Suchana Kendra

Ad

गृहपृष्ठ » समाचार‘त्याग र तपस्या बिना प्राप्ती हुदैन : सशस्त्र महानिरीक्षक राई

‘त्याग र तपस्या बिना प्राप्ती हुदैन : सशस्त्र महानिरीक्षक राई

January 10, 2017७० पटक

                       सुन्दर कुमार थकाली, मुस्ताङ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईले स्थानीय स्तरमा जनता संग राम्रो सम्वन्ध बिस्तार गर्न सके व्यक्ति,संगठन र राष्ट्रको वृद्धि बिकास हुने बताएका छन्।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङको परिसरमा नव निर्मित कार्यालय भवन,व्यारेक भवनहरु तथा नीलगिरी न्यानो कक्षको सोमवार जोमसोममा उदघाटन गर्दे उत्तर तर्फ रहेको तिब्बत र चिन संगका सिमाना र दक्षिण तर्फ रहेको भारत संग जोडिएको सिमावर्ती क्षेत्रको रेखदेख र संरक्षण गर्नु सशस्त्र प्रहरीको प्रमुख दायित्व रहेको बताए ।

उनले सिमावर्ती क्षेत्र मानिसको छाला जस्तै संम्वेदनशिल रहेको भन्दै बिभिन्न रोगहरुबाट बच्न छालालाई सफा र मुलायम राखे जस्तै सिमावर्ती क्षेत्रलाई चुस्त र पारदर्शी राख्न सकेमा राष्ट्र प्रतिको सच्चा पहरेदार ठहरिने भएकाले नेपाल सरकारले दिएको जिम्मेवारी सशस्त्र प्रहरीले ईमान्दारिताका साथ निभाउन प्रहरी जवानहरुलाई निर्देशन दिए।

‘त्याग र तपस्या बिना प्राप्ती हुदैन,वैयक्तिक बिकासका लागि प्रहरी जवानमा ‘जुनुन’ आवश्यक छ’महानिरीक्षक राईले भने‘जनताको रगत र पसिनाको करले प्रहरीहरुको संम्पूर्ण सेवा सुविधाहरु उपलब्ध भएका हुन्, राष्ट्र र जनताको संरक्षणमा संञ्चालित सशस्त्र प्रहरीले आफ्नो उत्तरदायित्वबाट बिचलित हुनु हुदैन।’

कार्यक्रममा बिगतको अतीत स्मरण गर्दे महानिरिीक्षक राईले भुजपुर जस्तो बिकट पिछडिएको ठाउँबाट भैसी हेर्दे,भकारो सोर्दे त्याग,तपस्या र ढिडो र रोटीको भरमा सङ्खर्ष गर्दे यो स्थान सम्म आईपुगेको भन्दै अरुलाई दुःख दिएर फाईप स्टारको पिजा खाने महोत्काँक्षा आफुले कहिल्यै नलिएको यतार्थ सुनाउँदै बिगत ३० वर्ष देखि नेपाली जनता र राष्ट्र हितको पक्षमा समर्पित भएर लाग्दै आएको सुनाए ।

उनले प्रहरी जवानलाई निर्देशन दिदै दृढ ईच्छ्या शक्ति,साधना र जोश जाँगरका साथ कर्तव्य पथमा लागि परे सफलताको पाईला चुम्ने भएकाले धैर्यताका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरीका गुल्मपती देवराज जोशीले सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङको परिसरमा नव निर्मित कार्यालय भवन,व्यारेक भवनहरु तथा नीलगिरी न्यानो कक्षको प्रतिवेदन सार्वजनिक गर्दे सरकारको नाममा रहेको जोमसोम गाविस होम्दामा रहेको ६ रोपनी खाली जग्गालाई सशस्त्र प्रहरी गुल्मको नाममा नामसारी गरिएको जानकारी दिए ।

उनले उक्त खालीजग्गामा २ करोड ९९ लाख ४२ हजारमा भवन निर्माणकार्य सम्पन्न भएको बताए।उनका अनुसार केशव शाह कन्स्ट्रक्सनले २०७१ चैत्र महिनामा निर्माणकार्य थालेको हो । कन्ट्रक्सनले उक्त सशस्त्र प्रहरी भवनहरु एकवर्ष अघिनै सम्पन्न गरेको थियो ।सशस्त्रले उत्तरी चिन संग सिमाना जोडिएको कोरलानाको रेखदेख र सिमा सुरक्षाका लागि नेचुङ भन्सारमा समेत जग्गा छनौट गरेको छ। उनले जग्गा प्राप्ती कार्यक्रम अघि बढ्न साथ सशस्त्र क्याम्प बिस्तार गरिने जानकारी दिए ।

यस अधि महानिरीक्षक दुर्ज कुमार राईको स्वागतार्थ प्रमुख जिल्ला अधिकारी भिमराज पोख्रेल,प्रहरी प्रमुख हरिहरनाथ योगी,सरकारी निकायका प्रमुखहरु,बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु र स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।राईलाई सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
नेपालमा १६ हजारको संख्यामा सशस्त्र प्रहरी तैनाथ छन् ति मध्ये सरकारले मुस्ताङ जिल्लामा पर्ने सिमावर्ती क्षेत्रलाई चुस्त राख्न १६० जना सशस्त्र प्रहरी दरवन्दी कायम गरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङमा खडा गरेको हो ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad