SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/८/२९ गते
    २५६ पटक
    Loading...
    Ad

                    china-bridge-768x464एजेन्सी । दुनिया भौतिक निर्माणको क्षेत्रमा धेरै अघि बढिसकेको छ । विश्वमा कल्पना समेत गर्न गाह्रो पर्ने खालका अनुपम भौतिक संरचनाहरु ठडिइरहेका छन् । आज हामीले यस्ता १० वटा अनौठा पुलहरु देखाउँदै छौँ जसको तस्वीर मात्र हेर्दा पनि तपाइँले वाह भन्नुहुनेछ ।

    १. यो हो चीनको चांग्सा सहरमा ड्रागन किंग हार्बर नदिमाथि बनेको लकी नोट ब्रिज । उक्त पुल ६०६ फिट लामो तथा ७८ फिट अग्लो छ। नेक्स्ट आर्किटेक्टले यसको डिजाइन गरेको हो । यो पुलमा केवल पैदल यात्रु मात्र हिड्न पाउँछन् ।

    २. यो चाहीँ हो दक्षिण कोरियाको बेन्पो ब्रिज रेन्बो फाउन्टेन । सिओलस्थित हेन नदिमाथि बनेको छ यो पुल । लम्बाइ १४९५ मिटर छ । रातमा यो पुलको दृश्य हेर्नलायक हुन्छ ।

    ३. उरुग्वेको सर्कुलर लगुवा गार्जोन ब्रिज नामक पुल हो यो । यसले रोचा र मालोडोनाडो सdenmark-bridge7हरलाई जोड्छ । यो पुलमा एक पटकमा झण्डै १ हजार गाडी गुड्न सक्छन् ।

    ४. भियतनामको ड्रागन ब्रिज पनि दुनियामा चर्चित छ । यो पुलमा भिमकाय ड्रागन बनाइएको छ । २१८५ फिट लामो यो पुल भियतनामको डा नांग सहरमा रहेको छ ।

    ५. जापानको एशिमा ओहासी पुल हो यो । निकै खतरनाक देखिन्छ यो पुल । यसको लम्बाइ १७ सय मिटर र चौडाई ११ मिटर छ ।

    ६. यो हो सिंगापुरको हेन्डरसन वेब्स ब्रिज । बुकिट मेराहमा रहेको यो पुलको बनावट निकै अनौठो छ । यसमा गाडी र पैदलयात्रु दुबै चल्न सक्छन् । पुलको लम्बाई ९ हजार मिटर छ ।

    ७. डेनमार्कको अरहुस सहरमा रहेको इनफाइनाइट ब्रिज हेर्दा अचम्म को नपर्ला ? यो गोलाकार पुलमा जति हिँडेपनि सकिँदैन । यो पुलमा गत वर्ष १२ जोडीले एकसाथ बिहे गरेका थिए ।gngland-bridge9

    ८. अस्ट्रियाको आइल्याण्ड इन द मूर नामक पु ल हेर्दा तपाइँको आँखाले ठम्याउन सक्दैन की यो पुल हो वा टापु हो भनेर । मूरी नदिमाथि रहेको यो पुल स्टील तथा सिसाले बनेको छ ।

    ९. अजिंगरको आकारमा रहेको नेदरल्याण्डको यो पाइथन ब्रिजले सन् २००२ मा विश्वको सबैभनदा उत्कृष्ट फुटओभर ब्रिजको अवार्ड पाएको थियो ।

    १०. सन् २०१२ मा बनेको बेलायतको ट्विन सेल्स ब्रिज डोर्सेटमा रहेको छ । यसको अनौठो पक्ष के भने यो पुलको दुबै छेउँ खोल्न सकिन्छ । खासगरी जहाज र डुंगाहरुलाई पार गराउनका लागि यो पुललाई दिनमा १५ पटक खोलिन्छ ।          japanbridge5 netharland-bridge9 singapur-bridge6 south-koreabridge2 urugey-bridge3 viyatnambridge4

    प्रतिकृया दिनुहोस्
    Loading...

    वयस्कलाई सांसदले मुखको सहायताले ‘सेक्स टोय’ मा कण्डम राख्ने तरिका सिकाएपछि…

    एक झुण्ड वयस्कको अगाडि ‘सेक्स टोय’ मा मुखको सहायताले कसरी कण्डम राख्ने भनेर देखाएपछि एक...

    यसरी भएछ मोदीको नम्बर लीक, आममानिसहरुले गर्न थाले सिधै फोन !

    विशिष्ट मानिसहरुको नम्बर लीक भएमा के होला रु पक्कै पनि धेरै मानिसहरुको फोन आउँछ ।...

    राप्रपा अधिबेशन : कमल थापाभन्दा कोमल वली माथि !

    रेडियो नेपालको सरकारी जागिर त्याग्दै राप्रपामा प्रवेश गरेकी गायिका तथा समाचारवाचिक कोमल वलीको चर्चा अहिले...

    रुपन्देहीमा प्रहरीबाट लुटिएको एसएलआर भेटियो, ग्यास गनको खोजी जारी

    रुपन्देहीको मर्चवारस्थित प्रहरी चौकी वडवलियामा आक्रमणपछि भएको झडपका क्रममा लुटिएको एसएलआर बेवारिसे अवस्थामा भेटिएको छ...

    महायज्ञ पुगेका पूर्वराजा ज्ञानेन्द्रले दानको रुपमा जब एक लाख दिए… (६ तस्बिरसहित)

    पुर्व रानी कोमल शाहका जन्मोत्सवको अवसरमा सिमरा हुँदै चितवन पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad