SuchanaKendra

प्रकाशित : २०७३/९/२१ गते
Ad

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तान राजीनामा दिएका छन् ।इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृखलाको पूर्व संध्यामा उनले सिमित ओभरको क्रिकेटको कप्तानबाट राजीनामा दिएका हुन् । यद्यपि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा भने टिमका लागि भने अझै उपलब्ध हुनेछन् ।भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बुधबार वक्तव्य जारी गरेर धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेटको कप्तान पदबाट हट्ने फैसला गरेको जानकारी दिएको हो ।

उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् । ३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो । अब टेष्ट कप्तान विराट कोहलीले धोनीको स्थान लिने सम्भावना छ । धोनीको कप्तानीमा भारतीय टिमले एक सय ९९ सय एक दिवसीय तथा ७२ ट्वेन्टी–ट्वेन्टी खेल खेलेको छ ।यस्तै धोनी सन् २००८ देखि २०१४ सम्ममा ६० टेस्ट क्रिकेटमा कप्तानको भूमिकामा रहे । उनले सबै गरेर तीन सय ३१ खेलमा कप्तानी गरेका छन् । क्रिकेटका तीनै संरचनामा धोनी भारतका सबै भन्दा सफल कप्तान हुन् ।

धोनीले कप्तानका रुपमा खेलका एक सय ९९ एक दिवसीयमा एक सय १० खेलमा भारत विजयी भएको छ भने ७४ मा पराजित भएको छ । यी खेलमा उनले ६ हजार ६ सय ३३ रन बनाएका छन् ।यस्तै ७२ ट्वेन्टी–ट्वेन्टीमा ४१ खेलमा जित र २८ खेलमा हार व्यहोरेका छन् । कप्तानका रुपमा उनले ट्वेन्टी–ट्वेन्टीमा एक हजार एक सय १२ रन बनाएका छन् । धोनीले समग्रमा दुई सय ८३ एक दिवसीय क्रकेट खेलका छन् र ९ हजार भन्दा धेरै रन बनाएका छन् । भारतले जनवरी १५ देखि इंग्ल्याण्डसँग एक दिवसीय क्रिकेट श्रृँखला खेल्दैछ । यो श्रृँखलामा धोनी खेलाडीका रुपमा भने उपलब्ध हुनेछन् ।

११८ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad