Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, समाचारयस्तो छ सवारी चालक कार्यालय पोखराको धन्दा, जब रात पर्छ त्यसपछि शुरु हुन्छ काम, प्रशासन र अख्तियार मौन…

यस्तो छ सवारी चालक कार्यालय पोखराको धन्दा, जब रात पर्छ त्यसपछि शुरु हुन्छ काम, प्रशासन र अख्तियार मौन…

January 4, 2017३३८ पटक

                          माधव पनेरु, पोखरा । सरकारी काम कहिले जाला घाम भन्ने गरिन्छ । सरकारी काम भनेपपछि ढिलो र धेरै बाहाना बनाउने भएकाले मानिसहरु सरकारी काम गर्नु प¥यो भने यो उक्ती प्रयोग गर्ने गरेका होलान । दिनभर सेवाग्राहीलाई बिभिन्न बाहाना बनाएर कार्यालयका सबै ढोका चाहार्न लगाउने सरकारी कर्मचारी राती भने १० बजेसम्म पनि सबै शाखा सञ्चालन गरेर सेवाग्राही विना नै सेवाग्राहीकै काम गरिरहेको देख्दा हेर्ने, सुन्ने सबैलाई अचम्म लागिहाल्छ नै ।

पोखरामा रहेको यातायात व्यवस्था विभाग, सवारीचालक कार्यालय बिरौटामा बेलुका पाँच बजेपछि लाईसन्स वितरण प्रकृयाका काम हुने गरेको छ । तर त्यही काम दिउँसो भने हुदैन । सेवाग्राहीको भिड हटेपछि सयौंको संख्यामा लाईसन्स वितरणको फाराम दर्ताका काम हुन्छ । लाईसन्स लिनका लागि आवश्यक प्रकृयामा स्वयं सेवाग्राही आफै उपस्थित हुनुपर्ने स्पष्ट प्रावधान हुदाँ हुदै पनि आर्थिक प्रलोभनका कारण कार्यालयले मध्यरातसम्म कर्मचारी खटाएर लाईसन्स बितरण फाराम रुजु गर्ने काम गर्ने रहेको छ ।

आखिर किन हुन्छ त राति काम ?
प्रश्न उठ्न सक्छ , आखिर रातभरी गरेपनि सेवाग्राहीको काम न हो । तर कुरा त्यसो होईन सवारीचालक कार्यालयमा लाईसन्स वितरणको काम त्यो पनि एकमुष्ट फाराम दर्ता हुनुको ठुलो आर्थिक चलखेल हुन्छ ।

सवारीचालक अनुमतिपत्र लिनको लागि आवश्यक प्रोसेस र सवारी चलाउन सिकाउने अनुमति पाएका पोखरा र आसपासमा रहेका ड्राईभिङ्ग स्कुलहरुले सेवाग्राहीसंग बिना झण्झट फाराम दर्ता गरिदिन्छु भन्दैै मोटो रकम असुल्छन । अनि दामाशाहीले बाँडेर सवारीचालक कार्यालय र ड्राईभिङ्ग स्कुलहरुले लिन्छन । यसो गर्दा एक पटकमै पाँच लाख सम्मको रकम उठ्ने गरेको स्रोतले बताएको छ । एउटा लाईसन्स लिनको लागि मोटरसाईकल वा चार पाङ्ग्रे सवारीको दर्ता शुल्क पाँच सय रुपैयाँ लाग्छ ।

तर ड्राईभिङ्गले स्कुलहरुले फाराम दर्ताका लागि मात्र १५ सय सेवाग्राहीसंग उठाउने गरेका छन । एक जना बाट एक हजारका दरले रकम असुलेर कर्मचारी र ड्राईभिङ्गवालाहरुले मिलेर अवैधानिक काम गरेको बताइएको छ । एक पटकमा कम्तीमा दुई सय फाराम अनाधिकृत रुपमा दर्ता हुने गरेको स्रोत बताउँछ । यसरी हेर्दा एक पटकमै कम्तीमा दुई लाख रुपैयाँ रकम संकलन हुन्छ । महिनामा लाखौं रकम सवारीचालक कार्यालयमा पुग्ने गरेको तत्थ यसरी पुष्टि हुन्छ ।

यसरी माटो रकम हातमा आउने भएपछि मात्र सरकारी कर्मचारी रातभर बस्न मन्जुर हुन्छन र अबैधानिक तरिकाले काम गर्छन । कानुनमा स्पष्ट उल्लेख भएको कुरालाई पनि आफु अनुकुल व्याख्या गर्दे सवारी चालक कार्यालय पोखराका प्रमुख किर्तनराज पौडेलले दिउँसो सर्भरले काम नगरेकोले राती काम गरेको बताए । पत्रकारको टोली पुगेपछि पछाडीको ढोका बाट बाहिरीदै गर्दा उनले सेवाग्राहीको सजिलोको लागि आफुले काम गरेको दावी गरे ।

प्रशासन र अख्तियार मौन
रातारात काम भएको बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले अनविज्ञता प्रकट गरे । जनताको काम हुने भए रात र दिनले केही फरक नपार्ने उनले पत्रकारसंग तर्क गरे । तर प्रमुख जिल्ला अधिकारी मैनालीले अवैधानिक तरिकाले काम भएको कुराको ध्यान दिन सकेनन ।

लाखौंको चलखेल हुने भएकाले सबैको मुख बन्द गरिएको स्रोतले दावी गरेको छ । पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि वेवास्ता गर्न थालेपछि भ्रष्टाचारको अखडा मानिएका कार्यालयमा खुलेआम गलत कामहरु भैरहेका छन । यसअघि अख्तियारको विषेश निगरानीमा रहेका कार्यालयहरुमा अहिले र्निबाध रुपमा गलत काम हुदाँ पनि अख्तियारले गतिलो कदम नचाल्नु पनि रहस्यमय बन्दै गएको छ । यस विषयमा सम्वन्धित निकायले कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad