Suchana Kendra

Ad

गृहपृष्ठ » खेलकुद, समाचारलिग कप: म्यानचेस्टर युनाइटेडले हल सिटीलाई हरायो

लिग कप: म्यानचेस्टर युनाइटेडले हल सिटीलाई हरायो

January 11, 2017७४ पटक

मंगलबार राति भएको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेड इएफएल कप (लिग कप) फुटबलको फाइनल नजिक पुगेको छ । म्यानचेस्टर युनाइटेडले हल सिटीलाई २–० ले हराएको हो ।घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफमा जुआन माटा र मारोउएन फेलाइनीले गोल गरे ।माटाले ५६ औं मिनेटमा तथा फेलाइनीले ८७ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा माटाले गरेको प्रहार हल सिटीका गोल रक्षक एल्डिन ज्याकुपोविकले रोके भने पउल पोग्बाको प्रहार पोस्ट भन्दा माथिबाट गयो ।प्रिमियर लिगमा भने लिग लिडर चेल्सी भन्दा १० अंक पछि रहेको युनाइटेडका लागि सिजनको महत्वपूर्ण ट्रफी हात पार्ने मौका हो लिग कप ।प्रशिक्षक मोरिन्हो आफ्नो नेतृत्वमा टिमलाई अर्को उपाधि दिलाउने लक्ष्यमा छन् । मोरिन्होले युनाइटेडमा आए लगतै कम्युनिटी सिल्डको उपाधि दिलाएका थिए ।म्यानचेस्टर युनाइटेड सबै प्रतियोगितामा गरेर पछिल्ला ९ खेलमा विजयी भएको छ ।

 

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad