SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२६ गते
    ६५ पटक
    Loading...
    Ad

    क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् ।

    ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोले अवार्ड उचाले । गएको वर्ष पोर्चुगललाई युरोकप २०१६ तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोले महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो । रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।

    यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो । तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् । दुवै अवार्ड रोनाल्डोले जिते । अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।’

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad