SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२३ गते
    ५३ पटक
    Loading...
    Ad

                              पोषकान्त पोखरेल, बुटवल । रुपन्देहीको पडषरी गाविसमा प्रधान कार्यालय भएको उन्नती माईक्रो फाईनान्स लिमिटेडले बजारमा पुँजीको बढ्दो आवश्यकताको महसुस गर्दै ४ः१ अर्थात चार बराबर एक हकप्रद शेयर जारी गर्ने भएको छ । फाईनान्सको शुक्रबार भैरहवामा बसेको दोश्रो साधारण सभाले उक्त निर्णयलाई पारित गरेसँगै ४ः१ हकप्रद शेयर जारी गर्ने भएको हो ।

    संस्थाका अध्यक्ष भरत कुमार शाहको अध्यक्षता तथा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकको सञ्चालनमा सम्पन्न सभाले अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धित विशेष प्रस्ताव, वित्तीय संस्थाको केन्द्रीय कार्यालय पडषरी–१, रुपन्देहीबाट सिद्धार्थनगर भैरहवामा स्थानान्तरण, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधनका साथै नियमावली संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समीतिलाई अख्तियारी दिने लगायतका केही संस्थाका महत्वपूर्ण योजनाहरुलाई पारित गरेको छ ।

    स्थापना कालको छोटो समयमै उल्लेखनीय प्रगति गर्दै गएको संस्थाले निकट भविष्यमै ३० प्रतिशत सर्वसाधारण शेयर जारी गरी संस्थाका हरेक एक्टीभिटिजहरुलाई बृद्धि गर्ने योजना बनाएको छ । संस्थाले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७१÷७२को तुलनामा चालु आर्थिक २०७२÷७३को ५ महिनाको सोही समयमा ७ बटा शाखा संख्याबाट बृद्धि गरी १७ वटा शाखा सञ्जालबाट कार्य सञ्चालन, ७०४७ सेवाग्राही सदस्य संख्याबाट बृद्धि भई ११८८७ जना, ४७३६ जना ऋणीहरुको संख्यामा बृद्धि भएर ७५२० पु¥याएको छ भने, ३४ करोड ९४ लाख कर्जा प्रवाहमा बृद्धि भई ४२ करोड ९४ लाख पुग्नुका साथै निक्षेपमा ६ करोड ८० लाखबाट बृद्धि भएर ८ करोड १४ लाख पुगेकासंस्थाको गत आवको सोही अवधीमा १ लाख २१ हजार कूल सञ्चालन नोक्सान रहेकोमा चालु आवको ५ महिनामा १ करोड ३९ लाख सञ्चालन मुनाफा आर्जन गर्न संस्था सफल भएको छ ।

    आगामी ५ वर्ष भित्र राष्ट्रिय स्तरको माईक्रो फाईनान्समा परिणत भई देशकै नमूना माईक्रो फाईनान्स बन्ने सोच बनाएको उन्नती माईक्रो फाईनान्स १० जिल्ला कार्यक्षेत्रको अनुमती पाएको फाईनान्स हो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad