SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२७ गते
    १७५ पटक
    Loading...
    Ad

    काठमाडौं। अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर १ यति भएपछि अचेलका ठिटालाई के चाहियो ? जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् ।

    नाम हो जोन लिम्बू । उमेर २३ वर्ष । २३ गतेका दिन मोटरसाइकलको पछिल्तिर केटीलाई लोड गरेर पोखराको ‘डेभिड फल्स’ घुम्न लाग्ने क्रममा दुई जना प्रहरीमाथि हातपात गर्दा सार्वजनिक अपराधअन्तर्गत म्याद थपी अस्ति उनलाई खोरमा थुनिएको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    घोरेपाटन चौकीअगाडि ‘नो पार्किङ’ लेखिएको ठाउँमा बाइक नराख्नु भन्दाभन्दै ‘मलाई चिन्या छौँ रु’ भनी हेण्डल लक गरेपछि हवल्दार अमर बिक र ट्रफिक प्रहरी जवान कमल चौधरीसँग झडप परेको हो ।

    लाइसेन्स माग्दा परपरबाटै राष्ट्रपति कार्यालयको परिचयपत्र देखाउन थालेपछि विवादले उग्ररूप लिएको बताइन्छ । सोही क्रममा लिम्बूले सिपाहीलाई आँखामा र हवल्दारलाई गुप्तांगमा लात्ती, मुड्की हानेको प्रहरी जाहेरी छ ।

    बैदाम चौकीबाट लगत्तै घटनास्थल पुगेका प्रहरीले उनको सक्कली परिचय पाएपछि सिपाहीहरूको औषधोपचार गरिदिने शर्तमा मेलमिलाप गराइका थिए ।

    तर, भोलिपल्ट ती सिपाही ‘मोरालको कुरा छ, पहुँचवालालाई जे गल्ती गर्दा पनि सोर्स फोर्सको आधारमा छाड्दै जाने हो भने हामीले किन मरेर ड्युटी गर्नु ?’ भन्दै सुन्निएको आँखा लिएर जिल्ला प्रहरी प्रमुख घनश्याम अर्यालसमक्ष रोइकराइ गर्न पुगेपछि लिम्बूलाई पुनः हिरासतमा लिएर सिडिओ कार्यालयबाट म्याद थप गरिएको हो । त्यसदिन झड चल्दाचल्दै लिम्बूसँग गएकी केटी भने फुत्त गायब भएको प्रत्यक्षदर्शी बताउँछन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad