Suchana Kendra

Ad

गृहपृष्ठ » खेलकुद, समाचारविश्वकप फुटबलमा अबदेखि ४८ टोलीको सहभागिता हुने

विश्वकप फुटबलमा अबदेखि ४८ टोलीको सहभागिता हुने

January 11, 2017७७ पटक

विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो । २०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् ।

सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् । सन् १९९८ देखि विश्वकपमा ३२ टोलीले सहभागिता जनाउँदै आएका थिए । जसमा ३२ टोलीलाई ८ समूहमा बिभाजन गरी समूहको शीर्ष दुईलाई नकआउट चरणमा पुर्‍याउने व्यवस्था थियो ।फिफा मुख्यालय ज्युरिचमा भएको मतदानपछि २०२६ को विश्वकपदेखि नयाँ संरचनामा विश्वकप आयोजना हुने भएको हो ।

नयाँ संरचना अनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् भने विश्व बिजेताले अगाडिकै संरचनाअनुसार ७ खेल्नेछन् ।प्रतियोगिता ३२ दिनको हुनेछ । प्रतियोगिता लामो हुने भएपछि युरोका चर्चित फुटबल लिगको संरचनामा केहि असर पर्ने देखिएको छ । फिफाको यो निर्णयको पछाडि गत फेब्रुअरीमा फिफा अध्यक्ष निर्वाचित भएका जियान्नी इन्फान्तिन्होको प्रमुख भुमिका छ । उनले भनेका छन् कि ‘विश्वकप अब अझै समावेशी भएको छ ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad