Suchana Kendra

Ad

गृहपृष्ठ » समाचारमुस्ताङमा कृषि कार्ययोजना बारे संञ्चारकर्मी बीच छलफल

मुस्ताङमा कृषि कार्ययोजना बारे संञ्चारकर्मी बीच छलफल

January 10, 2017७० पटक

                         सुन्दर कुमार थकाली, मुस्ताङ । प्रथम चौमासिकमा सम्पन्न कार्यक्रम तथा दोश्रो चौमासिक आयोजनामा गरिने भावी कार्यक्रमहरु बारे जानकारी दिनका लागि जिल्ला कृषि बिकास कार्यालयले मंगलवार मु्स्ताङका स्थानीय सञ्चारकर्मी बीच छलफल तथा अन्तरक्रिया गरेको छ ।

कृषि बिकास कार्यालयले आयोजना गरेको चौमासिक कृषि कार्यक्रमहरु बारेमा जानकारी गराउँदै वरिष्ठ कृषि बिकास अधिकृत शावित्री बरालले कृषिलाई उन्नत प्रबिधि अपनाई कृषकहरुलाई आयआर्जनका साथै उद्यमशीलताको बिकास गराउन बिभिन्न कार्यक्रमहरु गरि प्रोत्साहन गर्दे आएको बताईन ।उनले कृषि उपज प्रर्दशन मार्फत जिल्लाका ३६ कृषकहरुलाई पुरस्कृत गरिएको छ, भने उत्कृष्ठ राष्ट्रपती कप कृषक ३ जना,तरकारी बाली ४,फलफुल ४,आलुबाली ४ र फापरबाली ४ गरि १६ कृषकहरुलाई हौसला सहित पुरस्कृत गरिएको जानकारी दिईन् ।

त्यस्तै,स्याउमा परागशेचनको लागि बगैचामानै मौरीघार उत्प्रेरित गरिएको,मार्फामा रहेको ग्रेडिङ मेशीन सञ्चालनमा ल्याईएको,१२ साना सिचाई निर्माणका लागि कार्यालयले योजना छनौट गरेको,प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बारे जानकारी दिईएको,उजुरी पेटिका,सुचना अधिकारी,फोकल पर्सन ,नोडल अफिसर,खरिद ईकाई र क्षतिपुर्ति सहितको नागरिक बडापत्र राखिएको बरालले जानकारी दिईन्।उनका अनुसार कार्यालयले साना सिंचाई माग,थोपा सिंचाई,बिभिन्न कृषि सामाग्री र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संञ्चालन हुने ब्लकको संसोधित क्षेत्र बारे बिभिन्न सञ्चार माध्यमबाट सुसुचित गरिएको बताईन् ।

आ.व.०७३÷०७४ का लागि स्विकृत बजेट सहकारी,साना सिंचाई तथा मल बिउ ढुवानी कार्यक्रम अन्तर्गत नया कुलो निर्माणलाई उच्च प्राथमिकता दिदै जिल्लाका १६ गाविस मध्येबाट निवेदन परेका २३ कृषक मध्ये १२ कृषकहरुलाई जिल्ला कृषि बिकास कार्यालयले १ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराउने भएको छ ।त्यस्तै स्याउ आत्मनिर्भर तथा कृषि प्रसार कार्यक्रम अन्तर्गत जिल्लाका ४ कृषकहरुलाई अनुदानमा थोपा सिंचाई सेट बितरण गरिने निर्णय गरेको छ ।यसअधि प्रथम चौमासिक कृषि प्रसार कार्यक्रम अन्तर्गत मुक्तिनाथ अर्गानिक स्याउ फर्म खिङ्गालाई अनुदानमा थोपा सिंचाई सेटहरु बितरण गरेको हो ।

कार्यालयको कृषि प्रसार कार्यक्रम अनुसार आ.व. ०७३÷०७४ वार्षिक स्विकृत कार्यक्रम अनुसार २५ हजार नबढ्ने गरि ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर,थ्रेषर,रिपर,पानी तान्ने पम्प,थ्रेषर चलाउँने जेनेटर र सोलार द्रायल उपलब्ध गराउने निर्णय गरेको छ।त्यस्तै कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु र स्याउ खेति संञ्चालनका लागि ब्लक निर्माणको खाका तयार गरेको छ ।१०० हेक्टर जमिनमा गरिने ब्लक सामुदायिक खेतिका लागि आलुबाली तर्फ कुञ्जो,लेते र कोवाङ गाविस छनौट भएका छन् भने स्याउ खेति तर्फ मार्फा १ देखि ४ वडा जोड्दा १०० हेक्टर जमिन पुग्ने भएकाले पकेट क्षेत्र मार्फामा स्याउ ब्लग निमार्ण प्रक्रिया अगाडि बढाईएको जिल्ला कृषि बिकास कार्यालयको भनाई छ।

कार्यक्रम सञ्चारकर्मीहरु नेपाल टेलिभिजनका नीरज थकाली,हिमालपारिको आवाजका भिम रसाईली,मुस्ताङ साप्ताहिकका तिलक बिक,केशव बिश्वकर्मा,मुस्ताङ एफ.एमकी बिजया थकाली र आदर्श समाज तथा सुचनाकेनद्र डटकमका संम्वाददाता सुन्दर कुमार थकालीको उपस्थिती रहेको थियो ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad