SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२२ गते
    १४४ पटक
    Loading...
    Ad

     सुजाता भित्रीकोटी मेरो ससुरा एमाले नेता कृपाशुर शेर्पा भोजपरको भए पनि ताप्लेजुङको फुङलिङमा खरिदारको जागिर गर्नुहुन्थ्यो रे । उहाँकी श्रीमतीको मृत्यु भएको रहेछ । साहरा चाहिएकोले त्यहीं मेरो सासु आमासँग प्रेम भएछ । उहाँहरुको सन्तानका रुपमा मेरो श्रीमान गणेशको जन्म २०३७ मंसिर १ मै मामाघरमै भएको रहेछ । फुङलिङ–४ हो मेरो श्रीमानको मामाघर । पहिला विवाह गर्छु भन्नुभएछ, जब मेरो श्रीमान पेटमा आएको थाहा भयो त्यसपछि ससुरा त्यहाँबाट काठमाण्डु आउनुभयो रे ।

    त्यो भन्दा पहिला मेरो श्रीमानको मामाघरमा आउने/जाने, सासुले नै सिलाइदिएको दौरा सुरुवाल लगाउने गर्नुहुन्थ्यो रे । मेरो सासुलाई गाउँमा सबैले धनमाया भनेर चिन्छन् । तर, उहाँको नागरिकतामा चाहिं विष्णुमाया दर्नाल छ । ससुरा भागेपछि उहाँले मेरो श्रीमानलाई माइतमै हुर्काउनुभयो । मेरो श्रीमान १० वर्षको भएपछि गाउँलेहरुले ‘तिम्रो बा’ को हो थाहा छ ? भनेर सोध्न थालेछन् । उहाँले म मेरो बुबालाई भेट्छु भनेपछि आमा कान्छो मामालाई लिएर काठमाण्डु आउनुभयोे रे । ससुरा टेकुमा जागिर गरेर बस्नुभएको रहेछ । एकजना मामाको छोरीले टेकु भन्सार कार्यालयमा देख्नुभएको रहेछ । सासु मेरो श्रीमान र मामा त्यहीं जानुभयो रे । मेरो छोरा नै होइन भनेर जबर्जस्ती त्यहाँबाट पठाउनुभएछ ।

    मन्त्री पद जाने डरले नागरिकता
    मेरो विवाह भएपछि हामीले उहाँको अधिकारका लागि मिडियामा जानुपर्छ भनेर यो कुरा मिडियामा ल्याएको हो । मन्त्री भएका बेला मिडियामा आएपछि उहाँले कि छोरा कि मन्त्रीमध्ये एउटा रोज्नुपर्ने बाध्यात्मक अवस्था भयो । उहाँले मन्त्री रोज्नुभयो र छोरालाई नागरिकता बनाइदिनुभएको छ । हामीले नागरिकतासँगै अंश पनि मागेका थियौं । उहाँदे नागरिकता पाइहाल्यौ, नागरिकता भएपछि अंश पाउने त छोराको हक नै हो । मैले नदिए पनि कानुनले तिमीलाई अंश दिन्छ भन्नुभयो । हामीले उहाँको कुरा पत्यायौं । उहाँविरुद्ध नाता प्रमाणित गरी पाउँ भन्ने मुद्धा अदालतमा थियो । चुनावका बेला उहाँले मुद्धाको फैसला नहुँदासम्म मैले चुनाव लड्न पाउँदिन, फिर्ता गरिदेऊ, म तिमीहरुले पाउने सबै अधिकार दिन्छु भन्नुभयो । हामीले मुद्धा पनि फिर्ता गरिदियौं । म साँसद जितेर आएपछि काठमाण्डुमा घर बनाएर राखिदिन्छु, अंश दिन्छु भन्नुभएको थियो । हामीले मुद्धा फिर्ता ग¥यौं, तर उहाँले अहिलेसम्म अंश दिनुभएन ।

    नांगै खुट्टा आएर धकेलेपछि…
    म पछिल्लो चोटि उहाँको चावहिल मैजुवहालको घरमा जाँदा दुव्र्यवहार गर्नुभयो । घरमा काम गर्ने बहिनीले ढोका खोलिन् । ससुराले मलाई भित्रैबाट देख्नुभएको रहेछ । हतारहतार खाली खुट्टामै बाहिर आउनुभयो र किन आएको यहाँबाट गइहाल भनेर धकेल्नुभयो । मैले त्यसै आएको होइन । तपाईंले अंश पनि दिनुभएन । घरभाडा तिर्ने पैसा छैन, घरभेटीले निस्कार जा भनेको छ । ६ वर्ष र दुई वर्षमा बच्चाहरु छन् । तपाईंको छोराको पढाई छैन । कतै जागिर माग्न गयो भने मन्त्रीका छोराले सानोतिनो जागिर गर्ने हो भनेर उल्टै हामीलाई हपारेर पठाउँछन् । हामी कसरी बाँच्ने त ? भनें । उहाँले मलाई मतलब छैन भन्नुभयो । फोनबाट कुरै गर्न नचाहेपछि घर गएको हुँ । तर, मलाई मार्ने धम्की आयो भनेर प्रहरीमा उजुरी दिनुभएको छ ।

    सासु बित्दा आउनुभएन
    सासु गत वर्षको चैत २० गते बित्नुभयो । ससुराले दिएको तवानका कारण उहाँ अत्याधिक रक्सी पिउनुहुन्थ्यो । हामीले राम्रो उपचार पनि गर्न सकेनौं । सासुको मृत्युको कारण ससुरा नै हो । हामीले सासु बितेको खरब दियौं । तर, ससुरा र उहाँका आफन्त कोही आएनन् । शेर्पा संस्कृतिअनुसार दाहासंस्कार गर्ने कि भनेर अस्पतालमा तीन घण्टासम्म शव राखेर कुरेका थियौं । उहाँ नआएपनि हिन्दू परम्पराअनुसारै अन्त्येष्टि र काजकिरिया गरियो ।

    अपहरण शैलीमा पक्राउ
    एक दिन श्रीमान, म र छोराछोरी चारैजना ससुरालाई भेट्न जाँदै थियौं । उहाँसँग फोनमा समय लिएर गएका थियौं । घरजनिकै पुगेपछि छोराको मोबाइलमा फोन गर्नुभयो । त्यतिबेला १० बजेको थियो होला । ११ बजे चावहिलको हेल्पिङ ह्याण्ड अस्पताल वरिपरि भेट्न समय दिनुभयो । फेरि लगत्तै फोन गर्नुभयो र हामीलाई फर्कन भन्नुभयो । त्यतिबेला उहाँले फकाउनुभयो । छोरा सम्बोधन गर्नुभयो । म छोराछोरी लिएर फर्किएँ । श्रीमानका साथी विमर्श राईसँगै हुनुहुन्थ्यो । ससुरा आउनुभएछ । एकदिन कुरा गरेजस्तो गरेर पर लग्नुभएछ । प्रहरी मेरो श्रीमानलाई पक्रन तयार थिए । प्रहरीको नजिकै पुगेपछि ससुराले ‘यही हो मलाई मार्छु भन्ने’, यसलाई समात्नुस् भन्नुभयो रे । कान्छी आमाले पनि हामीलाई सधैं टर्चर दिने केटा यही हो, यसलाई थुन्नुस् भन्नुभएछ । उहाँलाई अपहरणको शैलीमा पक्राउ गरियो । पक्राउ पुर्जी समेत दिइएन । अहिले मेरो श्रीमानलाई सार्वजनिक मुद्धा लगाएर गौशाला प्रहरीको हिरासतमा राखिएको छ ।

    उजुरीमा छोरा भन्ने छैन
    उहाँले पक्राउनुअघि प्रहरीमा लिखित निवेदन दिनुभएको रहेछ । निवेदनमा ‘पटकपटक ज्यान मार्ने धम्की दिएकाले जिउधनको सुरक्षा पाऊँ’ भन्नुभएको प्रहरीले हामीलाई बताए । तर, हामीले होइन, उहाँले नै मार्ने धम्की धेरैपटक दिइसक्नुभएको छ । म त देशको ठूलो मान्छे, मन्त्री भइसकेको, अहिले पनि साँसद छु । मैले मारें भने पनि कारबाही हुँदैन । गोलीले उडाइदिन पनि सक्छु भन्नुहुन्छ । उजुरीमा कतै पनि उहाँले छोरा शब्द उल्लेख गर्नुभएको छैन । ‘गणेश शेर्पा भन्ने अन्दाजी ३७ वर्षको’ भन्नुभएको छ । छोरा भन्ने आँट किन नआएको उहाँलाई ? आखिर उहाँले बिहे गर्छु भनेर मेरो सासुलाई फसाउनु भएको हो । बच्चा पेटमा आएपछि भागेर हिंड्ने उहाँ नै हो । अत्याचारको पनि हद हुन्छ नि । अहिले छोरा भन्न लाज लाग्नेले त्यतिबेला किन होस गुमाएको हो, सोच्नुपर्दैन ? अनि किन गणेश नाम गरेको अपरिचतलाई छोरा भनेर नागरिकता बनाइदिनुभएको छ ? उहाँको हामी त कोही नहोउँला, तर मेरो श्रीमान त उहाँको रगत होइन र ? आफ्नो रगतको माया नलाग्ने कस्तो मान्छे होला ? कुरै बुझ्न गाह्रो । यहाँ ठूलाले जे गरे पनि हुँदो रहेछ । अरु बेला पनि मान्छे नहुँदा छोरा नै भन्नुहुन्छ । मान्छे भएका बेला कहिले भाई, कहिले हजुर तपाईं, कहिले तिमी भन्नुहुन्छ ।

    प्रहरीसँग छैन जवाफ
    मेरो श्रीमानलाई अनाहकमा पक्राउ गरेर थुन्नुपरेको कारणबारे मैले बारम्बार प्रहरीलाई सोधेको छ । जवाफ एउटै आउँछ, ‘माथिको आदेश छ ।’ माथिबाट आदेश दिने को हो ? जो मानिस धर्तीमा नआउँदैदेखि जसबाट अन्यायको शिकार भएको छ । जसले ३५ वर्षसम्म समाजलाई आफ्नो बाबु चिनाउन लाग्यो । त्यस्तो मानिसलाई माथिको आदेशले थुन्नु किन परेको ? माथिबाट आदेश किन दिनुपरेको ? अन्याय गर्ने पनि उही माथि बसेर थुन्न आदेश दिने पनि उही, न्याय दिने न्यायाधीश उही ? अनि हामीजस्ता निमुखाले न्याय कहिले पाउने ?

    केपीको प्रश्न– ए त्यो सँग बन्दुक रेहछ ?
    हामीमाथि परेको अन्यायका बारेमा एमाले पार्टी जानकारी छ । नेताहरु सबैले हामीलाई मर्का परेको बुझ्नु भएको छ । तर, न्याय पाइएन । मेरो श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न खोजें । उहाँको सचिवालयमा फोन गरें । ‘समय नभएको’ जवाफ पाएँ । यो भन्दा पहिला चाहिं हामीले उहाँको घर बालकोटमै गएर भेटेका थियौं । त्यतिबेला राम्रै कुरा भएको थियो । हाम्रो कुरालाई उहाँले गम्भीर रुपमै सुनेको जस्तो लागेको थियो । त्यतिबेला हामीलाई बुबा (कृपाशुर) ले गोलीले उडाइदिन्छु भन्नुहुन्छ भनेका थियौं । जवाफमा उहाँले ए, त्यो कृपाशुरसँग बन्दुक छ रे ?, कहाँबाट ल्याएको रे ? अहिलेसम्म कति जना मारेछ ? भनेर प्रश्न गनुएभएको थियो । ओलीले पार्टी कार्यालयमा बोलाएर छोरालाई हकअनुसारको अंश दिने दिर्नेशन दिन्छु पनि भन्नुभएको हो । उहाँले बोलाएर त्यस्तो निर्देशन दिनुभएको कि भएन, हामीलाई थाहा छैन । तर, किन हो यो पटक भेट्न मान्नुभएन । काठमाण्डौं डुडेबाट साभार

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad