँगको लडाईं, बंगलादेशको जन्म र सिक्किम बिलयमा ‘र’को संलग्नतामाथि आरके यादवको ५४३ पेज लामो पुस्तक ‘मिसन र’ को केही अध्यायको फोटो कपी देखाउँदै रावलले नेपाललाई छिन्नभिन्न पार्न भारतीय खुफिया एजेन्सी त्यसरी नै सुक्षम ढंगले परिचालित हुन थालेको रिपोर्टिङ गरेका थिए ।

उनका अनुसार मधेसका सशस्त्र समूहको हालै पटनामा भेला सम्पन्न भई माघ–फागुनभित्र हतियार स्वदेश भित्र्याउने र वैशाख १ गतेदेखि सशस्त्र संघर्ष थाल्ने योजना छ । रावलले यो पनि भने कि– ‘सिके राउतले मेधसी दलसमक्ष हामीलाई पनि अलि–अलि मिल्ने गरी एजेण्डा सेटिङ गरिदिनुस् । तपाईंहरु फ्रण्ट लाइनमा बसेर हामीलाई ब्याकअपका रुपमा प्रयोग गर्नुस् भन्ने सन्देश पठाएका छन् ।’

विमलेन्द्र निधि भारतको अत्यन्त निकट रहेको र मधेसी दलप्रति पूर्ण सहानुभूतिशील देखिएको अनि यही बेला उनको गृहमन्त्रीत्वकालमा देश विखण्डनको यस खाले योजनासेमत अघि बढ्न लागेको जानकारी दिँदै रावलले यो पनि थपे– ‘भारतले विभिन्न क्षेत्रबाट हस्तक्षेपका डियाज्न तयार गर्दैछ । राष्ट्रियतामाथि खतरा बढेको छ । यसबारे हामी होसियार हुनुपर्छ ।

पहिला पनि मधेसीका माग सम्बोधन गर्न नाममा संविधान संशोधन भएकै हो । त्यतिले पनि चित्त बुझेन । अहिले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव दर्ता गरेका छन् । यो सकेर पूर्व र सुदूरपश्चिममा योजनाबद्ध रुपले हात हाल्नेछन् । ‘मिसन र’ का प्रसंगहरुको पुर्नपुष्टि हुने गरी गतिविधि बाक्लिएका छन् ।’

त्यही मिटिङबाट एमाले नेता सोझै सांसद इच्छाराज तामाङको सिटिसी मलमा आमिर खान अभिनीत ‘दलंग’ फिल्म हेर्न सपरिवार गएका थिए । सबै भित्र छिरे, तर मुलढोकामै पुगेर अध्यक्ष केपी ओलीचाहिं जरुरी फोन आयो भन्दै अन्तैतिर लागे ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad