SuchanaKendra

  • Radio Kushum


  • Ad
  • Ad
  • प्रकाशित : २०७३/८/१३ गते
    २७८ पटक
    Loading...
    Ad

                          tulasi-parvasतुलसी प्रवास नेपाली साहित्य सिर्जना, लोकसङ्गीतको अनुसन्धान एवम् शिक्षण तथा प्राध्यापनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । स्याङ्जा जिल्लामा जन्मेर हाल पोखरामा बसोबास गर्दै आउनुभएका प्रवासले साहित्यका कविता, गीत गजल, कथा र समालोचनाका साथै अनुसन्धानात्मक रचनामा कलम चलाउँदै आउनु भएको छ ।

    ‘नेपाली खेली गीतमा रस विधान’ शीर्षकमा विद्यावारिधि गरिरहनुभएका प्रवासले पर्वत जिल्लाको पैयुँखोला क्षेत्रमा वर्षौँदेखि गाउँदै आइएको तर हाल लोपोन्मुख अवस्थामा रहेको ‘‘गल्लैलाउरे’’ गीतको बारेमा पनि अनुसन्धान गरिरहनु भएको छ । उहाँसँग साहित्य, सङ्गीत र अनुसन्धानका विषयमा गरिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

    साहित्यको सिर्जना र अनुसन्धानको विषयलाई कसरी सँगसँगै लैजानु भएको छ ?
    साहित्य सिर्जना गर्नु भनेको मेरो लागि अकस्मातको क्षण हो । मलाई त्यस्तो कुनै भावना आउनासाथ मैले त्यसलाई साहित्यले रङ्ग्याइहाल्छु । तर अनुसन्धानको क्षेत्र भने बडो कठीन छ । यसको लागि धेरै पूर्व तयारी गरेर मात्र सम्भव छ । जब म अनुसन्धानको लागि झोलाभरि आफ्ना सामग्रीहरु बोकेर घरबाट निस्कन्छु त्यसपछि समाजका गतिविधि, जीवनशैली, ग्रामीण प्रकृति आदिले मलाई साहित्य सिर्जनाको खुराक पस्किदिन्छन् । अनुसन्धानको लागि सामग्री सङ्कलन गर्दा स्वत ः नै साहित्यका सामग्री पनि भेट्छु । त्यसैले दुवै कुरा एकसाथ लैजान सम्भव भएको छ ।

    साहित्यका कुनकुन विधामा कलम चलाउनु भएको छ ?15218438_10207352232993838_191478587_n
    साहित्य लेखनको सुरुआत कविता विधाबाट भयो । स्याङ्जामा हुने विविध साहित्यिक गतिविधिमा सहभागी हुँदाहुँदै गीत, गजल, कथा, निबन्ध, समालोचना आदि विधामा पनि कलम चल्न थाल्यो । विशेष मेरो रुचि भनेको कविता, गीत र गजल विधा अर्थात पद्य विधामा नै हो ।

    अनुसन्धानमा कसरी प्रवेश गर्नुभयो ?
    म मूल नेपाली विषय लिएर पढेको मान्छे हूँ । स्नातकोत्तरको लागि कीर्तिपुर गैसके पछि धेरै साथीहरुसँग परिचय भयो । दोस्रो वर्षको आठौँ पत्रमा शोधपत्र लेख्नु पर्ने थियो । मलाई मेरै गाउँठाउँको लोकसंस्कृति प्रति धेरै रुचि थियो ।

    यसैमा शोध गरेर आफ्नै संस्कृतिका महत्वपूणर््ा कुरालाई प्रकाशमा ल्याउने विचारले ‘‘आँधीखोले लोकगीतको अध्ययन’’ शीर्षकको शोध प्रस्ताव पारित गरेर स्याङ्जा जिल्लाका विभिन्न गाउँहरुमा पुगेँ । त्यहाँका लोकगीतहरु संकलन गरेर पहिलो शोधपत्र तयार पारेँ । उत्कृष्ट अङ्कका साथ मेरो एम.ए. पूर्ण भयो । तर अझै पनि अनुसन्धानमा मेरो धीत भने मरेन । अनुसन्धान भनेको यस्तो विषय रहेछ, जसभित्र डुबेपछि बाहिर निस्कनै मन लाग्दैन । दुःख छ, खर्चिलो पनि छ तर त्यसैमा रमाइलो छ ।

    अहिले के विषयको अनुसन्धान गर्दै हुनुहुन्छ ?
    अहिले म नेपाली लोकगीतमा सर्वाधिक र्र्चिर्चत रहेको खेली गीतमा केन्द्रित रहेर चार वर्षदेखि विद्यावारिधिका लागि अनुसन्धान गरिरहेको छु । यस क्रममा पश्चिमाञ्चलका कास्की, स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी रुपन्देही जिल्लाका धेरै गाउँहरु पुगेको छु । त्यहाँको जनजीवन, जीवनशैली, रहनसहनले मलाई गहिरो प्रभाव पारेका छन् । अनुसन्धानका धेरै विषयहरु मनमा सङ्ग्रह भएका छन् । यस कार्यलाई निरन्तरता दिने सोचमा छु ।10516670_10202351383975738_3832736226753319473_n

    यो खेली गीत भनेको कस्तो प्रकारको गीत हो ? र यही गीतलाई अनुसन्धानको विषय किन बनाउनु भयो ?1551639_10202698215166301_3098677542834051525_n
    खेली गीत भनेको बाह्रमासे लोक गीत हो । यसलाई जहिलेसुकै पनि गाउन सकिन्छ । यो गीत विशेष गरी ब्राह्मण, क्षेत्री समुदायका मानिसहरुले गाउँछन् । यसलाई भजन, चुड्का र खेली भिन्ना भिन्नै स्वरुपमा गाउने गर्दछन् । यही गीतलाई कसैकसैले रोइला नाम पनि दिएका छन् । तर लोक समाजले रोइला भनेको बुझ्दैनन् ।

    उनीहरु वर्षौदेखि खेली भन्दै गाउँदै आएका छन् । अब रह्यो यही गीतलाई किन अनुसन्धानको विषय बनाउनु भयो भन्ने प्रश्न । अनुसन्धान भनेको जहिले पनि समस्यामुलक विषयमा गरिन्छ । समस्याको पहिचान गरेर एउटा निष्कर्षमा पुग्नु अनुसन्धानको सफलता ठहर्छ । मैले सानो छँदा गाउँठाउँमा गाउँदै हिँडेका खेली गीतलाई केही पुस्तकहरुमा रोइला भनेर पढ्नु प¥यो ।

    कसैले त्यही गीतलाई रोइला र कसैले खेली भन्दै नामकरण गरेको देखेपछि यस विषयलाई टुङ्गोमा पु¥याउनु पर्छ भन्ने मलाई लाग्यो । अर्कोतर्फ हाम्रो भेगतिर लोकगीत भनेकै खेली हो भन्ने मान्यता छ । गीत गाउन बसेपछि सबैको मुखमा खेली गीत नै आउँछ । यस्तो लोकप्रिय गीतलाई जथाभावी तरिकाले नामकरण गरेको कुरालाई छिनोफानो गर्नकै लागि मैले यो विषय छानेको हूँ ।

    अब के निष्कर्षमा पुग्दै हुनुहुन्छ त ?
    मेरो यस अनुसन्धानको निष्कर्ष के निस्कदै छ भने खेली गीत भनेका रोइला गीत होइनन् । खेलका रुपमा गाइने ६,७,७ अक्षर संरचना भएका गीतहरु खेली गीत हुन् । यस्ता गीतहरुलाई कुनै समयमा कसैकसैले हेपेर ‘यस्तो रोइलो गीत’ भनेको हुनाले रोइला नाम रहन गएको हो । वास्तवमै लोकको भनाइलाई आधार मान्ने हो भने यस्ता गीत खेली नै हुन् । यही निष्कर्ष प्रमाण सहित मेरो अनुसन्धानबाट आउँदै छ ।

    पर्वत जिल्लामा अरु कस्ता गीतहरु पाउनु भयो ?15207932_10207352254754382_1085400513_n
    पर्वत जिल्ला नेपाली लोक गीतको खानी नै हो । विभिन्न जात जातिका आ–आफ्नै संस्कार अनुसारका गीतहरु यहाँ प्रशस्त गाइन्छन् । मेरो अनुसन्धानको विषय खेली गीत भएकोले म त्यसैमा केन्द्रित छु । मैले पर्वतको दक्षिणी भेगमा एउटा नौलो प्रकारको गीत भेटेको छु जुन लोपोन्मुख अवस्थामा रहेको छ । यस गीतलाई ‘गल्लैलाउरे’ गीत भनिन्छ । यो गीत विशेष गरी पर्वतको सम्पत्ति हो ।

    गल्लैलाउरे गीतको बारेमा अरु थप कुरा भए बताइदिनु होस् न ।
    गल्लैलाउरे गीत विश्वइतिहासको दोस्रो विश्वयुद्ध जस्तो मार्मिक घटनासँग सम्बन्धित छ जसले सारा विश्वलाई प्रभावित पारेको थियो । गल्लैलाउरे लोकगीत कहिलेदेखि गाउन थालियो भन्ने एकिन गर्न गाह्रो छ । वर्षौँ अगाडिदेखि गाउन सुरु गरिएको खेली गीतसँग यसको संरचना दुरुस्त मिल्नुले यसलाई खेलीकै एउटा लयगत भेदको रूपमा लिन सकिन्छ ।

    यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समय देखि भएको अनुमान गर्न सकिन्छ । यही समयलाई नै यसको ऐतिहासिक सन्दर्भको रूपमा लिन सकिन्छ । दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवाहरूलाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिटै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लाहरूसँग नजिक हुन चाहन्थे । 15281081_10207352255474400_701198264_n

    नजिकिदै जाँदा उनीहरू अन्जानमै ती गल्लाहरूलाई प्रेम गर्न पुग्दछन् । गल्लाहरूको विदाइ तथा गाउँका जवानहरूको विदाइको समयमा रातभर नाचगानका कार्यक्रमहरू गर्ने चलन त्यतिबेला थियो । आफ्नो काम सकेर गल्लाहरू फर्कने क्रममा रातभर गीत गाएर नेपाली चेलीहरूले उनीहरूलाई विदाइ गर्दथे भने अर्कोतर्फ आफ्नो प्रेमी भर्तीमा जान लागेको पीडाले पनि नेपाली चेलीहरूको मन द्रवित हुन पुग्दथ्यो । यस्तै विछोडको अवस्थामा गाउने गीत नै गल्लैलाउरे गीत हो भनी गाउँलेहरू भन्दछन् ।

    सङ्क्षिप्तदेखि विस्तृत आकृतिको संरचना, स्थानीय जातिगत नेपाली लोकभाषाको बहुल प्रयोगु, मुख्यतः एकालापीय वर्णनात्मक शैलीको बहुलता हुनु, स्थायी र थेगोको प्रयोग नहुनु, कतिपय अवस्थामा सिङ्गो अन्तरालाई दोहो¥याएर दुई पङ्क्तिको अन्तरालाई चार पङ्क्तिको बनाउनु, अक्षरअक्षरमा विश्राम लिदै ढिलो लयमा गाइनु, नृत्य र बाजाको अनिवार्यता नहुनु आदि यसका विशेषता हुन् ।

    गल्लै लाउरे गीतका केही टुक्काहरु बताइ दिनुहुन्छ कि ?
    झम्टी रुन आको
    सम्झी रुन उहीँ थियो ।।
    ए दाइ….मरेँ असेटैले
    मरिदैन भन्थ्यौ नि ।।
    असेटैले नि भन्दा,
    लसेटैले मरियो ।।
    सम्झी…. रुन्छु दशै धारा,
    अचेल काँ छौ पियारा ।।
    नसम्झ न माया
    मै सम्झँुला मै रुम्ला ।।
    यहाँको अनुसन्धान कार्य सफल होस् । यस महत्वपूर्ण जानकारीका लागि धन्यवाद । मलाई पनि अनुसन्धानबाट प्राप्त ज्ञान सबै पाठकहरु सामु पु¥याउने सुअवसर प्रदान गर्नुभएकोमा आभार व्यक्त गर्दछु ।
    धन्यवाद ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    स्वास्थ्यमन्त्री गगन थापाको फेरी उत्कृष्ठ काम, जसले आफ्नो शरीरका सात अंग दान गरे…

    भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले...

    अन्तत् विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता...

    नेपालीका लागि अमेरिका जाने चाेर बाटाे सदाकाे लागि बन्द हुदै, सीमामा पर्खाल निर्माणकाे डिजाइन प्रस्ताव

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने आफ्नो घोषणा कार्यान्वयनको प्रक्रिया थालेका छन् ।...

    कलाकारितामा नेपालीहरुको बढ्दो आकर्षण, लोकेन्द्र भन्छन्, ‘अवसर पाए म्युजिक भिडियो खेल्छु’

    कलाकारिता क्षेत्र नेपालमा पनि पछिल्लो समयमा फस्टाउँदै जान थालेको छ । राज्यले उचित सहयोग गर्न...

    फेसबुकमा हामीलाई लाईक गरौं

    Ad
    Ad
    Ad