Suchana Kendra

Ad

गृहपृष्ठ » विचार-ब्लगधार्मिक आक्रमण विरुद्ध लड्न सक्ने स–सक्त धार्मिक खेलाडी बन्न चाहन्छु…

धार्मिक आक्रमण विरुद्ध लड्न सक्ने स–सक्त धार्मिक खेलाडी बन्न चाहन्छु…

January 5, 2017१२० पटक
                          नारायण विश्वकर्मा । विश्व छपक्कै वैज्ञानिकताले ढाक्यो र मानिस संसारमा सर्व श्रेष्ठ प्राणी सावित भएको छ । 
आज संसार जुन अवस्थामा छ मानिसलाइ अनुसासनमा वाँध्ने कडि अनि मानिसलाइ नियममा वाँध्ने कडि धर्म द्धारा निर्देशित नियमको कारण यो सम्वभ भएको हो ।
मानव सभ्यताको विकास संगसंगै मानिसमा धार्मिक चेतनाको वृद्धि भयो संसारमा भएका हरेक मानिस जातिहरुको कानुन धर्म बन्न पुग्यो र त्यो धार्मिक नियमले मानिस जातीको समृद्धिका लागि विकासका लागि अहम भुमिका खेल्यो । विकसित रुप लिदै अगाडि वढेको मानविय सभ्यतामा धर्मले मानिसलाइ गलत कार्यहरु गर्न प्रतिवन्ध लगायो र अशल र राम्रा कार्यहरु गर्न प्रेरित ग¥योे । मानिसहरु दुइ समुहमा विभाजन भए सत्य र धर्मको बाटो अपनाउने एक थरि र असत्य र अर्धमको वाटो अपनाउने अर्का थरी ।
सत्य र धर्मको वाटो अपनाउने मानिसहरु विकसित बन्दै गए । उनीहरुले एक पछि अर्को परिर्वतन गर्दै गए । मानविय जीवनयापनको सरल उपाय समुहमा मिलेर खोज्दै गए अनि उनीहरुको त्यो अन्वेसणवाट एक पछि अर्काे सफलता मिल्दै पनि गयो । हो आज संसार जुन स्थितीमा छ त्यसैको उपज हो । संसारमा रहेका हरेका वर्ग, समुदाय र परिस्थितीका मानिसहरु कुनैन कुनै कोणबाट धर्म संग सम्वन्धीत छन । हामी, हाम्रो समुदाय, हाम्रो राष्ट्र समृद्ध बनाउन धर्मको निती अति आवस्यक छ ।
आज हामीले देख्न सक्छौ मानिस बाहेका अन्य प्राणीमा कस्तो स्थिती छ । मानिसवाहेकका अन्य प्राणीले न दाइ भन्न सकेका छन नभाइ भन्न सकेका छन न आफ्नो जातिको सुरक्षा नै गर्न सकेका छन । यदि मानविय सभ्यता संगै मानिसमा धार्मिक चेतनाको वृद्धि हुन नसकेको भए मानिसहरु विच हिँसाले तिव्र रुप लिने थियो । मानिस मानिस विच भएको द्धोन्दले मानविय सभ्यताको विकास हुन सक्ने थिएन । यदि त्यस्तै स्थिती रहने थियो भने यहाँ दिननानु दिन हजारौँ चेलिहरु आाफ्नै दाइ र वुवाबाट वलत्कृत हुने थिए । हजारौ आमाहरुको विना चिनजाननका मानिसहरुले अस्मीता लुट्ने थिए, दाइ भाइवाट मारिने थिया,े छिमेकी छिमेकीबाट मारिने थियो संसारका मानिस जाती यस्तै दलदलमा फस्ने थिए र आजको मानिसहरुको विकसित रुप कल्पना सम्म गर्न सकिदैनथ्यो ।
संसारमा धर्मको अनेक रुप छन धर्म मान्ने वाटा र पाटाहरु प्नि अनेक छन तर पनि आदिम युग देखी, मानविय सभ्यताको विकास संगै मानिस जातीले अपनाएको धर्म हो सनातन हिन्दुधर्म । आज विश्व हिन्दुहरुको साम्रज्य बन्नु पर्ने हो तर हिन्दुधमर्ममा भएका केहि दलालहरुका कारण त्यसो हुन सकेन । मानिसहरुले आफुहरु केहि हिन्दु धर्म मान्नेहरुको गलत व्यवहारका कारण धर्मका अन्यपाटाहरु रोज्न थाले र पछि अन्य धर्मको उदय भयो ।
अन्य धर्म अपनाउनेहरुले आफ्नो धर्मलाइ नियम संगत संचालन गरे । आफ्ना विस्वासीहरुलाइ समान ढङ्गले धर्मको ज्ञान दिए तर सनातन हिन्दुधर्ममा त्यसो हुन सकेन धार्मिक ज्ञान दिने सन्दर्धमा पनि ति दलाल लठ्ठरहरुले व्यक्ति विच्छे विभेद पुर्ण तरिकाले ज्ञान दिइयो त्यसैले पनि सनातन हिन्दु धर्म आज विश्वमा संकटमा पर्दैछ ।
एका तिर हिन्दुधर्मको विकल्पमा अर्को धर्म खडा गरेका समुहरुले आफ्नो धर्म विस्तार अभियानलाइ तिव्रता दिदै लगे, संसारमा धर्म किनवेचको लहर चल्न थाल्यो त्यही क्रममा
हिन्दुधर्ममा आफ्ना विस्वासीहरुलाइ विभेद गरिएकै कारण केहि मानिसमा हिन्दुधर्मको ज्ञान सुन्य हुन थाल्यो र ति धार्मिक ज्ञानले सुन्य भएका हिन्दुहरुलाइ धार्मिक व्यपारीहरुले केहि लालच देखाएर आफ्नो धर्ममा समावेस गर्दै गए ।
यहाँ सानो उदारण प्रस्तुत गरौँ मानिसमा धार्मिक चेतना दिनेक्रममा इसाइहरुले आफ्ना सवै विस्वासीहरुलाइ समान रुपले वाइवल हस्तान्त्रण गरे र गर्दछन पनि त्यहाँ सवै जातका मानिसहरुको लागि वाइवल स–सुल्क वितरण गरिएको हुन्छ । तर हिन्दुधर्म मान्ने विस्वासीहरुलाइ छुत वा अछुतको नाममा गीता हस्तान्त्ररण त के छुन सम्म दिइएन र अधिकांस कतिपय ढाँउहरुमा अझै पनि गीता ति अछुत भनिएका समुदायलाइ छुन र अध्यन गर्न प्रतिवन्ध लगाइएको छ ।
जव सम्म धर्मको मानिसलाइ ज्ञान हुँदैन तव सम्म त्यो धर्म समृद्ध बन्न सक्दैन अनि त्यो धम रहेको क्षेत्र समृद्ध बन्न सक्दैन, त्यो धर्म विस्तार हुन सक्दैन वरु खोसीने सम्भावना धेरै हुन्छ । यहाँ हिन्दु धर्म पवित्र पनि छ सहि पनि छ र संसारमै सर्व श्रेष्ठ पनि छ तर आफुलाइ हिन्दु धर्मको ठेकेदार ठान्ने केहि लठ्ठ्राहरु अपवित्र छन, तिनीहरुको नियत अपवित्र छ, गलत छ र त हिन्दु धर्म दिन प्रतिदिन विक्रि भएरहेको छ, खोसीदै गैरहेको छ । यहि नेपाललाइ हिन्दुहरुले भरिएको राष्ट्र बनाउने हाम्रो चाहाना हो  भने हिन्दुधर्म विक्रि गर्दै हिड्ने त्यस्ता लठ्ठर ठकेदारहरुलाइ गाँउगाँउबाट खेदौँ, उनीहरुलाइ सामाजिक रुपमै वहिस्कार गरौँ अनि हाम्रो धर्म खोसिनबाट, विक्रि हुनवाट जोगाऔँ ।
अव प्रत्येक हिन्दुधर्मका विस्वासीहरुको हातहातमा कुनै पनि जात र समुदाय नभनी गीता हुनु आवस्यक छ, हिन्दुधर्म संग सम्वन्धीत धार्मिक ग्रन्थहरु हुन आवस्यक छ ।
सवैलाइ गीताको समान रुपमा अध्यान गराउनु आवस्यक छ, सवैलाइ हिन्दु धर्ममा भएको ज्ञान दिनु, वाँड्नु आवस्यक छ । यदि त्यसो गर्न सकिँदैन भने आफ्ना सवै विस्वासीहरुलाइ समान रुपले वाइवल हस्तान्त्रण गरेको इसाइ धर्मको साम्राज्य अवको ५ं० वर्ष पछि नेपालमा विस्तार हुने छ । नेपाल हिन्दु राष्ट्र होइन इसाइ राष्ट्र हुनेछ, हिन्दु भन्ने धर्म खोज्न नेपालमा भौतारीनुपर्ने स्थिती आउनेछ । तसर्थ हिन्दुधर्म मान्नेहरुमा भएका गलत परम्पराहरु, समाजमा हुने गरेको जातिय विभेद तथा छुवाछुत निर्मुल पार्न आजै देखी मन वचन र कर्मले लागि परौँ अनि तपाइ हाम्रो नेपाललाइ हिन्दुधर्मको वाहुल्यता भएको राष्ट्र बनाउने सपना साहाकार परौँ ।
म हिन्दु धर्मको सच्चा पुजारी हुँ । विधिवध रुपमा मेरो धर्मलाइ पुज्न त यो समाजले मलाइ सिकाएन  । तर  विधिवध रुपमा मेरो धर्मलाइ पुज्न नजाने पनि मेरो मनले मेरो धर्मलाइ सधै पुजेको हुन्छु । हिन्दुधर्मको सम्वृदी हुनु पर्छ व्यापक प्रचार हुनु पर्छ र संरक्षण हुनु पर्छ भन्ने मेरो भनाइ हो । मलाइ पनि मेरो सनातन हिन्दुधर्मको ज्ञान दिइयोस र मेरो सनातन हिन्दुधर्म आक्रमण गर्न खोज्ने वैरीहरु विरुद्ध लड्न सक्ने स–सक्त धार्मिक लेखालडी बनाइयोस भन्ने मेरो भनाइ हो ।
विगत केहि वर्ष अगाडिवाट मेरो अभियान हिन्दु धर्म आक्रमण हुनबाट जोगाउनु रहेको छ । म एक ठुलो घना दलित वस्ती भएको गाँउमा जन्मेको मान्छे दलित समुदायमा हुने घटना परिघटनाका विषयमा चासो लिने र राख्ने मेरो स्वभाव नै भयो । कुनै दिन मेरो देश नेपाल हिन्दुहरुले भरिएको राज्य भनेर चिनिने गथ्र्यो । नेपालमा लगभग ९०–९५ प्रतिशत ओमकार परिवारको वासोवास थियो । वर्तमान समयमा हिन्दुधर्म प्रति धार्मिक प्रहार भएको छ धार्मिक आक्रमण भएको छ । हिजोको ९– ९५ प्रतिशत ओमकार परिवार घटेर ७०–७५ प्रतिशतमा गएको छ । हिन्दु धर्मका ठेकेदारहरु मेरो धर्ममा यस्तो प्रहार भैरहदा पनि निकम्मा बनेर हेरेर वसेका छन । अव पनि केहि कदम नचालिए अवस्य मेरो धर्म विलय हुनेछ ।
यहाँ धर्मको नाममा धर्म किन्ने व्यापारीहरुको विगविगी चलेको छ । ति धर्म किन्ने व्यापारीहरुले कमजोर र नाजुक आर्थिक स्थीती परिवारबाट धर्म किन्ने काम सुरु गरेका छन । नेपालमा दलित समुदाय वर्षौ देखी व्राह्मण र कथित उच्च जात र वर्ग समाजबाट सोसित छ । व्राह्मण समुदाय र कथित उच्च जातीले दलित समुदायलाइ सौतेनी व्यवहार गरेको छ । यहाँ दलित समुदायमाथी जातीय विभेद गरिएको छ । दलित समुदायलाइ अछुत भन्दै पसुवत व्यावहार गरिएको छ ।
के मेरो हिन्दु धर्मले यहि निदेर्शन गरेको छ ? हो यस्तो अवस्थामा हिन्दुधर्म खोस्न तम्सने अपहरणकारीहरुले धर्म परिवर्तनको मुख्य केन्द्र दलित समुदायलाई बनाइएका छन । दलित समुदाय सकिय पछि व्राह्मण वर्गमा रहेका निम्न वर्ग, गरिव वर्ग र तल्ला वर्गहरु सखाप पार्ने उनीहरुको योजना छ । नेपालमा धर्म परिर्वतन गर्नेहरुको तथ्याङक हेर्ने हो भने दलित समुदाय सवै भन्दा धेरै धर्म परिवर्तन गर्नेको संख्यामा पर्दछन । दलित समुदायलाइ हिन्दु धर्मले विभेद गरेको प्रचार गरेर आफ्नो धर्ममा सवैलाइ समान व्यवहार गरिने लालच देखाएर दलित समुदायका सोझा र गरिव व्यक्तिहरुलाइ आफ्नो पक्षमा तानिरहेका छन ।
तसर्थ हामीले सवै भन्दा पहिले हाम्रो धर्म संरक्षणको लागि जातीय विभेद तथा छुवाछुत हामी सवै हिन्दुधर्मालम्वीहरु मिलेर समाप्त पार्नुपर्दछ हैन भने मैले अगि नै भनि सकेँ हाम्रो धर्म खोसिनेवाला छ त्यसैले हाम्रो धर्म मान्ने केहि मान्छेहरुका भएको गलत सोँच, उनीहरुबाट त्यही धर्म मान्ने अर्काथरी मान्छेहरुमा हुने विभेद उखेलेर हामी जुट्न आवस्यक छ यदि यसो गर्न सकिएन भने हिन्दु धर्म अर्कैले हरण गर्नेवाला छ । हाम्रो सनातन हिन्दु धर्म नेपालबाट मात्र हैन संसारबाट नै लोप हुने छ । तसर्थ मैले फेरी पनि भन्छु हामीले सवै भन्दा पहिले हाम्रो धर्म संरक्षणको लागि जातीय विभेद तथा छुवाछुत सवै मिलेर समाप्त पारौँ ।
Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad