SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२४ गते
    ४४७ पटक
    Loading...
    Ad

    काठमाडौं । निकै हसिलो स्वभाव तथा तर्कशक्तीको कारण हरेक समय चर्चामा रहेका नेपाली कांग्रेसका नेता तथा सांसद रामहरी खतिवडा आज अलि फरक रुपमा प्रस्तुत भएका छन् ।

    घडी चोरको आरोप लागेपछि आकस्मीक रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले दुखेसो पोख्दै भने मलाई गोली हानेको भए, एकै पटक पर्ने थिँए, तर १४ लाखको घडि चोरेको आरोपले मलाई जिवनभर मार्ने भयो’ ।

    नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुंगाका सांसद समेत रहेका रामहरी खतिवडा पत्रकार सम्मेलनमा निराश मुद्रामा भने यो ‘मेरो चचित्र हत्या गर्न षड्यन्त्र गरिएको हो, म पनि अनुसन्धान गर्छु र प्रहरीलाई पनि अनुसन्धान गर्न आग्रह गरेको छु ।’

    पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाखको घडि चोरेको आरोप लागेपछि खतिवडाले आइतबार पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलनमा उनी निकै भावुक थिए ।

    आफुलाई सदाका लागि खतम पार्न केही ब्यक्तिले षड्यन्त्र गरेको बताए । उनले र्याडिसन होटलको जिमखानामा पुगेका केही ब्यक्तिले आफुलाई फसाउन यस्तो गरेको आशका पनि गरे । ‘मलाई एक ब्यक्तिमाथी शंका पनि छ, तर अनुसन्धान विना चरित्र हत्या गर्दिन’ उनले भने । मैले मेरो तर्फबाट पनि अब अनुसन्धानको प्रकृया अगाडी बढाएको छु ।

    घडि हराएपछि प्रहरीले फिङ्गर प्रिन्ट दिन केही ब्यक्तिलाई बोलाएको तर उनीहरु प्रहरीको अझै नगएको भन्दै खतिवडाले आशंका जनाएका छन् । ‘प्रहरीलाई फिङ्गर प्रिन्ट दिन अस्वीकार गर्ने ब्यक्तिमाथी पनि मलाई शंका लागेको छ’ खतिवडाले भने ।

    आफुले जीवनमा गरेका हरेक कामहरुलाई गलत सावित गर्न यस्तो षडयन्त्र रचिएको बताउँदै उनले थपे झुट धेरै दिन टिक्दैन । केहि समयमा नै तपाईहरु सबैले थाहा पाउनु हुनेछ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad