SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२३ गते
    ६६६ पटक
    Loading...
    Ad
                       पोखरा । नेपाली काँग्रेस पोउमनपा–२३, निर्मल पोखरी ईकाइको आयोजनामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटको अवसरमा ४७ घरधुरीका एक सय २३ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् ।

    विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका उनिहरुलाई गर्नेलाई सांसद बृन्द्रादेवी रानाले कास्कीको क्षेत्र नं. ३ को हालत नाजुक रहेको जानकारी दिईन् । यस क्षेत्रको हरेक बिकास निमाणको काममा आफुले सहयोग गरेको बताईन् । उनले यस क्षेत्रमा आफुले काम गरेको तर अरुले नाम कमाएको बताईन् । कार्यकर्ताहरुलाई आफ्नो क्षेत्रमा अरुले धेरै चलखेल गरेकाले ध्यान दिएर काम गर्न आग्रह गरेकी छन ।

    सो अवसरमा स्थानिय ठुलीस्वाँरा निवासी नरबहादुर रानामगर, भिमबहादुर रानामगर र बलबहादुर आलेमगरको नेतृत्वमा बसन्ती थापामगर, धनबहादुर मास्की मगर, सावित्री रानामगर, अशोक परियार, पुर्णीमाया मास्कि मगर, सेतिमाया आलेमगर, लक्ष्मी आलेमगर, ललिता आलेमगरलगायत नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

    सो अवसरमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि नरेश शंकर पालिखे, बिरेन्द्र बिजुक्छे, केशर निर्दोशी, जिल्ला सदस्य रंगिला आचार्य, नगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्र नं ३ का सभापति बिजय आचार्य, निर्मल पोखरीका क्षेत्रीय प्रतिनिधी रधु पराजुली, सचिब दिपेन्द्र मरासिनीलगाएतले पार्टीमा नवप्रवेशीले काँग्रेसको कार्य मुल्यांकन गरेको वताउँदै विकास निर्माणका काममा जनताको सहभागिता र चासो नै प्रमुख हुने गरेको वताए।

    पोखरा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिन्दुकुमार थापाले यस ठाउँमा होमस्टे संचालन गरेर पर्यटकिय क्षेत्र बनाउन सकिने र साथै ठुला उद्योग संचालनको लागि उद्योगी व्यवसायीको तर्फबाट आफुले सुरु गर्ने वताए । पोखरा २३ ईकाइ अध्यक्ष केबल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विक्रमादित्य गिरी र स्वागत नरबहादुर रानाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad