SuchanaKendra

प्रकाशित : २०७३/९/२३ गते
Ad

पर्वत । आर्थर गाविसमा महिलाहरुले मात्र सञ्चालन गरेको लालीगुरांस व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उदघाटन गर्दै बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष एवम नेकपा एमाले पर्वतका उपसचिव गोविन्द पहाडीले महिलाहरुको सामाजिक क्षमता उदाहरणीय देखिएको भएपनि आर्थिक क्षमता अझै विकास हुन नसकेको हुंदा आफनै मेहनत र उद्यमबाट आर्जन गरको आम्दानीबाट बचत गर्ने तर्फ लाग्न महिलालाई सुझाव दिनुभयो ।

ग्रामीण अर्थतन्त्र सुदृढ नभएसम्म मुुलुकको समृद्धिको यात्रा शुरु नहुने भन्दै गाउं गाउंमा सहकारी मार्फत पूंजी निर्माण गरि उत्पादनमा लाग्न सकेमा मात्र नागरिकहरु आर्थिक शोषणबाट मुक्त हुने दिन आउने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा एमाले पर्वतका सचिवालय सदस्य यम गुरुङ, नेपाली कांग्रेस आर्थरका सभापती रुद्र मोहन रिमाल, नेकपा एमाले आर्थरका अध्यक्ष होमनाथ रिमाल, राप्रपाका खिमलाल पाध्या, सहकारीका सल्लाहाकार देवी पौडेल लगायतले बोल्नुभएको थियो ।

साधारण सभाले ६ लाख ७० हजारको आय व्ययलाई पारित गरेको थियो भने कार्यक्रम सहकारीका अध्यक्ष जमुना पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नन्दकला क्षेत्रीले गर्नुभएको थियो ।

१०२ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad