SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/२८ गते
    ८२७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, क्यालिफोनिया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि  बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम नेपालीहरुको बनभोज तथा नेपाल परेड डे यसबर्ष पनि गर्न लागेको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) ले जानकारी दिनु भएको छ ।

    अध्यक्ष केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश लेख्दै यस्तो जानकारी गराउनु भएको हो । उहाले सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्नु भएको छ । बिशेष गरी अमेरिका स्थित बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउन चाहन्छु । अमेरिकाको अति सुन्दर शहर क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा २०२४ को अप्रिल  १३ मा West coast regional  committee ले Berkeley Marina मा बनभोज कार्यक्रम  र San Francisco city स्थित १४ अप्रिलमा नेपाल Day परेड भएकाले एनआरएनए  West coast regional committee chair र NRNA क्यालिफोर्निया च्याप्टर तथा सम्पूर्ण पश्चिमक्षेत्रका संघ-संस्था मिलेर नेपाल डे परेड आयोजना गर्नलागेको  जानकारी गराउन चाहन्छु ।

    अध्यक्ष केसीले अगाडी लेख्नु हुन्छ यही डिसेम्बर २४ का दिन मुक्तिनाथ धाममा पूर्ण संघ-संस्थाका प्रतिनिधिहरुलाई परेड डे कसरी सफल पार्ने भन्ने विषयमा छलफल गर्नाका लागी बैठक आयोजना हुदैछ, सम्पूर्णमा पत्राचार गर्नेछौ ।साथै अप्रिल १३ मा ( RCC)West coast regional committee chair को आयोजानामा वनभोज कार्यक्रमको आयोजना हुन लागेको सुचना गराउन चाहन्छु। भन्नु भएको छ ।

    साथै अध्यक्ष केसीले यो कार्यक्रम अमेरिका भरी कै भएकोले १३ अप्रिलका दिन र अप्रिल १४ डे परेडका दिन कुनै पनि कार्यक्रम नराखी दिनहुन अनुरोध समेत गर्नु भएको छ । पिकनिक तथा डे परडको दिन सास्कृतिक कार्यक्रम समेत हुनेछ ।

    उहाले सामाजिक सञ्जाल मार्फत सबै नेपालीहरुलाई एक भएर कार्यक्रमलाई भब्य रुपममा सफल पार्न पनि आग्रह गर्नु भएको छ ।

    त्यस्तै एनआरएनए क्यालिफोनिया च्याप्टरको टिमले पनि कार्यक्रमलाई सफल पार्न आग्रह गरेको छ । च्याप्टर अध्यक्ष हरि अोझाले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

    काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं