SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२५ गते
    १६१ पटक
    Loading...
    Ad

    अरुण सुवेदीको वर्तमान परिचय व्यवसायी हो । कुनै बेला राजनीतिमा चुर्लुम्म डुबेका कारण उनी व्यवसायका वावजुद राजनीति मन्थन नगरी बसिरहन सक्दैनन् । उनी लेख लेख्छन् । समसामयिक राजनीतिलाई मनन गर्ने र त्यसलाई इतिहाँसको कडीसँग जोडेर राजनीतिलाई स्पष्ट पार्न सुवेदी खप्पिस छन् ।

    हरेकजसो पार्टी र मुख्य नेताहरुको विशेषता र कमजोरीलाई रोचक र कसिलो ढंगले प्रहार गर्ने सुवेदीलाई हामीले सोध्यौं, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कस्ता नेता हुन् ?’ उनले जवाफ फर्काइहाले, ‘खासमा उनी कस्ता पनि होइनन्, आफ्नो मतलवका लागि जस्ता पनि बन्न सक्न् । जस्तो रुप, रंगमा पनि फेरिन सक्छन् । उदाहरणका लागि छेपारो । जसरी छेपारोले जस्तो पनि रंग फेर्छ प्रचण्ड त्यस्तै हुन् ।’

    प्रखर राष्ट्रवादीको छबि बनाउँदै गएका केपी ओलीमा विखण्डको छायाँ देख्छन् सुवेदी । सुवेदीको मतमा यो देश यदि कसैले विखण्डन तिर लैजाँदै छ भने त्यो व्यक्ति केपी ओली मात्रै हुन् । तराईवासीलाई चिढ्याउने गरी अभिव्यक्ति दिने, उनीहरुलाई राजनीतिबाट सिमान्तमा पार्दै लैजाने नीति ओलीको छ । यसले केही समयमा यो नेपालमा मधेसीका लागि कुनै स्थान रहेन भन्ने स्पष्ट छाप छाडेपछि त्यसैबाट विखण्डको शुरुवात हुने सुवेदीको दाबी छ ।

    अहिलेको राजनीति स्वतस्फूर्त नभएर भारतबाट डिजाइन भएको खेल चलिरहेको उनको मत छ । भारतमा अर्को निर्वाचन नभएसम्म नेपालमा यस्तै कचिंगल भइरहने उनले बताए । विकासका पक्षमा चर्को वकालत गर्ने नयाँ शक्तिका नेता बाबुराम भट्टराई कस्ता नेता हुन् भन्ने प्रश्न उनलाई राखिएको थियो । उनले नयाँ शक्तिका नेता भट्टराईमा विकासको चस्का पसेको तर राजनीति दूराशयपूर्ण भएकोले विकासको अर्थ नहुने उनले बताए । नेपाल आजबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad