SuchanaKendra

प्रकाशित : २०७३/९/२६ गते
Ad

                       बिक्रम कोईराला, जापान ।  विश्वकै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लब नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको विधिवत् स्थापना भई एक भव्य समारोहको बिच उद्घाटन हुने भएको छ ।

अर्जुन थापाको संस्थापक सभापतित्वमा स्थापित उक्त क्लबमा फुकुओकामा रहेका नेपाली व्यवसायी, बिधाथी साथै बिभिन्न सामाजिक क्षेत्रमा किर्याशिल करिब २९ जना युवा,युवतिहरु आवद्ध छन् ।

थापाको नेत्रित्वमा हालै गठित सो क्लबमा दिलिप लामिछाने प्रथम उपाध्यक्ष, ज्योति के.सी द्वितिय उपाध्यक्ष, चयन हुनु भएको छ भने सो क्लवमा दिलेन्द्र जोशी सचिव, सुर्य बहादुर कुँवर सह-सचीव, प्रेम कडेल कोषाध्यक्ष, बिक्रम कोईराला सह-कोषाध्यक्ष, सन्तोष थापा मेम्बरशिप चिअर तथा बिकास रोकाया टेमर रहनु भएको छ ।

स्थापना उद्घाटन कायक्रमसगै क्लबले आफ्नो बार्षिक कार्यक्रमहरु सार्वजनिक गर्ने र फुकुओकामा रहेका नेपालीहरुको यो नै पहिलो अन्तराष्ट्रीय लायन्स क्लब समेत हुने संस्थापक सभापति अर्जुन थापाले हामीलाई जानकारी दिनु भयो ।

जापानमा रहेर पनि क्लबले नेपालको बिकट क्षेत्रको शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रको समग्र विकासको लागी काम गर्ने साथै जापानमा रहेका नेपालीलाई केही समस्या परे समस्या समाधान गर्न विभिन्न संघसंस्था सँग सहकार्य गर्दै जाने सचिव दिलेन्द्र जोशीले बताउनु भयो ।

३६ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad