SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/२० गते
    ३६३ पटक
    Loading...
    Ad

    काठमाडौं । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काले हिन्दूराष्ट्र स्थापना महाअभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन पाँच विकास क्षेत्रका लागि ‘कमाण्डर’ तोकेका छन् ।

    नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक समेत रहेका खड्काले पाँचै विकास क्षेत्रमा हिन्दूराष्ट्रको अभियान चलाउने भएका हुन् ।

    ‘हिन्दूराष्ट्र स्थापनाको अभियानलाई अब आन्दोलनका रुपमा अगाडि बढाउने निर्णय भएको छ’, उच्च स्रोतले भन्यो, ‘अब सडक आन्दोलन पनि हुन्छ । सुरुवात छिट्टै हुन्छ ।’

    नेता खड्काले मध्यमाञ्चलको संयोजक आफैले राखेका छन् । मध्यमाञ्चलमा खड्का स्वयंले सबै गतिविधि हेर्ने छन् ।

    पूर्वाञ्चलमा लक्ष्मणप्रसाद घिमिरे, पश्चिमाञ्चलमा तारानाथ रानाभाट, मध्यपश्चिममाञ्चलमा चिरञ्जीवी वाग्ले र सुदूरपश्चिममाञ्चलमा पुष्पा भुसाललाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

    खड्काले सबै जिल्ला र क्षेत्रसम्म हिन्दूराष्ट्र स्थापना महाअभियानको संजाल बिस्तार गर्ने जनाएका छन् । ललितपुरको कुपण्डोलस्थित कार्यालयमा खड्का दिनभरि बस्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad