SuchanaKendra

प्रकाशित : २०७३/९/२२ गते
Ad

जोमसोम । केहि त केहि समय अगाडी प्रधानमन्त्री रहेका केपी ओलीले नेपालमा हावाबाट बिजुली निकाल्ने बताउँदा त्यो कुरालाई हावामा नै उडाइएको थियो ।

उनले कुनै तयारी बिना नै बताएका कारण त्यो हावामा उडाइएको थियो तर अहिले स्पेनी लगानीकर्ताले जोमसोममा हावाबाट बिजृुली निकाल्न प्रयास थालेसँगै कागबेनीमा पनि यस्तै योजना आउने भएको छ ।

एभरेस्ट बिन इनर्जी, दक्षिण अफ्रिकाको एभरेडी क्यास्ट्रोल र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको लगानीमा नयाँ योजना ल्याउन लागिएको हो ।

कागबेनीमा २०४१ सालमै सरकारले हावाबाट बिजुली निकालेर प्रयोग गरिसकेको छ । जोमसोमको काम अन्तिम चरणमा पुगेको छ । स्पेनबाट अत्याधुनिक मेसिन ल्याएर जडान भइरहेको छ ।

कागबेनीमा उत्पादन गरिने बिजुली पहिलो चरणमा एक मेगावाटको हुनेछ । यसमा मुख्य लगानी दक्षिण अफ्रिकाको एभरेडी क्यास्ट्रोलले गर्ने केन्द्रले जनाएको छ ।

९९ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad