SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/९/११ गते
    २१४ पटक
    Loading...
    Ad

                           डा.भिमार्जुन आचार्य । नेपालमा संघीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन ।

    संघीयताले नेपाल र नेपालीको हित गर्देन । त्यसकारण तत्काल यसबाट फर्किनु पर्छ । संघीयताबाट फर्किएनौं भनेर ठुलो क्षती हुने छ ।  संघीयताको बारेमा गलत कुराहरु नेपालमा पठाइएको छ ।

    संघात्मक राज्य र समाबेशीता विपरीत कुरा हुन् । नेपालको आवश्यकता भनेको शक्तिको हस्तान्तरण हो । गरिब, जनजाती र मधेसीको लागि भनेर जसरी संघीयता भनेर प्रचार गरिएको छ ।

    त्यो गलत कुरा हो । सन् २०१६ मा समाबेशी राज्यको सूचि हेर्ने हो भने १ देखि ४० नम्बरसम्म एकात्मक राज्य  भएका देशहरु छन् ।

    त्यसकारण संघीयताले देश बन्छ भन्नु गलत हो ।  संघीय राज्यव्यवस्था हाम्रो जस्तो देशमा सफल हुनै सक्दैन । संघीयता सफल हुनका लागि कम्तीमा ७ वटा कुराहरु आवश्यक हुन्छ । जून कुरा नेपालमा छैन ।

     १. संघीयता सफल हुन त्यसका लागि अत्यन्त कठोर संविधान चाहिन्छ ।  तर, तपाइले यस्तो संविधान बनाउनु भएको छ, जहा“ ६÷६ महिनामा संविधान संशोधन प्रस्ताव अगाडि सारिन्छ ।

    २.संघीय शासन प्रणालीमा अत्यन्त कडाईसहितको बिधिको शासन चाहिन्छ । तार यहा“ एउटा चोरलाई प्रहरीले गिरफ्तार गर्न पनि  नेताहरुको  सहमति लिनुपर्छ ।

    ३.संघात्मक शासनका लागि धेरै ठुलो लोकतान्त्रिक संस्कार चाहिन्छ । दलहरुको कुरा गर्नुस् वा नागरिकको कुरा गर्नुहोस् भिन्न विचार राख्नेमाथि गाली गलौच सुरु हुन्छ ।  हाम्रँे देशमा संस्कारको अभाव छ ।

    ४.संघीयता सफल हुन ठुलो स्टेटम्यानसीप भएको राजनीतिक नेतृत्व चाहिन्छ, जून हाम्रो देशमा शून्य देखिन्छ ।

    ५. आर्थिक दृष्टिकोणले पनि नेपालमा संघीयता सफल हुने देखिन्न । आर्थिक दृष्टिकोणले नेपालमा ३÷४ वटा प्रदेश पनि सम्भव छैन ।

    ६.केबल होमोजेनियस समाजमा मात्र संघीय प्रणाली सफल भएको छ । विविधता संघीय राज्यका लागि विष हो । यो अध्ययनको निष्कर्ष हो ।

    ७.जनताले के चाहन्छन् भन्ने विषय  सबैभन्दा महत्वपूर्ण  पाटो हो । नेपालमा संघीयताको  पक्षमा जनमत  छैन । नेपालमा धेरै जनताले संघीयता नै चाहदैन, त्यसकारण नेपालमा संघीयता सफल हुन सक्दैन ।

    फेसबुकबाट 

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad