SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२३ गते
    १३० पटक
    Loading...
    Ad

    सत्तारुढ जुवाडे 
    बाँकी रहेका ११ महिनामा पनि हिउँद महिनामा चुनाव हुन नसक्ने भएकाले देशलाई छिटै चुनावको बाटोमा लैजानु पर्ने ओलीको भनाई थियो । तर, सत्तारुढ दलका नेताहरुले संविधान संशोधनलाई राष्ट्रहित अनुरुप रहेको भनी जुवाडेको जस्तो झूठो दलिल गरेको ओलीले वताए । 

    ‘राष्ट्रपतिज्यूले ५ दलका नेताहरुलाई राखेर हिजो चुनाव गर्ने तर्फ ध्यानाकर्षण गराउनु भो, तर सत्तारुढ दलका नेताहरु संविधान संशोधन नै चुनावका लागि हो भनेर जुवाडेको जस्तो तर्क गर्न थाल्नु भो’ ओलीले भने, ‘जुवाडेले कौडा पछार्छ, हारजित जुवाको होइन सम्पत्तीको हारजित हुन्छ । तास पछार्छ हारजित सम्पत्तीको हुन्छ । सत्तारुढ दलहरु तासका पत्ती पछारेर देशलाई हराउने कोसिस गर्दैछन् ।’

    मधेसका नाममा संविधान संशोधनको कुरा गरेर मधेसमाथि नै प्रहार गर्न खोजिएको ओलीको भनाई थियो । ‘कुरा मधेसको गर्ने तर मैथीली, भोजपुरी र अवधी भाषालाई समाप्त पारेर हिन्दीलाई अगाडि सार्ने’ ओलीले भने, ‘प्रहार कहाँ गर्ने ? गौरवपूर्ण मैथीली र भोजपुरीमाथि । तर, कुरा मधेसको गर्ने ।’

    बिहान बेहुली बेलुका मुख्यमन्त्री 
    तराईका नेपालीलाई अल्पमतमा पार्न नागरिकताको प्रावधानमा संशोधन गर्न खोजिएको ओलीको आशंका थियो । ‘बिहानको बेहुली बनेर भित्रिने, बेलुका झण्डा हल्लाउँदै घर फर्किने ब्यवस्था हुँदा पनि संविधानले अधिकार नदिएको हल्ला चलाइएको छ । र यसैका लागि संशोधन  गर्न खोजिएको छ ।’

    संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि जनताले आवश्यकता ठाने औचित्य र अनुभवका आधारमा संशोधन हुँदै जानु पर्ने ओलीको भनाई थियो । ‘कार्यान्वयन गर्दै जाँदा अनुभवका आधारमा आवश्यक पर्यो भने संशोधन गर्न सकिन्छ’ ओलीले भने, ‘तर, अहिले जनताको आवश्यकताले संशोधन गर्न खोजिएको हो र ? जनताको सहजताका लागि हो र ? जनताले सुविधा कहाँबाट पाउँछन् भनेर हो र ? जनता हामी विभाजित हुँदैनौं भनेर आन्दोलनमा उत्रिएको छ । अन्यत्रैको आदेशमा संशोधनको प्रस्ताव ल्याइएको छ ।’

    प्रधानमन्त्री झूठ 
    प्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन प्रस्ताव अघि बढाउन सल्लाह दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको सार्वजनिक भनाईप्रति ओलीले आपत्ती जनाए । प्रधानमन्त्री दाहालले बिहीवार मधेसी मोर्चासँगको बैठकमा प्रधानन्यायधीश सुशीला कार्कीले संशोधन प्रस्ताव अघि बढाएर छलफल चलाउन सल्लाह दिएको वताएका थिए ।

    ‘प्रधानन्यायाधीशले सल्लाह दिनु भो भनेर प्रधानमन्त्री भएका मान्छेले झुठ कुरा गरेर हिंडेका छन् । न अदालतले त्यो भन्न मिल्छ न प्रधानन्यायधीशले त्यसो गर्नुहुन्छ’ ओलीले भने, ‘कुनैबेला अख्तियारसँग सेटिङ मिलाइसकेँ भन्नुहुनथ्यो । सर्बाेच्च अदालतलाई विवादमा तान्ने कामको सर्बाेच्चले खण्डन गरिसकेको छ ।’

    तराईमा कसलाई लखेट्ने ? 
    ओलीले तराईका नाममा राजनीति गरेर दुनो सोझ्याउन पल्केकाहरुले आजको कार्यक्रममा तराईका जनताको उपस्थितिलाई हेर्न आग्रह गरे । ‘तराईका नाममा राजनीति गरेर दुनो सोभ्m्याउन पल्केकाहरुरले तराईका जनताको कुरा सुनुन्’ ओलीले भने, ‘सुन्छु एमालेलाई ड्रम बजाएर लखेट्ने रे । तराईमा नै एमाले बलियो छ, उहाँहरुले जितेको ११ सिट एमालेले जितेको ४० सिट यसैले वताउँछ तराईको प्रतिनिधि को हो ?’ ओलीले एमाले फागुन दोस्रो हप्तादेखि मेची महाकाली तराई अभियान लिएर जाने तयारीमा रहेको ओलीले वताए । उनले तराईका जनतामा रहेको देशभक्तिलाई कमजोरी नठान्न चुनौती दिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad