SuchanaKendra

प्रकाशित : २०७३/९/२६ गते
Ad

                         नयाँ दिल्ली । भारत प्रशाशित जम्मु कश्मिरमा ड्यूटीमा खटिएका जवानले आफूहरुमाथि भएको अत्याचारको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका छन् । जम्मु कश्मिरका बीएसएफ २९ का बटालियनका जवान रोहितकुमार यादवले ड्यूटीमै रहेको अवस्थामा आफूहरुमाथि भएको अत्याचार भिडियो सन्देशमार्फत खुलासा गरेका हुन् । उक्त भिडियो २५ लाख भन्दा बढीले हेरेका छन् ।

कम्ब्याक्ट ड्रेसमा हरियार बोकिरहेको अवस्थामा उनले आफ्नो अत्याचारको भिडियो सन्देश बनाएर सार्वजनिक गरेपछि उक्त भिडयो भाइरल बनेको हो । सेनाको जवानको भिडियो भाइरल भएपछि दिल्लीमै हलचल मच्चिएको छ ।

हिउँ परिरहेको क्षेत्रमा आँधी, हिमपात, वर्षा केही नभनेर विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म दैनिक ११ घण्टा आफूहरु ड्यूटीमा खटिरहेको उनले जनाएका छन् । तर आफूहरुको समस्याबारे सरकार र आफ्ना अधिकारीहरुले मात्र होइन, मिडियालेसमेत नसुनेको उनले गुनासो गरेका छन् ।

आफूहरुका लागि आएको खाना र खाजासमेत कटौती गरेर सेनाका अधिकारीहरुले अत्याचार गरेको ती जवानले आरोप मात्र लगाएका छैनन्, आफूहरुलाई दिँदै आएको खाना र खाना समेत भिडियो सन्देशमार्फत नै सार्वजनिक गरेका छन् ।

उनले सरकारलाई भने दोष दिएका छैनन् । सरकारले आफूहरुका लागि आवश्यक सबै सामान दिएको तर उच्च अधिकारीहरुले सबै बिक्री गरेर खाने गरेको भन्दै उनले छानबिन गर्न माग गरेका छन् । उनले प्रधानमन्त्रीलाई समेत सम्बोधन गरेर आफूहरुका लागि आएको चिज कहाँ बिक्री हुन्छन्, छानबिन गर्न माग गरेका छन् ।

खानाका रुपमा तरकारी, अचारबिनाको निस्तो रोटी र खानाको साथमा नून र बेसारमात्रै हालेको दाल पाउने गरेको उनले जनाएका छन् । भिडियो सन्देशमा उनले आफूले भिडियो सार्वजनिक गरेपछि आफू नबाँच्ने समेत उनले आशंका ब्यक्त गरेका छन् ।

‘मैले यो भिडियो सार्वजनिक गरेपछि म रहन्छु कि रहन्न थाहा छैन’, यादवले आफ्नो सन्देशमा भनेका छन्, ‘अधिकारीहरुले मलाई जे पनि गर्न सक्छन् । जे पनि हुन सक्छ ।’ भारतीय सेनाका जवानमाथिको अध्याचार यसरी सार्वजनिक भएको ६० को दशकमा पहिलो पटक हो ।

उक्त भिडियो भाइरल भएपछि भारतीय केन्द्रीय गृहमन्त्रीले आफूले भिडियो देखेको जवानमाथि भएको अत्याचारको छानबिन गर्ने प्रतिवद्धता जनाएका छन् । बीएसएफ जवानको भिडियो आफूले देखेपछि गृहसचिवसँग रिपोर्टको मागेको उनले बताएका छन् । सरकारले उचित कारबाही गर्ने प्रतिवद्धता सिंहको छ ।

२१४ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad