SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२६ गते
    ८३ पटक
    Loading...
    Ad

    माधव वेल्वासे
    कपिलवस्तु
    कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४÷७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । आ व ०७४÷७५को लागि कुल वजेट १६ करोड ५४ लाख २५ हजार ३ सय विनियोजन गरिएको छ ।जसमा चालु वजेटतर्फ ७ करोड ८० लाख २७ हजार पुजिगत तर्फ ८ करोड ७३ लाख ९८ हजार ३ सय रहेको छ ।नगर क्षेत्रको पुर्वधारमा ४ करोड ५ लाख २२ हजार ,ठुला पुर्वधारमा १ करोड १५ लाख,सडक वोर्ड नेपाल २ लाख २० हजार ,लक्षितवर्ग तर्फ १ करोड ११ लाख ९२ हजार ५ सय विनियोजन गरिएको छ ।
    नगरपालिकाले विकाशको कार्यलाई तिव्र रुपमा गर्न नसकेको राष्ट्रिय जनमर्चाका छन्द वहादुर के सिले वताए । नगरपालिका वनेको ३ वर्ष पुग्दा समेत नगरको विकाशको काममा सक्रिय रुपमा नलागेको केसिले आरोप लगाए ।विगतका वजेट पार्दर्शिक हुन नसकेको र कृषिमा वजेट नछुट्टाएकोले कृषि विकाशमा नगरको ध्यान नगएको नेकपा माओवादि क्रान्तिकारिका प्रतिनिधि ज्ञानिराम पुरिले वताए ।वडा नागरिक मन्च वडा १ का संयोजक शुशिला खनालले महिलाको सहभागितामा वृद्धि हुनुपर्ने र महिला विशेष सिपमुलक तालिम को लागि वजेट विनियोजनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
    नगरका १३ वटा वडाहरुमा वडा सचिव नहुदा जनताले अपा∙ भएको महशुस गरेको शिवपुर गाउ वाल संरक्षक समिति संयोजक जगत जिसिले वताए । जिल्लाको १ नम्वरमा पर्न सक्ने सक्भावना रहेको नगरपालिका ले विकाशको गति तिव्र रुपमा लिनु पर्ने महिला अधिकार कर्मि मिना परियारले वताइन ।अत्याधिक धार्मिक स्थलको नगरपालिकोले धार्मिक स्थलको प्रवद्धन गर्न नसक्नु दुख को कुरा रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले वताए । परिषदमा वोल्ने वक्ताहरुले योजना मात्र नवनाई योजनालाई सफल पार्नुपर्नेमा जोड दिए ।
    शिवराज नगरपालिकाका कार्यकारि अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा,इलाका प्रशासन कार्यलय चन्द्रौटामा साखा अधिकृत जगदिश अर्यालको प्रमुख आतिथ्यतामा विभिन्न पार्टि प्रतिनिधि,नागरिक समाज,वडा नागरिक मन्च,संघ सस्था,संचारकर्मी लगाएतको सहभागितामा सम्पन्न भएको थियो ।
    विकाश पत्रकारिता चौधरिलाई

    विगत एक दशक देखि निरन्तर पत्रकारिता क्षेत्रमा नगर विकाशमा योगदान पु¥याएको भन्दै वुटवल टुडेका संवादाता सिताराम चौधरिलाई नगद रु १० हजार सहित कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad