SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२४ गते
    ११७ पटक
    Loading...
    Ad
                    बिपेन उलङगे । इच्छा शक्ति हुनु पर्छ मानिसले जे पनि गर्न सक्छ। यसको उदाहरण खोज्न टाढा जानु पर्दैन नेपालमा नै पाइन्छ। त्यस्तै उदाहरण मध्येका एक हुन गायक प्रकाश तिमिल्सिना । उनको जीवन संघर्षले आम मानिसलाई एउटा उदाहरण दिन सक्छ । सर्वाधिक लाकेप्रिय गित “प्रिय तिम्राे सिउंदामा सिन्दुर भर्न पाउं” का गायक तथा दर्जनाै भाषामा गित गाउन सक्ने प्रकाश काे हुन्त ?. बुवा रामप्रकाश तिमिल्सिना ,अामा तुल्सिमाया तिमिल्सिनाकाे काेखबाट बि:स. २०४४ सालको वैशाख १ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका प्रकाश तिमिल्सिनालाई एक वर्षको सानो उमेरमा नै पारिवारीक विछोडको विपत्ति आइपय्राे ।
    २०४५ सालको भुकम्प पछिको कोशीको बाढिका कारण उनले आफ्नो परिवार मात्र गुमाएनन आफ्नो दृष्टि पनि गुमाउन पुगे। उनै प्रकाश अहिले नेपाली संगीतकाे अाकाशमा चम्किला तारा बनेर उदाइरहेका छन् । घरमा सुतिरहेको उनको परिवारलाई बाढिले बगायो । उनी पनि बगे भाग्यले उनलाई माझीले माछा भनेर जालमा पारे अनि उनी बांच्न पाएं ।
    त्यसपछि उनी आफ्नी हजुर आमा देविमायाको साहारामा बाँचे । जसको मृत्यु २०६७ साल जेठ १६ गते नै भएको छ। अहिले एक्लै जीवन विताइरहेका प्रकाशले आफ्नो बाल्यकाल धरानमा विताएका हुन् । नौ वर्ष पछि हजुरआमासँगै माेरङ जिल्लाकाे लेटाङ बसाई सरे । लेटाङमा छँदा उनकी हजुर अामाले एक जना तामाङनी घरमा काम गरेर पालेकि थिईन ।
    लेटाङ बस्ने क्रममा नेमधारी मण्डल नामका शिक्षकले उनलार्य धनकुटाको हिलेभन्दा माथि सिँदुवामा लगेर पढाउनुभयो । त्यतिबेलासम्म प्रकाश गीत गाएर परिवारको केही सहारा बनिरहेको थिएँ । १२ पास गरेका प्रकाश पाँच कक्षासम्म सरस्वती मावि सिँदुवामा नै पढेका हुन्। त्यस पछि एक जना बेलायती नागरिक जेवाना स्टुर्ड जो गाउँ विकासको प्रोजेक्ट ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ लिएर आएका थिए उनले नै प्रकाशको बाँकी पढाइ पूरा गर्न सहयोग गरे। एसएलसी कीर्तिपुरको ल्याब्राेटरि बाेर्डिङ स्कुलबाट २०६३ सालमा प्रथम श्रेणीमा पास गरेँ।
    सगरमाथा उच्च माविबाट प्लस टु पास गरे त्यस पछि भने शारिरिक समस्या तथा सांगीतिक व्यस्तताका कारण पढाइलाई निरन्तरता दिन सकेनन् प्रकाशले। दृष्टिबिहिन भएर पनि शिक्षित प्रकाश आफ्नो अतितलाई यसरी आफ्नै शव्दमा व्यक्त गर्छन् : जब म तीन वर्षको थिएँ, त्यतिबेला मलाई दुःख–सुख गरेर हुर्काउनुभएकी हजुरआमाले मलाई एक जना लाहुरेको बिहेमा लानुभएको थियो। त्यहाँ क्यासेट प्लेयरबाट गीत बजेको सुनेँ। हजुरआमाले त्यसले खान्छ करेन्ट, लिन्छ ज्यान भन्नुहुन्थ्यो। त्यहाँ बजेका गीत मैले पनि गुनगुनाउन थालेँ रे। त्यसपछि मलाई सबैले माया गर्थे रे।
    मलाई खाना खुवाउनसमेत गीत–संगीतको सहारा लिनुपय्राे रे, हजुरआमाले । चार–पाँच वर्षको हुँदा मलाई हजुरआमाले एक ब्याट्रीवाला रेडियो किनिदिनुभएको थियो । रेडियो आडैमा राखेर सुनिरहन्थेँ। ११ बजे रेडियो बन्द भएपछि मात्र रेडियोका मान्छे खाना खाना गए भनेर मैले खाना खान्थेँ। मलाई त्यसपछि गाउँका सबैले रेडियोले भनेजस्तो भन भन्थे। मैले गीत गाउँदा माया मानेर बिस्कुट खान दिन्थे। गीत गाए खान पाइँदो रहेछ भन्ने लाग्यो।
    यसरी नै खानको लागि मैले गीत गाउँन थालेँ। मैले कहिले १० रूपैयाँमा गीत गाएँ, कहिले एक झोला नासपतीका लागि गाएँ। मेरो गुजारा पनि चलेको थियो यसबाट। आठ कक्षामा पढ्दा मैले नेपाल टेलिभिजनको ‘ब्राइटर तिम्रो सुर, मेरो गीत’ भन्ने कार्यक्रममा मैले भाग लिएँ। पछि मैले जित्ने पक्कापक्की थियो, तर प्रायोजन नपाएर त्यो रोकियो। २०६४ सालमा ‘साउथ एसियन स्टार’ नेपाल भन्ने इमेज च्यानलको एक कार्यक्रममा चार हजार जनालाई जितेपछि भारतमा ‘साउथ एसियन सुपरस्टार’मा भाग लिन पाएँ।
    त्यो कार्यक्रममा म फाइनलिस्ट भएको थिएँ। मैले बेस्ट इंग्लिस प्रोनाउन्सेसन पाएको थिएँ। त्यही कार्यक्रममा बलिउडकी नायिका प्रियंका चोपडा गेस्ट जज बनेर आउनुभएको थियो। उहाँले मलाई दाहिने हातमा चुम्नुभएको म भुल्दिनँ। यसरी सुरू भएको मेरो संगीत–यात्रा अहिलेसम्म चलिरहेको छ।’ प्रकाशले देशविदेशमा थुप्रै कन्सर्टहरू गरेका छन्। नेपालका अधिकांश भागमा पुगेका उनी विदेशमा हङकङ तिन पटक, कोरिया दुई पटक ,कतार , जर्मन , स्पेन पाेर्चुगल, दुबई , भमरत लगायतका देशमा पुगेका छन् भने मलेसियामा यहि जनवरि मा फ्रेण्डसिप धामाका कार्यक्रमकाे लागि प्रिंयका कार्कि संगै अाउदै छन । कार्यक्रम सम्म अाएर सहयाेग गरिदिनुहुन उनले अनुराेध गरेका छन ।
    प्रकाश संगै नायिका प्रिंयका कार्की , चर्चित लाेक गायिका देवि , हास्यकलाकार पल्पसा डङ्गाेल “चम्सुरि” , पप तथा रक गायक अार के खत्री लगायतका कालारहरु अाउदैछन । कार्यक्रम जनवरि २७ शाहाअालम , २८ जनवरि बातुपाहात , २९ जनवरि पेनाङ र ३० जनवरिमा मलक्कामा कार्यक्रम गर्ने उनले बताए । दर्जनौं भाषाका गितहरुमा कम्पाेज गरेका प्राकाशले २१ वटा भाषामा गित गायर गिनिज बुकमा नाम लेखाउने प्रयासमा छन ।
    आफ्ना गुमेको दृष्टि फिर्ता हुने आशामा छन् उनी। त्यसकालागि अस्ट्रियामा जानुपर्ने डाक्टरहरूको उनलाई सल्लाह रहेको छ। अहिले उपचारको लागि आवश्यक ४५ लाख रूपैयाँ लाग्नेछ, पैसा जम्मा गर्दैछन् प्रकाश। आफू समाजसेवी भएर समाजसेवा गर्न चाहन्छन प्रकाश। आफूजस्तै दृष्टिविहीनहरूको सेवा गर्ने चाहना छ उनको। दृष्टिविहीनहरूलाई शिक्षा पु्रयाउन चाहन्छन। आफूजस्ता केही शिक्षित दृष्टिविहीनहरू मिलेर एसोसिएसन बनाउँदै छन। त्यही संस्थाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा शिक्षा प्रदान गर्ने योजना छ । । 
    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad