SuchanaKendra

प्रकाशित : २०७३/९/२१ गते
Ad

टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउने चेल्सीको सपना तोडिदिएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित भयो । लिगका पछिल्ला १३ खेलमा चेल्सीको यो पहिलो हार हो । एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित पर थियो । तर चेल्सीको कीर्तिमान बनाउने सपनामा टोटनह्याम बाधक बन्यो ।

यो खेल जितको भए चेल्सीले आर्सनलले सन् २००१–२००२ को सिजनमा लगातार १४ खेल जितेर बनाएको कीर्तिमानसँग बराबरी गर्ने थियो । तर चेल्सीको यो सपनामा टोटनह्यामका डेल अली बाधक बने । अलीले पहिलो हाफको अन्तिम तथा दोस्रो हाफको नवौं मिनेटमा गरी दुई गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए । लिगमा लगातार पाँचौं जित निकालेको टोटनह्यामले चेल्सीको विजयी यात्रा टुंग्यायो । हारपछि चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी ८ बनाउने मौका गुमायो ।

चेल्सीको २० खेलबाट ४९ अंक छ । दोस्रो स्थानको लिभरपुलको ४४ अंक छ । तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक भएको छ । चेल्सीका इडन हजार्डले गोल गर्ने दुई सुन्दर मौका बनाएका थिए । तर सफल भने हुन सकेनन् र टिम हारबाट जोगिएन । चेल्सीका लागि लगातार गोल गर्दै आएका डिएगो कोस्टाले पनि यो खेलमा गोल गर्न सकेनन् ।

६७ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad