SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२६ गते
    १७८ पटक
    Loading...
    Ad

                   पोखरा, । जम्मा आधा घण्टा लाग्ने कार्यक्रमलाई तीन दिन लगाएर टेलिकमकी महानिर्देशक कामिनी राजभण्डारीले पोखरामा गरेको मस्तीको पर्दाफास भएको छ ।

    ५० लाइनको टेलिकम एक्सचेन्जको उद्घाटन गर्न पोखरामा संचारमन्त्री राम कार्कीको उपस्थितिमा नेपाल टेलिकमकी महानिर्देशक कामिनी राजभण्डारीले २० जनाको जम्बो टोली लिएर तीन दिन पोखरामा मस्ती गरेकी छिन् ।

    पोखरामा जम्मा आधा घण्टा लाग्ने उद्घाटन कार्यक्रमका लागि नेपाल टेलिकमकी महानिर्देशक राजभण्डारीले तीन दिन समय लगाएपछि नेपाल टेलिकममा ठूलो हंगामा मच्चिएको छ ।

    महानिर्देशक राजभण्डारीले तीन दिन पोखराको फाइभ स्टार होटलमा १७ कोठा बुक गरेर मस्ती गरेकी थिइन् ।

    पौष २४ गते गर्ने भनिएको टेलिकम एक्सचेन्ज उद्घाटनका लागि २२ गते नै महानिर्देशक राजभण्डारीले जम्बो टीम लिएर पोखरा प्रस्थान गरेकी थिइन् । साथै नेपाल सरकारका सूचना तथा संचार मन्त्री राम कार्की पनि ठूलो टोली लिएर पोखरा पुगेका थिए ।

    संचारमन्त्री कार्कीले पनि तीन दिन पोखरामा मस्ती गरेको नेपाल टेलिकमका कर्मचारीहरुले बताउने गरेका छन् ।

    शुक्रबार र शनिबार पोखरामा मस्ती गरेर आइतबार आधा घण्टाको कार्यक्रम सकेर टेलिकम महानिर्देशक राजभण्डारीको जम्मो टोली काठमाडौं फर्केको छ ।

    उनको टोली राजधानी फर्केलगत्तै टेलिकमका कर्मचारीहरुले राज्यको सम्पतिमाथि लुट मच्चाउन गरेको अनैतिक हर्कत भन्दै विरोध जनाएका छन् ।

    ‘आधा घण्टा समय लाग्ने कार्यक्रमलाई तीन दिन लगाएर हाम्रो टेलिकम महानिर्देशक राजभण्डारीले पोखरामा जुन हर्कत देखाउनु भयो, त्यो असाध्यै निन्दनीय कार्य छ ।’ नाम नछाप्ने शर्तमा टेलिकमका एक कर्मचारीले भने– ‘यो त राज्यको साझा सम्पतिमाथि लुट भयो नि त । यसबारे सम्वन्धित निकायले अनुगमन गरेर गंभीरतापूर्वक कदम लिनुपर्छ ।’

    यसबारे टेलिकम महानिर्देशक कामिनी राजभण्डारीलाई टेलिफोनबाट पोखराको मस्तीबारे बुझ्न खोज्दा उनले पोखरामा तीन बिताएको स्वीकार गरेकी छिन् । तर, पोखरामा अरु टेलिकमको कार्यक्रमहरु रहेकोले तीन दिन बिताउनु परको राजभण्डारीको दाबी रहेको छ ।

    यता नेपाल टेलिकम कर्मचारीहरु भने पोखरामा कुनै महत्वपूर्ण मिटिङ नै नभएको बताउछन् । पोखराको मस्ती समाचारबारे सूचना तथा संचार मन्त्री राम कार्कीलाई टेलिफोन हान्दा रिसिभ गरेनन् ।

    दश वर्ष जनयुद्ध लडेर आएका मन्त्री कार्की पनि महानिर्देशक राजभण्डारीको निम्तो स्वीकार गरेर तीन दिन पोखरा सयरलाई धेरैले अनौठो र अनुचित भन्दै आक्रोश व्यक्त गरेका छन् । जनपाटी डटकमबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad