SuchanaKendra

प्रकाशित : २०७३/९/२० गते
Ad

पर्वत क्षेत्र न. २ का साँसद बिकास लम्साल

पर्वत, । बिकास निर्माणको काम भनेपछि जनतामा स्थापित भईन्छ भन्ने चाहाना हुनुलाई अनौठो मानिदैन् । तर एउटाले बनाएको योजनामा अर्कोले मैले गरे भनेर जसले गरेको हो उसैको नामो निशाना समेत नामेट पारी गरेको कुरालाई तपाई के भन्नु हुन्छ ? यस्तै भएको छ यो योजना अर्थात कुश्मा मुडिकुवा झोलुङ्गे पुलमा ।

पर्वत जिल्लाको दक्षिणी क्षेत्रका १६ तथा बाग्लुङ्ग जिल्लाका १० गाविसलाई पर्वत सदरमुकाम कुश्मा बजारसँग प्रत्येक्ष रुपमा जोड्ने यो कुश्मा मुडिकुवा झोलुङ्गे पुल को बारेमा अहिले चर्चा निकै चुलिएको छ । चर्चा दुई कारणले चुलिएको छ । एउटा यो पुल ऐतिहासिक भएको कारण छ भने अर्को यो पुल कसको पहलमा बन्यो भन्ने चर्चा छ ।

नेपाली कांग्रेसका नेता ऋषीकेश तिवारी

पर्वतमा कृयाशिल राजनैतिक दल नेपाली कांग्रेसका केहि ठुला नेताहरु ऋषीकेश तिवारी तथा पर्वत क्षेत्र न. एकका साँसद अर्जुन जोशीको पहल यो पुलको निर्माण भएको बताएको छ भने अर्को तिर पर्वत क्षेत्र न. २ का साँसद बिकास लम्सालले पनि आफ्नो पनि पहल रहेको बताइरहेका छन् । उपभोक्ता समितिका अध्यक्षले पनि उस्तै कुरा बताएका थिए ।

तर अनौठो त यो भयो कि सुचनाकेन्द्र डटकमको कार्यालय खोज्दै एक जना मानिस आईपुगे र भने यो पुल मेरो पहलमा भएको हो । नपत्याए लौ हेर्नोस यी कागज पत्रहरु ।

बाग्लुङ्ग जिल्ला अमलाचौर गाविसमा घर भएका तात्कालिन एकिकृत नेकपा माओवादीका नेता देबेन्द्र पौडलेका दाई तथा माओवादीका केन्द्रिय सल्लाहाकार समेत रहेका मेघनाथ पौडेलले भने सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै उनले अहिले निर्माण भएको पुलमा मैले गरे भन्ने पार्टीका नेताहरु तथा उनीहरुले गरे भन्नी उपभोक्ता समितिको चेतना देखेर आफुलाई निकै दुख लागेको बताए ।

पर्वत क्षेत्र न. एकका साँसद अर्जुन जोशी

बिभिन्न समयका कागज पत्र देखाउँदै उनले भने लौ हेर्नोस जिल्लाबाट पत्र बनाए । मन्त्रालयमा को पुगेको छ ? कसरी पैसा छुटट्याइएको छ ? यी सबै बिषयमा अध्ययन नै नगरी पत्रकारहरुले पनि फलानाको पहलमा भयो भनेर लेखेको देख्दा आफुलाई दुख लागेको बताए ।
त्यो समयमा यहाँबाट अध्यक्ष र सचिवको खाली कागजमा सहि छाप गराएर लगेको र उनीहरुको आग्रह अनुसार नै पहिलो किस्ता ५० लाख रुपैया बिनियोजना गराएको उनको तर्क छ ।

तात्कालिन एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहाकार मेघनाथ पौडेल

पौडेललाई सुचनाकेन्दले तपाईले मैले पारे भन्ने आधार के छ ? भन्ने प्रश्नमा उनले भने पहिलो कुरा त यी मन्त्रालयहरुमा भएका काजग पत्र हेर्नोस पुष्टी हुन्छ ? अनि दोसा्रे कुरा उहाँहरुले बताएको कुश्मा कैयाको पुल उद्घाटन गर्न आउँदा तात्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई भनेको र उहाँले नै यहाँका केहि नेताको पहलमा पुल हालिदिएको भनेका छन् भन्दै उनले भने उपप्रधानमन्त्री प्रकाशमान सिंह पर्वतमा पुल उद्घाटन गर्न आउनु भन्दा झण्डै आठ महिना अगाडी नै पुलको सबै कुरा मन्त्रालयमा भैसकेको भन्दै कागज पत्र देखाए । र थपे त्यो बेला पुलको सर्भे समेत भएको थियो । अनि कसरी उहाँको पहलमा हुन्छ ?

सुचनाकेन्द्र डटकमसँग चिन्तीत मुद्रामा पौडेलले भने यो ऐतिहासिक पुल हो यसमा अरुले पनि जस् लिन खोज्नु रामै्र कुरा हो तर मेघनाथ पौडेलको नामो निशाना नै हराउने गरेर फलानाले बनाएको हो भन्दै प्रचार गर्नु कहाँसम्मको न्याय हो । उहाँहरुले बनाउने भए यत्तिका समयसम्म के रमिता हेर्नु भ्या थ्यो ? आफुले निरन्तर धौलागिरीको क्षेत्रको बिकासला गि रहेको बताउँदै अन्य धेरै योजना पनि पारेको बताए ।

यता कुश्मा मुडिकुवा झोलुङ्गे पुल अध्यक्ष बालकृष्ण तिवारी भने अझै अनौठोे तर्क गरे उनका अनुसार पुलको सर्भे मात्रै मेघनाथ पौडेलको योजनामा भएको बताए । त्यसपछि रिषीकेष तिवारी नेपाली काग्रेस कार्यलयको मुख्य सचिव नभएको भए सुसिल कोईरालाद्धारा पुल सिलान्यास हुने अबस्था थिएन ।

त्यसपछि सुचनाकेन्द्र डटकमले उसो भए साँसद अर्जुन जोशी र बिकास लम्सालको कुरा के हो त ? भन्ने प्रश्न गर्दा सासद अर्जुन जोशीको हातमा एउटा साचो भएपनि सांसद बिकास लम्सालको केहि पनि नगरेकोे बताए । उनले पछि थपे सांसद बिकास लम्साल दुई न. क्षेत्रको भएकोले बिरोध गर्नुभएन र एक पटक डेलिगेसन जानुभएको हो त्यो बाहेक केहि होईन ?

लौ हेर्नोस यी कागज पत्रहरु । सुचनाकेन्द्र डटकमसँग यी सम्बन्धीत आवाजहरु पनि छन् ।

 

५०६ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad