SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२१ गते
    १०७ पटक
    Loading...
    Ad

                        गणेश गिरी, पर्वत । जिल्लाको सुदुर दक्षिणको त्रिवेणी गाविसमा कृषि उपज संकलन केन्द्रको निर्माण कार्य शुरु गरिएको छ । लघु् घरेलु तथा कृषि जन्य बस्तुहरुको संकलन गरी बिक्री कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो ।

    त्रिवेणी गाविस २ मा निर्माण गर्न लागिएको उक्त संकलन केन्द्रका लागि त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाले जग्गा प्रदान गरेको छ । कृषकहरुले उत्पादन गरेका तरकारीहरुको संकलनका लागि संकलन केन्द्रले महत्पूर्ण भूमिका खेल्ने संकलन केन्द्र निर्माणमा सहयोग गरेको लघु उद्यम विकास कार्यक्रमकी करुणा पुलामी पुने बताईन ।

    संकलन केन्द्रमा लघु उद्यमीले उत्पादन गरेका उत्पादनहरुलाई समेत संकलन गरिनेछ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको उक्त गाविसमा उद्यमी तथा कृषकहरुले उत्पादन गरेको सामाग्रीले बजार नपाएको गुनासो गरीरहेको बेला उक्त संकलन केन्द्रको निर्माण गर्न लागिएको हो ।

    संकलन केन्द्र निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय पर्वतले ६ लाख रुपैंया प्रदान गरेको छ । यसैगरी उक्त संकलन केन्द्र निर्माणका लागि लघु उद्यम विकास कार्यक्रमले ३ लाख ५० हजार र गाउँ विकास समिति त्रिवेणीले ५० हजार रुपैंया सहयोग गरेका छन ।

    कुल १६ लाखमा निर्माण सम्पन्न हुने गरी निर्माण शुरु गरिएको संकलन केन्द्रमा ३ वटा कोठा निर्माण गरिने भएको छ । सहकारी संस्थाले एउटा कोठा प्रयोग गर्ने गरी बाँकी दुई वटा कोठामा कृषि जन्य वस्तुहरुको संकलन गरिने छ ।

    ब्यापारीक केन्द्र टाढा भएकाले त्रिवेणी गाविसका कृषकहरुले उत्पादन गरेका सामाग्रीहरुको बिक्री वितरणमा समस्या पर्दै आएका कारण पनि उक्त संकलन केन्द्र निर्माणको कार्य अगाडि बढाइएको सहकारी संस्थाका अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए ।

    उनका अनुसार संकलन केन्द्रका लागि बजेटको भने अझै अपुग भएको छ । कुल १६ लाख लागत लाग्ने उक्त भवनका लागि हालसम्म १० लाख मात्र सहयोग भएको छ । बाँकी रकम स्थानीयको प्रयासमा संकलन गरिनेगरी आफूहरुले योजना गरेको अध्यक्ष गुरुङ बताउँछन ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad