Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, राजनीतियी काँग्रेस नेता जसले विवाह भएकाे एक हप्तामै बुहारीलाई बलात्कार गरेको खुलासा

यी काँग्रेस नेता जसले विवाह भएकाे एक हप्तामै बुहारीलाई बलात्कार गरेको खुलासा

January 5, 2017४०० पटक

कञ्चनपुर । नेपाली काँग्रेसका एक नेताले अाफ्नै बुहारीलाई बलात्कार गरेकाे घटना सार्वजनिक भएकाे छ । नेपाली काँग्रेस क्षेन नम्बर १ का क्षेत्रिय सचिव भानुभक्त भट्टमाथि याे गम्भीर अाराेप लागेकाे छ ।

पीडित महिलाले बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर भट्टले विगत तीन वर्षदेखि याैन शाेषण गर्दै अाएकाे बताएकी छन् । महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका उपाध्यक्ष समेत रहेका विवाह भएकाे एक हप्ताभित्रै अाफ्नाे काेठमा प्रवेश गरेकाे उनले बताएकी छन् ।

पत्रकार सम्मेलनमा अाफूले याैन सम्पर्क अस्वीकार गरेपछि भट्टकी घाँटीमा छुरा राख्ने गरेकाे २० वर्षीय बुहारीले बताइन । विवाहकाे केही दिनमै श्रीमान पढाइकाे क्रममा जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको उनले बताइन् । भट्टका छाेरा र पीडित महिलाबीच २०७१ असार ६ गते बिबाह भएकाे थियाे ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad