SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२१ गते
    ७३ पटक
    Loading...
    Ad

                     पृथीछक बुढा मगर। यो दुनिया नियमै नियमले वनेको छ । प्रकृति र समाजलाई बुझ्ने सन्दर्भमा पनि नियम छ । त्यही नियमलाई बुझ्न र बुझाउन दार्शनिकहरुले आफ्नै खालको धारणा राखे ।

    यहि फरक धारणाले समाजलाई मुख्य त दुई किसिमका दार्शनिक धाराहरु बिभाजन गरे, अध्यात्मवाद र भौतिकवाद ।
    दर्शन मरिसकेको छ । दर्शनले आधुनिक विज्ञानका आधुनिक बिकासहरुसँग कदम मिलाएको छैन, विषेश गरी भौतिक विज्ञानका बिकाससँगझ स्टेफेन हकिन्सले भनेका थिए ।
    नेता माओले ञमाक्र्सवादको जन्म पछि एकदिन त्यसको पनि मृत्यु हुन्छझ भनेका थिए । आज बहस शुरु भईसकेको छ कि के दर्शनको मृत्यु भईसकेको हो ?
    अध्यात्मवाद दर्शनको त यान्त्रिक युगको शुरुवाती दिनैहरुमै मृत्यु भएको थियो । आज भौतिकवादको अस्तित्व माथि पनि जरुर प्रश्न उठिरहेको छ कि के भौतिकवादी दर्शनको पनि मृत्यु भईसकेको हो ?
    अध्यात्मवादले आत्मलाई प्रधान मान्छ भने भौतिकवादले बस्तुको भौतिक अस्तित्वलाई प्रधान मान्दछ । विशेषत युरोपमा पुजिवादको बिकाश र पुजिवादको बिकाशले भौतिक९यान्त्रिक शक्तिमा गरेको बिकाशले भौतिकवादको बिजय र अध्यात्मवादको पराजयको दिन शुरु भयो ।
    कतिपयले आजभोलि विश्लेषण गर्न थालेको देखिन्छ कि, भौतिकवाद पनि मृत्यु शैयामा छ । यो पनि भनिसके कि, भौतिकवादको मृत्यु भएपछी माक्सवादको पनि स्वत मृत्यु हुन्छ ।
    भौतिकवादी बिचारधारा यदि मर्छ भने माक्र्सवाद पनि मर्छ भन्ने धारणा त्यतिखेर मात्रै उत्पन्न हुन सक्छ कि जतिखेर भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादलाई एउटै कित्तामा राखिन्छ । खासमा के हो भने माक्सवाद भौतिकवादको पक्षपोषक होइन, यो त राजनितिक अर्थशास्त्र, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको सार रुप हो ।
    कुरा यसरी प्रष्ट पार्न सकिन्छ, भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादमा फरक छ । यी दुई एक होइनन् । त्यसैले भौतिकवादको मृत्युसङ्गै माक्सवाद पनि सति जान्छ भन्ने कुरा सरासर गलत हो । 
    माओले माक्र्सवादको मृत्यु हुने कुराको घोषणा गरे । जरुर कुरा हो, माक्र्सवादको पनि मृत्यु हुन्छ । जवसम्म समाजमा बर्गको अस्तित्व रहन्छ, जवसम्म समाजमा बिधमान सामाजिक अन्तरविरोध रहन्छ तवसम्म माक्सवाद जिवित रहिरहन्छ किनभने माक्सवाद भनेको शोषित वर्गले आफुलाई मुक्त गराउने एक मात्र अस्त्र हो । तर जब समाजमा बर्गको उन्मुलन भईसक्छ, जब समाजका समस्त मान्छेहरु मुक्त हुन्छन् तब माक्सवादको पनि मृत्यु हुनेछ ।
    आजभोली स्मार्ट फोन र हामीले चलाउने कम्प्युटरहरुमा सफ्टवेयरले काम सजिलै गर्न सक्छ । अप्लिकेशनहरु डावनलोड गरेर हामीले चाहेको जुनसुकै काम पनि यसवाट गर्न सक्छौं ।
    सफ्टवेरको कुनै रङ्ग हुँदैन, कुनै गन्ध हुँदैन, कुनै तौल हुँदैन । यसको कुनै ठोस रुप हुँदैन । त्यसैले भनिन्छ, ञसफ्टवेरको जन्म पछि दर्शनको मृत्यु भयो । भौतिकवादको पनि मृत्यु भयो । माक्सवादको पनि मृत्यु भयो ।झ तर खासमा यहि नै द्वन्द्वात्मक भौतिकवादको उदाहरण हो ।
    मान्छेहरुलाई लाग्न सक्छ कि, तौल नभएको, रङ्ग नभएको, गन्ध नभएको, स्पर्षले अनुभिती गर्न नसकिने यो सफ्टवेयर भौतिक पदार्थको उपज होइन । अनि यो इस्वरिय देन पनि होइन । त्यसो भए के हो रु क्वान्टम सिद्धान्त अनुसार यसलाई अदृश्य भौतिकवाद भनिन्छ ।
    यहि क्वान्टम सिद्धान्त नै द्वन्द्वात्मक भौतिकवाद हो । क्वान्टम सिद्धान्तले पनि पदार्थलाई नै प्रधान मान्दछ, माक्र्सवादले पनि पदार्थलाई नै प्रधान मान्दछ कमसेकम मानवजातीले हासिल गर्न सक्ने ज्ञानको सवालमा ।
    सफ्टवेयरलाई भौतिक पदार्थ ‘हार्डवेयर’ विना निर्माण गर्न सकिँदैन । कम्प्युटर भौतिक पदार्थ हो । स्मार्ट फोन, ट्याव यी सवै भौतिक बस्तु नै हुन् । के यी बस्तुहरु विना सफ्टवेयरको अस्तित्व सम्भव छ रु छैन ।
    सफ्टवेयर निर्माण गर्नलाई पनि यस्तै भौतिक बस्तु नै चाहिन्छ र यसलाई चलाउनको लागि पनि भौतिक बस्तुकै जरुरत हुन्छ ।
    त्यसैले सफ्टवेरको जन्म पछि माक्सवादको मृत्यु भयो भन्ने तर्क आफैमा बिबादास्पद तर्क हो । आज जति मानिसले ज्ञान हासिल गरेको छ यसको स्रोत नै भौतिकवाद हो । सफ्टवेयर र हार्डवेयरको संयोजनको कल्पना गर्नु नै द्वन्द्वात्मक भौतिकवाद हो ।
    भौतिकवादले बस्तुलाई मात्र प्रधान मान्यो । यस अर्थमा त्यसले मान्छेको शरिरलाई मात्रै प्रधान मान्यो । जब मान्छेको शरिरवाट उसको मुटु र दिमाग ‘बिचार’लाई निकालिदियो भने त्यो फगत भौतिक वस्तुमा मात्रै सिमित हुने छ । त्यस्तै अध्यात्मवादले आत्मलाई प्रधान मान्दछ ।
    यसको अर्थ त्यसले मान्छेको भौतिक शरिरलाई होइन, त्यसको आत्मलाई प्रधान मान्दछ । उसले भन्ने गरेको आत्म भनेको इस्वरिय शक्ति हो । यहाँ पनि प्रश्न उठ्छ कि, के भौतिक शरीर बिना बिचारको अस्तित्व सम्भब छ रु हार्डवेयर विना सफ्टवेयर र सफ्टवेयर विना हार्डवेयरको अस्तित्व सम्भब छ रु माक्र्सवादको सिद्धान्तनुसार यो सम्भब हुँदैन त्यसैले यी दुबै तत्वहरुलाई माक्र्सवादले जोड्ने काम गर्यो ।
    त्यसैलाई द्वन्द्वात्मक भौतिकवाद भनियो । वर्गसंघर्षको क्रममा माक्र्सवादीहरुले भौतिक शक्तिलाई गौण र बिचारलाई उच्च स्तरमा राखे । त्यसैले शासक बर्गहरुको क्रुर दमनमा पनि नगल्ने र बिचारको हठ नत्याग्ने बैचारिक अस्त्र प्रदान गरे । यसले पनि के प्रष्ट पार्दछ भने माक्र्सवादीहरुले भौतिक वस्तुलाई मात्रै होइन, उ भित्रको मुटुलाई पनि प्रधान मान्दछ । त्यही द्वन्द्वात्मक भौतिकवाद हो ।
    भनिन्छ, ञमाक्र्सवादले पदार्थको अन्तिम विन्दु अणुलाई मान्दछ । अणुलाई टुक्राउन सकिँदैन । तर जब अणुलाई पनि टुक्रा गरेर इलेक्ट्रोन, न्युट्रोन र प्रोटनसम्म बिज्ञान पुग्यो तब माक्सवाद मर्यो।झ भनेर घोषणा गरियो । तर खासमा यो हो कि माक्र्सवादले पदार्थको अन्तिम बिन्दु अणुलाई मानेको छैन ।
    यो त भौतिकवादको धारणा मात्रै हो । माक्र्सवादले भौतिकवाद भित्रको भ्रमहरुलाई चिरेर अगाडी बढेको हो । हामिले यो बुझ्नु पर्दछ कि, भौतिकवाद र माक्र्सवादमा फरक छ । तर कतिपयले माक्सवाद र भौतिकवादलाई एउटै सिविरमा राखीदिएका छन् । यो सरासर गलत हो ।
    भौतिकवादले यथास्थितिको पक्षपोषण गर्छ भने माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादले गतिलाई समर्थन गर्छ । प्रकृति गतिशिल छ । ब्रह्माण्ड गतिशिल छ । त्यसैले आजको युगमा पनि माक्र्सवाद अझै जिवित, गतिवान र सान्दर्भिक छ ।
    माक्र्सवादी बिरोधी सिविरका बिचारकहरुको भनाई यस्तो छ कि, ञमार्क्सवादको प्रादुर्भाव भएको झण्डै दुई शताब्दी भयो । यदि माक्र्सवाद सहि दर्शन हुँदो हो त त्यस दर्शनलाई संसारका धेरै देशहरुमा प्रयोग गरियो तर असफल भयो ।झ यसवाट माक्र्सवाद गलत रहेको सावित गर्न खोजियो ।
    तर ती बिचारकहरुले कहिलै यो सोच्न सकेनन् कि माक्र्सवादलाई लागू गर्ने सन्दर्भमा ती देशका माक्र्सवादीहरुले द्वन्द्ववादलाई कसरी प्रयोग गरे रु ऐतिहासिक भौतिकवादलाई कसरी प्रयोग गरे रु अनि रजनितिक अर्थशास्त्रलाई कुन रुपमा प्रयोग गरे रु त्यो प्रयोगको सन्दर्भमा केही कमिकमजोरी भयो कि रु कहिलै समीक्षा गरिएन । पुर्वाग्रह ढङ्गले माक्र्सवादको टोडमोड गरियो ।
    नेपालको सन्दर्भमा पनि माक्र्सवादीहरु जन्मे । माक्र्सवादलाई नेपाली भुमिमा पनि प्रयोग गर्न खोजियो । अझै पनि प्रयोग गर्न खोजिएको छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना देखि आजको ६७ बर्षको इतिहासमा देश भित्र ६० प्रतिशत भन्दा बढी जनता कम्युनिस्ट भए ।
    कम्युनिस्ट पार्टीहरु पटक पटक सरकारमा पनि गए तर देश र जनताको जिवनस्तरमा कुनै परिवर्तन देखा परेन । कारण के हो रु के माक्र्सवाद मरिसकेको हो रु होइन । बरु आफुलाई माक्र्सवादी ठान्नेहरुले कहिलै माक्र्सवादलाई सहि ढंगले लागू गर्न सकेनन् ।
    द्वन्द्ववादलाई सहि रुपमा प्रयोग गर्न सकेनन् । द्वन्द्वात्मक भौतिकवादले बिचारलाई पनि प्रधान मान्दछ तर नेपालका माक्र्सवादीहरुले द्वन्द्वात्मक भौतिकवादको सारलाई आफू अनुकुल व्याख्या गरे । भौतिक सुख सुबिधामा लिप्त भए । बिचार त्यागे । सर्वहारा बर्गको अधिनायकवादलाई भुले । माक्र्सवादको ऐतिहासिक भौतिकवादले यहि कुरा बुझाउँछ ।
    बिधमान समाज भित्रका चार मुख्य अन्तरविरोधहरु, जात, बर्ग, धर्म र लिङ्गिय असमानता । यी चार मुख्य अन्तरविरोधहरुलाई माक्र्सवादले वर्गसंघर्षको माध्यमवाट हल गर्न सकिन्छ भनेर भन्छ तर नेपालमा यसको ठिक उल्टो छ । नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टीहरुले माक्र्सवादलाई टोडमोड गरे ।
    आफ्नै ढङ्गले व्याख्या गरे । एमालेले जनताको बहुदलीय जनवादको कुरा गरेर जनताको अधिनायकवादलाई छोड्यो । माओवादी केन्द्रले युगौ युग देखि मिलेर बसेको नेपाली समाजमा जातिय बीउ रोपेर बिग्रह ल्यायो ।
    जसको परिणाम मुलुक आजको अबस्थामा पुगेको छ । यसको समीक्षा हुनै पर्छ । यसको अर्थ नेपालमा पनि माक्र्सवाद असफल भयो भनेर बुझियो भने यो गलत हुने छ ।
    सन १९९० तिर सोभियत संघको विघटन भईसकेपछी पुर्वी युरोपहरुमा स्थापना भएका समाजबादी राज्य ब्यबस्थाहरु एकाएक ढले । त्यसपछि पुजीवादीहरुले हौवा चलाए कि माक्र्सवाद यो पृथ्वीवाट लोप भएर गयो ।
    सहि कुरा हो, एकदिन माक्र्सवादको पनि लोप भएर जाने छ उसको उच्चतम बिन्दुमा पुगेर, जसरी आज पुजीवादी ब्यबस्था धर्मराईरहेको छ । बिश्व आर्थिक मन्दीमा परेर घिटिघिटीको अबस्थामा पुगेको छ । एकदिन यो ढल्छ । यसको अर्थ माक्र्सवादको मृत्यु होइन बरु विजय भईरहेको मान्नु पर्छ ।
    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad