SuchanaKendra

प्रकाशित : २०७३/९/१९ गते
Ad

                           काठमाडौं । ब्राजिलको एक जेलमा कैदीबन्दीबिच भएको झडपमा परि ५६ जनाको ज्यान गएको छ । ब्राजिलको उत्तरी राज्य अमेजोन्सको मानाउसमा रहेको जेलमा कैदीका समूह र प्रहरीबिच झडप भएको हो । जेलमा १७ घण्टासम्म झडप भएको थियो । कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए ।

तर, १७ घण्टापछि कैदीले आत्मसमर्पण गरे । क्षमता भन्दा बढी कैदी रहेको जेलमा भएको झडप भएपछि केही कैदी त्यही मौका छोपेर भागेका छन् । भागेका मध्ये ४० जनालाई पक्राउ गरिएको सरकारी अधिकारीले बताएका छन् । चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी छन् ।

ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् । टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि झडप सुरु भएको हो । त्यसपछि १७ घण्टासम्म झडप भयो । एजेन्सी

११७ पटक
प्रतिकृया दिनुहोस्

फेसबुकमा हामीलाई लाईक गरौं

Ad
Ad
Ad