SuchanaKendra

प्रकाशित : २०७३/९/२५ गते
Ad

                  बिक्रम कोईराला, जापान । मिलन मगरको अध्यक्षता आईतबार जापानको क्युसु क्षेत्रमा १७ सदस्यीय नेपाल मगर सघं फुकुओका (क्युसु) गठन भएको छ।

संघको बरिष्ट उपाध्यक्षमा पदमा दिपक राना मगर, उपाध्यक्ष पदमा नेन्सी सारु मगर,बिजय थापा मगर,महासचिव पदमा रोजिन थापा मगर,सचिवमा सेर बहादुर बार्हगरे मगर 
र कोषाध्यक्षमा शंकर थापा मगर रहेका छन् ।

त्यसैगरी साँस्कृतिक बिभाग प्रमुखमा असोक राना मगर,अन्तराष्ट्रीय बिभाग प्रमुखमा सुन्दर थापा मगर,सदस्यहरुमा निरन्जन बुढामगर
,अर्जुन दघामी मगर 
, जित थापा मगर ,निलक बुढाथोकी मगर 
,दुर्बल बुढामगर 
 यम प्रकाश पुलमी , सुर्य थापा मगर,देब मगर रहेका छन् ।

प्रबासमा रहेर पनि मगर एकता र मगर-मगर बिच आपसी सहयोग सद्भाव र मगर जातीहरुका भाषा कला संस्कृती तथा भेषभुषा लाई सरंक्षण गर्न नेपाल मगर सघं क्युसु गठन गरेको अध्यक्ष मिलन मगरले जानकारी दिए ।

संघले मगरहरुको महान चाड माघे संक्रान्ति, नेपाल मगर दिवस जस्ता बिभिन्न चाडपर्वमा बिबिध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ ।

६४ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad