Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, राजनीति३३ किलो सुन बोक्नेको सनसनी खुलासाः बामदेब गौतमदेखि अर्थमन्त्री महरासम्मको पोल खोलिन सक्ने

३३ किलो सुन बोक्नेको सनसनी खुलासाः बामदेब गौतमदेखि अर्थमन्त्री महरासम्मको पोल खोलिन सक्ने

January 7, 2017५१७ पटक

काठमाडौँ । केही दिनअघि त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन ल्याउदै गरेको अवस्थामा पक्राउ परेका गोपालबहादुर शाहीले आफूले एक वर्षमा तीन यस किलो सुन ल्याएको बताएका छन् ।

प्रहरी हिरासतमा रहेका शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएका हुन् ।

शाहीले केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।

दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो ।

‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ’, शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।

स्रोतका अनुसार प्रहरीले झार टार्ने अनुसन्धान नगरे वा राजनीतिक हस्तक्षेप नभएर लामो समयदेखि हुँदै आएको सुन कारोबारको झालो पत्ता लाग्ने त्यसमा पूर्वगृहमन्त्री बामदेव गौतमदेखि वर्तमान अर्थमन्त्री कृष्णबहादुर महरासम्म मुछिन सक्ने स्रोतको दाबी छ । प्रहरीले पनि विस्तृत छानविन नगरी सुन भन्सार कार्यालयको जिम्मा नदिने बताएको छ ।

यसअघि झैं ३३ किलो सुन पनि गृहमन्त्रालय,प्रहरीको उच्च नेतृत्व,भन्सार र अर्थमन्त्रालयको सेटिङमा भन्सार छलेर बाहिर आएको शंका गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad