Suchana Kendra

Ad

गृहपृष्ठ » जिबन शैली, पत्रपत्रिकासाँसद खतिवडा भन्छन– मलाई २५-३० वर्षकी राम्री बाहुनी केटी चाहियो

साँसद खतिवडा भन्छन– मलाई २५-३० वर्षकी राम्री बाहुनी केटी चाहियो

January 8, 2017३९६ पटक

नेपाली राजनीतिमा चर्चामा आइरहने युवा नेतामध्ये एक हुन्– रामहरि खतिवडा । उमेरले ४५ नाघेका उनी ओखलढुंगा–२ बाट निर्वाचित सांसद हुन् । कांग्रेस नेता खतिवडा हालसम्म अविवाहित छन् ।

‘विवाह कहिले गर्ने ?’ कतै साथीभाइ भेट्दा होस् या पत्रकारसँग कुराकानी गर्दा उनीसँग सर्वाधिक सोधिने प्रश्न हो यो । यस्ता प्रश्नले उनलाई चसक्क छुन्छ र भनिदिन्छन्, ‘बिस्तारै गरौँला नि ।’ उनलाई कस्ती युवती मनपर्छ त ? आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

बिहेको प्रश्न

अहिले मलाई बिहेको प्रश्नले सबैभन्दा बढी सताउने गर्छ । सार्वजनिक कार्यक्रममा जाँदा होस् या साथीभाइसँगको भेटघाटमा ‘बिहे कहिले गर्ने ?’ भन्ने प्रश्न मेराअघि तेर्सिन्छ । यस्ता प्रश्नले मलाई चसक्क छुन्छ र अब त गर्नुप-यो भन्ने सोच्छु । तर, खै के मिल्दैन, मिल्दैन ।

जात

म राजनीतिकर्मी भएकाले हामीले सबै जात, भाषा, समुदायलाई सम्मान गर्नुपर्ने हुन्छ । संविधानमा समेत हामीले विशेष व्यवस्था गरेर सबैलाई समान हक, अधिकार दिएका छौँ । तैपनि कतिपय कुराहरू नितान्त व्यक्तिगत हुन्छन् । मेरो हकमा पनि यही लागू हुन्छ । नढाँटी भन्नुपर्दा आमाबाबुले बाहुन केटी हुनुपर्छ भन्नुहुन्छ । मलाई उहाँहरूले हुर्काएर, बढाएर यहाँसम्म पु-याउनुभएको हो । उहाँहरू अझै पनि गाउँमै घाँस, दाउरा गरेर बस्नुहुन्छ । त्यसैले उहाँहरूको इच्छाअनुसार नै गर्छु भन्ने सोचेको छु । मैले आमालाई निकै माया गर्ने भएकाले उहाँको मन दुखाउन चाहन्न । सकेसम्म आफ्नै जात र हुँदै भएन भने त्यसमा केही कम्प्रमाइज गर्न सकिन्छ ।

जीवनशैली र प्रस्तुतीकरण

समय र परिस्थितिअनुसार चल्न सक्ने हुनुपर्छ । गाउँमा रहँदा सोहीअनुरूपको पहिरन लगाउने, सरल भाषा बोल्ने, सबैसँग भिज्न सक्ने हुनुपर्छ । पार्टीमा जाँदा फरक बन्न सक्नुपर्छ । कसैलाई प्रभाव पार्न सक्ने बोलीचाली हुनुपर्छ । उसको कुनै कुराले कसैको मन नदुखोस्, कोही अप्ठ्यारोमा नपरोस् । देश, समाज र परिवारप्रति उत्तरदायी होस् । सहयोगी हात होस् र सबैलाई सद्भाव बाँड्न सकोस् । म रमाइलो गर्ने, हाँस्ने, हँसाउने मान्छे हुँ । त्यसैले संदिग्धभन्दा स्थान र समयअनुसार रमाउन सक्ने, अरूलाई हँसाउन सक्ने भए राम्रो ।

पेसा-व्यवसाय

म आफैँ राजनीतिकर्मी भएकाले राजनीति गर्नेलाई मैले कम प्राथमिकतामा राखेको छु । आफू एकातिर हिँड्यो, श्रीमती अर्कोतिर हिँड्ने हुने हो भने घर, परिवार अस्तव्यस्त हुने सम्भावना बढी हुन्छ । तर, यस क्षेत्रलाई बुझेको भने हुनुपर्छ । राजनीतिक घटनाक्रमलाई लिएर वादविवाद तथा अन्तक्र्रिया गर्न सक्ने खालको भए झनै राम्रो । यो क्षेत्र वा त्यो क्षेत्रभन्दा पनि आफ्नै खुट्टामा उभिएको र घर चलाउन सक्ने क्षमता भएको हुनुपर्छ ।

पढाइ र उमेर

कमसेकम बिए, एमए गरेको हुनुपर्छ । हल्का बौद्धिक, ‘सेन्स अफ ह्युमर’ भएको, सामाजिक परिस्थिति जाने/बुझेको भए अति उत्तम । उमेर २५ देखि ३० वर्ष पुगेको हुनुपर्छ । बिहे गर्ने सोच बनाउँदा कहिले उमेर बढी भएको भेटिन्छन्, कहिले धेरै कम भएको । म आफैँ ४० नाघेकाले मसँग सुहाउँदो उमेरको भए राम्रो ।

रूपरङ, हाइट

रूपरङ मानिसको इच्छा र चाहनामा भरपर्ने कुरा हो । सबैभन्दा महत्वपूर्ण भनेको उसको मन सफा हुनुपर्छ । मन मिलेपछि सबै मिल्छ । देख्दा आँखालाई सुहाउने भए हुन्छ मलाई । धेरै गोरो वा कालो भन्ने पनि छैन । मजस्तै, मसँग हिँड्दा सुहाउने खालको भए हुन्छ । हाइट पनि मसँग मिल्ने खालको हुनुपर्छ । धेरै सानो वा सेन्डल लगाउँदा मभन्दा अग्लो देखिने हुनुभएन ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad