SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    १८४ पटक
    Loading...
    Ad

    काठमाण्डौं । चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भारइरल बन्यो, ‘१४ लाखको घडी ।

    युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलयमा छन् ।

    घटना गत बिहीबार, लाजिम्पाटस्थित होटल (याडिशनमा सञ्चालित फिटनेश क्लब (याडको हो । पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानले लकरमा राखेको १४ लाख मूल्यको रोलेक्स घडी हराएको उजुरी दरबारमार्ग प्रहरीलाई दिए । र, क्लबमा त्यसबेला रहेका सबैसँग सोधपुछ हुँदै जाँदा रामहरिले घडी प्रहरीलाई बुझाइदिए । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    यसपछि समाचार विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्यो । रामहरिले तत्कालै प्रतिक्रिया दिए, ‘त्यहाँ जाने एकजना साथीकी श्रीमती प्रहरीमा जागिरे छन्, उनलाई भनेको ठाउँमा सरुवा गर्न नसक्दा ममाथि षड्यन्त्र भयो ।’ रामहरिले भन्न खोजेकी प्रहरी हुन्, डिएसपी गंगा पन्त ।

    २०५६ सालमा इन्स्पेक्टरमा भर्ना भएकी । दुई वर्षअघि उक्त ब्याचको डिएसपीमा बढुवा हुँदा गंगा एक नम्बरमा परेकी थिइन् ।

    सामान्यतया प्रहरीमा एक नम्बरको अधिकृतले पोष्टिङका लागि तयतिसाह्रो भनसुन गरिरहनुपर्दैन । रामहरिका साथीचाहिं गंगाका श्रीमान तथा काठमाण्डु महानगरपालिका मातहतको नगरराक्षक प्रहरीका डिएसपी राजु पाण्डे हुन् ।

    उनै राजुले प्रवलको घडी आफ्नो खल्तमा हालिदिएको आशय थियो, रामहरिको । तर, राजुले यो कुरा अस्वीकार गर्दै भने, ‘यो कुरा झुठ हो ।’

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad