SuchanaKendra

प्रकाशित : २०७३/९/२६ गते
Ad
                            भारतको पञ्जाबमा एक पुरुषले आफ्नै छोरीमाथि तीन महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको खबर बाहिर आएको छ । गुरुग्रामको नूंहस्थित शमशाबाद गाउँमा भएको यो घटनामा संलग्न भनिएका पिताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । ५५ वर्षीय उनले नाबालिका छोरीमाथि बलात्कार गरेको पुष्टि मेडिकल रिपोर्टबाट भइसकेको छ । उनी अहिले फरार छन् । पीडित बालिका अदालतको आदेशमा छिमेकी शमशुदीनको घरमा बसिरहेकी छन् ।

रोचक कुरा त के छ आरोपीका चार श्रीमती छन् । तर, पनि उनले आफ्नी नाबालिका छोरीमाथि तीनमहिना जबरजस्ती सम्बन्ध बनाए । उनले आफूमाथि भएको अत्याचार आमा र दिदीलाई पनि बताइन् तर उनीहरुले लाजका कारण सहयोग गरेनन् उल्टै चुप लागेर बस्न भन्दै डराए ।

पञ्जाबमा मजदुरी गर्ने पीडक पुरुषले डेढ महिनासम्म त्यही कामको सिलसिलामा छोरीमाथि अत्याचार गरे । त्यसपछि घर फर्किएपछि उनले त्यो हर्कत छाडेनन् ।

करिब एक महिनाभन्दा बढी समय गाउँमा पनि अत्याचार भएपछि एक दिन पीडित बालिका भागेर छिमेकीको घर पुगिन् । र, छिमेकी शमशुदीनकी श्रीमतीलाई सबै कुरा बताएपछि नूंहस्थित महिला प्रहरी थानामा उजुरी दिइयो । पीडित बालिका दोस्रो श्रीमतीकी पहिलो सन्तान हुन् ।
१४२ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad