Suchana Kendra

Ad

गृहपृष्ठ » मुख्य समाचार, राजनीतिएमालेको नाक सुवास नेम्वाङको चलाखीले जोगियो, माओवादी भने हेरेको हे-यै…

एमालेको नाक सुवास नेम्वाङको चलाखीले जोगियो, माओवादी भने हेरेको हे-यै…

January 3, 2017३३३ पटक

काठमाण्डौं । लगातार संसद अबरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका–संसदको अर्को बैठकमा आफ्नो दलले अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबारको संसद बैठक सूचना टाँस गरेर स्थगित हुनुअघि सभामुख ओनसरी घर्तीले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पूर्वसभामुख समेत रहेका नेम्वाङले अर्को बैठक अवरुद्ध नगर्ने बाचा गर्र्दै मंगलबारको बैठक भने स्थगन गरिदिन आग्रह गरेका थिए ।

नेम्वाङले अर्को बैठकमा आफ्नो दलले अवरोध नगर्ने प्रतिबद्धता जनाएकाले मंगलबार बैठक स्थगन गरेको सभामुख घर्तीले बताइन् । ‘प्रमुख प्रतिपक्षी दलका उपनेताले नै अबको बैठक स्थगन हुन्न भन्ने बचन दिनुभएको छ’, बैठक स्थगनपछि सञ्चारकर्मीसँग घर्तीले भनिन्, ‘अब बैठक अवरुद्ध हुन्न भन्नेमा म आशावादी भएको छु ।’

कार्यव्यवस्था बैठकमा सबै दल यसअघिको भन्दा लचक रुपमा प्रस्तुत भएको जानकारी उनले दिइन् । उनले संविधान संशोधनको विषयमा सहमति नभए पनि अब प्रक्रिया भने नरोकिने बताइन् । मंगलबारको बैठक सुचारु भएको भए एमाले बैठक चल्न दिन बाध्य हुन्थ्यो ।

विपक्षमा हरेका साना दललाई साथमा लिएर पटकपटक बैठक अवरुद्ध गर्दै आएको एमाले सर्वोच्चको फैसलापछि अप्ठेरोमा परेको थियो । नयाँ रणनीति तय नगर्दै संसद बैठक चल्न दिँदा संशोधन प्रक्रिया अघि बढ्ने र नदिँदा सर्वोच्चको फैसलाविरुद्ध गएको सन्देश जाने सम्भावना थियो ।

तर, नेम्वाङ कुशलतापूर्वक उक्त समस्या टार्न सफल भए । अबको चार दिन एमालले संशोधन विधेयकविरुद्ध आफूलाई साथ दिँदै आएका साना विपक्षीसँग आगामी रणनीतिबारे छलफल गर्ने मौका पाएको छ ।

Loading...
प्रतिकृया दिनुहोस्

भर्खरै

Ad