SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२५ गते
    २१३ पटक
    Loading...
    Ad

    काठमाडौं । खाना पकाउने एलपीजी ग्यास बोक्नका लागि नेपालमा पहिलो पटक नेपाली नम्बरका ग्यास बुलेट भित्रिएका छन् । कागजी प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि वीरगन्ज भन्सारमा रोकिएका दुइटा ग्यास बुलेट आइतबार साँझ नेपाल प्रवेश गरेको खबर छ ।

    बुलेट नेपाल भित्रिसकेकाले अबदेखि नेपाली नम्बरका बुलेटले नै ग्यास आयात गर्ने छन् । नेपाली नम्बरका बुलेट नहुँदा अहिलेसम्म भारतीय कम्पनीका बुलेटमार्फत ग्यास आयात गरिँदै आएको थियो । नेपाली नम्बरका बुलेट भित्रिएपछि भारतको एकाधिकार क्रमिक रुपमा तोडिँदै जाने उद्योगीको भनाइ छ । आजको कारोबार दैनिकमा समाचार छ ।

    नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भन्सारमा रोकिएका नेपाली नम्बरका ग्यास बुलेट भन्सार पास भई नेपाल भित्रिएको बताए । “पहिलो चरणमा परीक्षणका लागि दुइटा बुलेट नेपाल ल्याएका छौं,” घिमिरेले भने, “सबै प्रक्रिया मिलेर नेपाल भित्रिएकाले पनि एकरदुई दिनमै ग्यास ल्याउनका लागि ती बुलेट भारत जानेछन् ।”

    उनले भारतमै निर्माण गरी राखिएका थप तीन सय बुलेट चाँडै नेपाल ल्याउने बताए । अध्यक्ष घिमिरेले भने, “नेपाली नम्बरका बुलेटबाट ग्यास आयात गर्दा ढुवानीमार्फत बाहिरिने अर्बौ रुपैयाँ नेपालमै रहन्छ ।” ग्यास ढुवानीबापत बाहिरिने वार्षिक साढे तीनदेखि ४ अर्ब रुपैयाँ बचत हुने उनको भनाइ छ ।

    नेपाली बुलेटबाट ग्यास आयात गर्दा चालकदेखि सहचालकसम्म नेपाली नै रहने र सरकारलाई कर तिर्ने भएकाले ठूलो रकम बाहिरिनबाट बच्ने उद्योगीहरुको भनाइ छ ।

    निजी उद्योगीले आफ्नै लगानीमा बुलेट तयार गरी नेपालमा ल्याएका हुन् । नेपाल आयल निगमले ७ सय ७५ वटा बुलेट ल्याउन अनुमति दिएको थियो । उद्योगीका अनुसार एउटा बुलेट निर्माण गर्न ६० देखि ७० लाख रुपैयाँ लागेको छ । दुई तिहाई कर छुटमा उद्योगीले ग्यास बुलेट नेपाल ल्याएका हुन् ।

    नेपाल आयल निगमका अनुसार सरदर मासिक ४ सय ५० बुलेटले ग्यास ल्याउने गरेका छन् । चिसोको समयमा ग्यासको खपत धेरै हुँदा ६ सय बुलेट ग्यास नेपाल आउने गरेको छ । निगमका अनुसार एक बुलेट ग्यास नेपाल ल्याउँदा १ लाख रुपैयाँ खर्च हुन्छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad