SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/१२ गते
    १४७ पटक
    Loading...
    Ad

    काठमाडौ । राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो कमाण्ड अन्तगर्त नेपाली सेना रहनुपर्ने प्रस्ताव गरेको भारतले नेपाली सेनामाथि आफ्नो नियन्त्रण कायम गर्ने अर्को प्रयास गरेको खुलेको छ । नेपाल र चीनबीच कुनै पनि संयुक्त सैनिक अभ्यास हुनु नहुने भन्दै त्यसलाई रोक्न भारत सरकारले राजदूत दीपकुमार उपाध्यायमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएको हो ।

    नेपाल र चीनबीचको संयुक्त सैनिक अभ्यास गर्ने तयारी भइरहेको रिपोर्ट सार्वजनिक भए लगत्तै चिन्तित बनेको भारतले त्यसप्रति कडा आक्रोश व्यक्त गरेको हो । उसले चीनसँग त्यस्ता कुनै संयुक्त अभ्यास नगर्न समेत प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएको छ । भारत र नेपालबीच यस्ता संयुक्त सैनिक अभ्यास नियमित भइरहेका बेला उत्तर छिमेकीसँग समेत फरक अनुभव हासिल गर्ने उद्धेश्यले गरिएको यस्तो निर्णयमाथि भारतले धावा बोलेको हो ।

    ‘आफूले बनाएका’ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बन्दाताका भएका गोप्य समझादारी र सम्झौता विपरित कार्य गर्न थालेको साउथब्लकको निश्कर्ष छ । केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर दाहाललाई प्रधानमन्त्री बनाउँदा भारतीय सुरक्षा स्वार्थभन्दा बाहिर नजाने र भारतीय एजेण्डालाई अघि बढाउने प्रतिबद्धता दाहालले गरेका थिए । त्यसबेला भारतीय अखवारले नै ओलीको बहिर्गमन र दाहालको आगमन दिल्लीका लागि सुखद सन्देश रहेको र दाहालको कार्यकालमा नेपाल भारत सम्बन्ध अत्यन्त नजिक हुने लेखेका थिए । भारतीय अधिकारीले समेत ओलीलाई हटाएर दाहाललाई प्रधानमन्त्री बनाउन सकेकोमा खुसी ब्यक्त गर्दै सार्बजनिक धारणा नै राखेका थिए ।

    भारतीय दैनिक टाइम्स अफ इण्डियामा १२ पुसमा प्रकाशित ‘नेपाल–चाइना मिलिटरी ड्रिल्स वरिज् इण्डिया’ शीर्षकको समाचारमा दाहाललाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने पूर्ब प्रतिवद्धता स्मरणसमेत गराइएको छ । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच ‘सन्तुलित व्यवहार’ प्रदर्शन गरिरहेको तर काठमाडौंको बेइजिङसँगको संयुक्त सैनिक अभ्यासको प्रस्तावले नयाँदिल्लीलाई अप्ठ्यारोमा पारिदिएको अखवारमा उल्लेख छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला ‘बिग्रेको’ नेपाल–भारत सम्बन्धलाई सुधार्न दाहाललाई प्रधानमन्त्री बनाइएको र त्यसको प्रयास भइरहेका बेला नेपालको यो निर्णयले भारतलाई असहज बनाएको भारतीय अधिकारीले बताएका छन् । अखवार भन्छ–‘प्रचण्ड सरकारको पालामा नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको थालनी गर्ने भारतीय चाहना भइरहेका बेला नेपालको यो निर्णयले भारतलाई असजिलो बनाएको छ ।’

    नेपालको यो प्रस्तावित निर्णयबारे भारतीय अधिकारीले नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जानकारी मागेको समेत श्रोत बताउँछ । राजदूत उपाध्यायले भने चीनसँगको सैैन्य अभ्यास अत्यन्त सानो स्केलको भएको र त्यसमा भारत चिन्तित नहुन साउथब्लकका अधिकारीहरुलाई आग्रह गरेको बुझिएको छ । राजदूत उपाध्यायले यस्ता संयुक्त सैन्य अभ्यास नेपालले अन्य देशहरुसँग पनि गरिरहेको भन्दै त्यस्ता कुनै पनि अभ्यासले नेपाल–भारत सम्बन्धलवाई नकारात्मक प्रभाब नपार्ने बयान दिएका छन् ।

    राजदूत उपाध्यायले भारतसँग नेपालको ‘बिशेष सम्बन्ध’ रहेको भन्दै गैरकुटनीतिक भारतीय भाषा समेत प्रयोग गरेका छन् । उनले बिभिन्न भारतीय अखवारमा अन्तवार्ता दिदंै नेपालको चीनसँगको सम्बन्ध मित्रवत तर भारतसँगको सम्बन्ध ‘बिशेष’ रहेको बताएर भारतीय स्वार्थका प्रतिनिधिको भूमिका समेत निर्वाह गरिरहेका छन् ।

    सन १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धीमा हस्ताक्षर भएपछि त्यसलाई देखाएर तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपाल–भारत सम्बन्धलाई ‘बिशेष सम्बन्ध’ बताएका थिए । त्यसयता भारतका हरेक सरकारले नेपालसँग भारतको बिशेष सम्बन्ध रहेको भन्दै नेपाली स्वतन्त्रता र सार्बभौमिकतामाथि नियन्त्रणको प्रयास गर्दै आएका छन् ।

    पछिल्लो पटक नेपाल र भारतबीचको सम्बन्धलाई ‘मित्रवत’, र ‘असल छिमेकी’ को सम्बन्धका रुपमा बुझ्नुपर्ने वहस भइरहेका बेला नेपाल सरकारका प्रतिनिधिका रुपमा रहेका राजदूतले नै नयाँदिल्लीमा बसेर बेईजिङबिरोधी कार्य गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad